$type=ticker$count=12$cols=4$cate=0

श्रमिकहरूको वर्तमान र अबका दिन

SHARE:

सञ्जय साह मित्र
    जसले श्रम गर्दछ, ऊ श्रमजीवी हो, श्रमिक हो। पुरानो दृष्टिकोण यो थियो कि जो उद्योगमा काम गर्दछ, उही श्रमिक हो। तर सन् १८४८ देखि यस धारणामा परिवर्तन आयो। विश्वका सबै मजदूर एक हौं भन्ने नाराले उद्योगका मजदूरलाई प्राथमिकता त दियो साथै कृषि क्षेत्रमा काम गर्ने मजदूरलाई पनि उत्तिकै मान्यता दियो।
    सामान्यतया युरोपमा औद्योगिक क्रान्तिपछि विश्वमा उद्योगपति अर्थात् मालिक र मजदूर भनी औपचारिकरूपमा विभाजन भएको मानिन्छ। तर अनौपचारिकरूपमा अनादिकालदेखि चलिआएको मान्यता हो । मानिसमा अहम्को विकास भएदेखि नै एकले अर्कालाई हेप्न शुरू भएको हो । एउटा हेपिने र अर्को हेप्ने भएपछि मानिसमा नौलो विभाजन भएको हो। यही प्रक्रियाले निरन्तर विस्तार पाउँदै गएर मानिसमा अनेक किसिमका विभेदको सिर्जना गर्दै गएको हो, जसमध्ये एउटा श्रमिक वर्ग र अर्को श्रम गराउने वर्ग पनि हो।
    श्रमिकले श्रम गर्दछ र उसले श्रमको मूल्य पाउनुपर्दछ। श्रम गर्ने ठाउँमा उसको सम्मान हुनुपर्दछ। यदि श्रमिकले काम गर्दा कुनै दुर्घटना हुन्छ भने त्यसको पनि क्षतिपूर्ति पाउनुपर्छ। श्रमिकले काम गर्दा आराम पनि पाउनुपर्छ। आठ घण्टा काम गरेर उसमा परिवारको पेट पाल्ने सामथ्र्य हुनुपर्दछ। श्रमिकले पाउने पारिश्रमिक यति हुनुपर्दछ, जसले परिवार पाल्न सजिलो होस्। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन प्राप्त गर्ने अवसर पाउनुपर्दछ भन्ने अवधारणा आमश्रमिकको चाहना हो। यही चाहना पूरा गर्न र विश्वभरको श्रमिकको सम्मान गर्न विश्वभर एक दिन श्रमिक दिवस मनाइन्छ। विश्वका सम्पूर्ण श्रमिकको एकताको पर्वको रूपमा यो दिवस एकसाथ विश्वभर मनाइन्छ। यो श्रमिकहरूको आफ्नो विशिष्ट पर्व हो।
    आजको युगसम्म आइपुग्दा श्रमिकहरूले विभिन्न सङ्घर्ष गरे र सम्मान आर्जन गर्न सफल भए। पहिलेको युगलाई विचार गर्ने हो भने श्रमिकको खासै मूल्य नरहेको देखिन्छ। श्रम गर्नेहरूले कहिलेकाहीं आफूलाई वा आफ्नो सन्तानलाई बेच्नुपर्ने अवस्था पनि आउँथ्यो । बेचिएका मानिस दास कहलाउँथे। दासयुगमा यस्तो प्रवृत्ति विद्यमान थियो कि जो बढी दास राख्न सक्दथे, उही धनी वा सम्मानित कहलाउँथे । दास हुनु भनेको मानिस भएर पनि मानिस नहुनु हो। मानिसले पाउने आधारभूत अधिकारबाट वञ्चित हुनु हो । दास हुनु भनेको आफ्नो मालिकको इशारामा काम गर्नु हो। दासको व्यक्तिगत सुख–दुःख, सम्पत्ति केही पनि हुँदैनथ्यो। अमेरिकामा अब्राहम लिङ्कनले र नेपालमा चन्द्र शमशेरले दासप्रथा समाप्त गरेका हुन्।
