प्रस, कलैया, १८ वैशाख/
बुधवार बारामा दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको बसोबास क्षेत्र सील गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले जानकारी गराए अनुसार जीतपुर बजारदेखि पूर्व आमाडार तथा इनर्वासिरा क्षेत्र सील गरिएको छ। कोरोनाको सङ्क्रमण अन्यत्र फैलिन नदिन जीतपुरसिमराको वडा नं ७ र १९ को इनर्वालाई सील गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्। वडा नं ७ का सङ्क्रमितहरूको सम्पर्कमा आएका परिवारजन र इनर्वाका मौलानाको सेवामा रहेका एकजनालाई पनि क्वारेन्टाइनमा पठाइएको उनले जानकारी गराए।
“सील गरिएका क्षेत्रबाट कुनै पनि व्यक्ति बाहिर जान नपाउने र अन्यत्रबाट पनि सील गरिएको क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ। उल्लङ्घन गर्नेमाथि कारबाई हुन्छ,” प्रजिअ पण्डितले बताए । नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्नुका साथै राहत वितरणमा पनि थप सावधानी अपनाइएको उनले दाबी गरे।
बारामा भेटिएका दुवै सङ्क्रमितको यात्रा विवरण अध्ययन गरी कन्ट्याक्ट ट्रेसिङ शुरू गरेको बाराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताएका छन् । उनले सम्भवतः शुक्रवारदेखि नै सङ्क्रमितको सम्पर्कमा देखिएकाहरूको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) र स्वाब नमूना सङ्कलन गरिने जानकारी गराएका छन्।