प्रस, सेढवा, १८ वैशाख/
राहत माग गर्दै जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतोलाई बिहीवार पुनः घेराउ गरिएको छ।
सो गापा वडा नं १, ३ र ५ नं वडाका अध्यक्ष, परिषद् सदस्य साथै नागरिक अगुवाहरूले गापा अध्यक्ष महतोलाई दबाबस्वरूप ज्ञापनपत्र बुझाउँदै घेराउ गरेका हुन्। वडाध्यक्ष शेख नूमान आजम र दारा सिंह राउत थारूको अगुवाइमा रहेको टोलीले लक्षित वर्गलाई अविलम्ब राहत वितरण गर्न माग गर्दै अध्यक्ष महतोसँग राहत माग गरेका थिए । केन्द्र र प्रदेश सरकारले असङ्गठित क्षेत्रका मजदूर, असहाय, विपन्नलाई राहत वितरण गर्न निर्देशनसहित बजेट पठाउँदा पनि गापाले राहत नदिएको लक्षित वर्गको गुनासो छ।
प्रदेशले पठाएको रकम गापाको वडा नं २ र ४ मा बाँड्दा सिद्धिएकोले बाँकी रहेका वडाहरूका लागि गाउँपालिकाको बजेटबाट रकम विनियोजन गरी वैशाख महीनाभित्र राहत वितरण गर्ने अध्यक्ष महतोले बताए। तीन दिनभित्र राहत वितरण नगरे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने तयारी रहेको जनता समाजवादी पार्टीका स्थानीय नेता नेसार समानीले चेतावनी दिए।
सो गापाको वडा नं १ वडा कार्यालयमा भने नेकपाका समर्थकहरूले राहत सामग्री माग गर्दै तालाबन्दी गरिसकेका छन्। गाउँपालिकाको वडा नं २ र ४ मा सरकारले दिएको मापदण्ड विपरित लक्षित वर्गबाहेककालाई राहत वितरण गरेकोले लक्षित वर्गले नपाएको स्थानीयको आरोप छ। वितरण गरिएका दुईवटा वडामा प्रत्येक परिवारलाई तीस किलो चामल, ५ किलो आलु, २ किलो प्याज, २ किलो नून, २ लिटर तेल र तीनवटा साबुन वितरण गरिएको थियो ।