    अहिले संसारभर श्रम अधिकार अर्थात् श्रम गर्न पाउने अधिकारको माग भइरहेको छ। यसको अर्थ हो, व्यक्तिले योग्यता वा दक्षता अनुसार काम पाउनुपर्छ । कम्तीमा आफ्नो परिश्रमले आफ्नो र परिवारको भरणपोषण गर्न पाउनुपर्छ भन्ने हो। धेरै देशको संविधानमैं गाँस, वास र कपासलाई त्यहाँको नागरिकको आधारभूत अधिकारको रूपमा व्यवस्था र व्याख्या गरिएको पाइन्छ। श्रम गर्न पाउने अधिकारको रक्षा हुन नसक्दा अर्थात् रोजगारको व्यवस्था गर्न नसक्दा सम्बन्धित देशले बेरोजगारीलाई जीवन निर्वाह वा सम्मानपूर्ण भत्ता दिनुपर्दछ भन्ने माग पनि उठ्न थालेको छ। औपचारिक रोजगार उपलब्ध गराउन नसक्ने युवा बेरोजगारीहरूलाई कतिपय देशले केही महीना श्रम गर्न लगाउने तथा त्यसबापत निश्चित रकम उपलब्ध गराउने परिपाटी विकसित हुन थालेको छ। कतिपय देशले श्रम बैंक वा श्रमिक बैंक पनि बनाएको पाइन्छ।
    अमेरिकालगायत केही देशले आफ्नो देशमा बेरोजगारी कति छन् भन्ने कुराको निश्चित तथ्याङ्क राख्ने गरेका छन्। यो भनेको देशमा कुन किसिमको श्रमिक उपलब्ध छ र कुन नीति लिंदा त्यस प्रकारको श्रमिकको बेरोजगार समस्या हल हुन सक्छ भन्ने नीति निर्माण गर्न पनि सहयोग पुग्नु हो।
    परम्परागत मान्यतामा श्रमिक अदक्ष, अद्र्धदक्ष र दक्ष गरी तीन किसिमका हुन्छन्। यसलाई आधुनिक युगमा दुई किमिसले व्याख्या गरिएको पाइन्छ, प्राविधिक र अप्राविधिक। अप्राविधिक श्रमिकसँग सीप हुँदैन। प्राविधिक श्रमिक भनेको कुनै विषय वा रोजगारको क्षेत्रको सीप आर्जन गरेको भनी बुझाउँछ।
    अहिलेको समयलाई विज्ञान र प्रविधिको युग भनिएको छ। यस समयमा प्राविधिक मानिसको महŒव अझ बढेको छ। अहिले चलनचल्तीमा रहेका सामानको मरम्मतदेखि उद्योगमा प्राविधिक काम गर्ने मानिसको व्यापक कमी महसूस गरिएको छ। प्रविधिको क्षेत्रमा काम गर्नेहरूले तुलनात्मकरूपमा बढी पारिश्रमिक पाएको देखिन्छ। तसर्थ रोजगारको क्ष्Fेत्रमा प्रवेश गर्नुअघि नै आफूलाई कुनै क्षेत्रमा दक्ष बनाउनु उचित हुन्छ।
    वर्तमान समयमा श्रमिकहरू निकै समस्यामा छन्। अहिले कोरोनाले विश्व नै प्रभावित भएको छ। यसले गर्दा सबैभन्दा श्रमिक र बिरामीहरूमाथि बढी समस्या परेको छ। विश्वभर धेरै श्रमिक बेरोजगारी भएका छन्। अधिकांश उद्योग अहिले बन्द छन्। कतिपय उद्योग त लामो समयका लागि बन्द भएका छन्। यसले गर्दा श्रमिकहरू लामो समय मारमा पर्ने देखिन्छ।
    श्रमिकहरूका लागि अबको दिन अझ चुनौतीपूर्ण देखिन्छ। कोरोनाले विश्वभर श्रमिकलाई पीडा दिएको छ। थप धेरै मानिस बेरोजगारी भएका छन्। बेरोजगारीको समस्या अझ विकराल हुने अनुमान गरिंदैछ। श्रमिकको दिन अझ चुनौतीपूर्ण भएको अवस्थामा हरेक देशले नयाँ श्रम नीति ल्याउनु आवश्यक देखिएको छ।
