प्रस, रौतहट, १८ वैशाख/
रौतहटमा कोरोना सङ्क्रमण भेटिएका दुईजनाको सम्पर्कमा रहेकाहरूको पहिचान गरेर स्वाब सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी शशी दासले बताएका छन्। वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकामा कन्ट्याक्ट ट्रेसिड्ढो आधारमा स्वाब सङ्कलन भइरहेको उनले बताए। वृन्दावन नगरपालिकामा १ र देवाही गोनाहीमा १ गरी गत मङ्गलवार दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। दुवैको उपचार वीरगंजमा भइरहेको छ। सङ्क्रमितहरूबाट थप अन्यमा सङ्क्रमण भए नभएको पहिचान गर्न स्वाब सङ्कलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने सूचना अधिकारी दासले बताए। स्वाब सङ्कलनको लागि स्वास्थ्यकर्मीहरूको समूह सम्बन्धित नगरपालिकामा पुगिसकेका छन् ।
रौतहतमा तीनजनामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर ४६ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा रहेका ४६ जनाको स्वाब सङ्कलन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
वृन्दावन नगरपालिकाका २० जना, देवाही गोनाही नगरपालिकाका ९ जना र ईशनाथ नगरपालिकाका १७ जनाको स्वाब नमूना सङ्कलन गरिएको हो।
वृन्दावन नगरपालिकामा १, देवाही गोनाहीमा १ र ईशनाथ नगरपालिकामा १ गरी तीनजनामा कोरोना सङ्क्रमण फेला परेको थियो।