प्रस, परवानीपुर, १७ वैशाख/
बारामा भेटिएका दुईजना कोरोना सङ्क्रमित भारतको तबलीगी जमातमा सहभागी भई नेपाल फर्केर छपकैयाको मक्की जामे मस्जिद, केही दिन घरपरिवार र मदर्सामा बसेपछि सिमराको क्वारेन्टाइनमा पुगेका थिए ।
जीतपुरसिमरा उपनपाका प्रमुख डा कृष्ण पौडेलका अनुसार जीतपुरसिमरा–७ जीतपुरका ४३ वर्षीय पुरुष दिल्लीबाट फर्केर वीरगंज–३ छपकैयाको मक्की जामे मस्जिदमा केही दिन बसेर जीतपुर घर फर्केपछि वैशाख ९ गते सिमरा क्वारेन्टाइनमा ल्याइएको थियो भने सिम्रौनगढ नगरपालिकाको हरिहरपुर बस्ने ३१ वर्षीय पुरुष दिल्लीबाट फर्केर केही दिन घरपरिवारमा बसेर जीतपुरसिमरा–१९ इनर्वासिरामा रहेको मदर्सामा बस्दै आएको अवस्थामा उनलाई वैशाख १४ गते सिमरा क्वारेन्टाइनमा ल्याइएको जीतपुरसिमराका प्रमुख डा पौडेलले बताए।
सङ्क्रमित दुवैजनासहित क्वारेन्टाइनमा रहेका ९ जनाको थ्रोट स्वाब सङ्कलन गरी गत सोमवार पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा बुधवार बिहान दुईजनाको पोेजेटिभ नतीजा आएको हो।
मदर्सामा बस्ने सिम्रौनगढका पुरुष मौलाना हुन् भने उनले त्यहाँ बालबालिकालाई पढाउँदै आएका थिए । यता, सिद्धार्थ माविको क्वारेन्टाइनमा रहेका वीरगंजका ४६ वर्षका पुरुष पनि दिल्लीबाट फर्केर मस्जिद र घरपरिवारमा बस्दै आएको बताइएको छ।