    अबको दिनमा कसरी हुन्छ, बेरोजगारी समस्या समाधान गर्नुपर्ने चुनौती रहेको छ। पहिलेदेखि बेरोजगारी र कोरोनाकालले थपेको बेरोजगारीले आउँदो दिन थप चुनौतीपूर्ण हुने देखिएको छ। सबैभन्दा ठूलो कुरा मानिसको जीवन निर्वाह हो। जब मानिसले समाजमा जीवन निर्वाह गर्न सजिलै पाउँदैन, तब विकृति देखा पर्न थाल्छ।
    शहरमा लकडाउनको प्रभाव बढ्न थालेपछि गाउँतिर पलायन भएका वा गाउँ फर्केका मानिसले गर्दा गाउँमा अहिलेदेखि नै विकृति देखा पर्न थालेका छन्। यो अस्थायी प्रकृतिको अवश्य हो, तर गाउँ फर्केकाहरू पुनः शहर फर्केपछि पनि विकृति अंश पनि गाउँमा रहने हो भने विकृति लामो समयसम्म देखिन सक्छ ।
    अहिले श्रमिकको सम्मानका लागि अनेक कुरा आइरहेका छन्। कोरोनाले विश्वको अर्थतन्त्रमा धावा बोल्नुअघिसम्म श्रमिकहरूको ध्याउन्न बढी मात्रामा सुविधातर्फ केन्द्रित थियो। युग अनुसारको सुविधा तथा उद्योगको नाफा अनुसार बोनस पाउन श्रमिक सङ्गठनहरू केन्द्रित थिए तर अहिले एक्कासि युग परिवर्तन भएको छ। श्रमिकहरूले श्रम गर्ने ठाउँ जोगाउनुपरेको छ। रोजगारको क्षेत्र बचाउनुपरेको छ। वर्तमान विश्वमा रोजगार अब पहिलो प्राथमिकता हुन पुगेको छ। कोरोनाले श्रमिकहरूलाई बेरोजगारी बनाइसकेकोले रोजगार पुनस्र्थापन, सम्मानपूर्ण पुनस्र्थापन र रोजगारीको भविष्यको सुनिश्चितता महŒवपूर्ण हुनुपर्ने बनाएको छ। श्रमको सम्मान हुनुपर्ने माग यथावत् छ। अब श्रमिकको रोजगार कसरी बचाइराख्ने भन्ने चुनौती पनि थपिएको छ।
    विश्वमा श्रमिकले गर्दा नै सबै किसिमको परिवर्तन भएको हो। मुख्यरूपमा श्रम क्षेत्रमा हुन सक्ने परिवर्तनको नेतृत्व सदैव श्रमिक सङ्गठनहरूले नै गरेका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : श्रमिकहरूको वर्तमान र अबका दिन
श्रमिकहरूको वर्तमान र अबका दिन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjpDz0_OQs7s6cakPQ5Ur7nWy-fxqRonmM3_KfvX6d9xqctLmOtsICsaUVkGGkCSWu4EN7ElAFqIgd2v49ztLqKMYAy6tfsjLTkK_EdKV138LTPzcL4RGI9i9qidzsvsgQpRvYIsPcCjwn3/s1600/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjpDz0_OQs7s6cakPQ5Ur7nWy-fxqRonmM3_KfvX6d9xqctLmOtsICsaUVkGGkCSWu4EN7ElAFqIgd2v49ztLqKMYAy6tfsjLTkK_EdKV138LTPzcL4RGI9i9qidzsvsgQpRvYIsPcCjwn3/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_982.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_982.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy