प्रस, रौतहट, १६ वैशाख/
रौतहटमा दुईजनामा कोरोना सङ्क्रमण भएको चन्द्रपुर अस्पतालले जनाएको छ। वृन्दावन नगरपालिका–९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही–१ का ३५ वर्षीय एक पुरुषमा सङ्क्रमण भएको बताइएको छ। चन्द्रपुर नगरपालिका वडा नं ६ स्थित क्वारेन्टाइनमा बसेर वैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना सङ्क्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्यामबाबू साहले बताए ।
प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनको स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो।
जिल्ला स्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका सङ्क्रमित पुरुष भने क्वारेन्टाइनमैं छन्। अब दुवै सङ्क्रमितहरूको कन्ट्याक ट्रेसिङ गरिने उनले बताए।
अस्पतालका अनुसार देवाही गोनाही ती पुरुष लकडाउन शुरू भएपछि कोलकाताबाट आएका र उनी लुकीछिपी नेपाल प्रवेश गरेका थिए। त्यस्तै, वृन्दावन नगरपालिकाका पुरुष पनि लकडाउनपछि भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए।