प्रस, वीरगंज, १७ वैशाख/
प्रशासनले सील क्षेत्र र माईस्थान क्षेत्रमा पनि तोकिएको समयमा पसलहरू सञ्चालन गर्न दिएको छ।
चैत २९ गतेदेखि सील भएको वीरगंज महानगरको १, २, ३ र १६ वडामध्ये वडा नं. ३ र १६ मा वैशाख १४ गते दुईजना सङ्क्रमित भेटिएपछि सो सील क्षेत्रमा थप कडाइ गरिएको छ। सील क्षेत्रमा रहेका मुस्लिम समुदायको रमजान पर्व चलिरहेकोले सो क्षेत्रमा अहिले प्रशासनले किनमेलका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म खुकुलो गरेको छ। सील क्षेत्रमा कडाइ गरेपछि रमजानमा रोजा बसेको मुस्लिम समुदायलाई अप्ठेरो परेको थियो। बुधवार सील क्षेत्रमध्ये वडा नं. २ मा थप एकजना सङ्क्रमित फेला परे पनि प्रशासनले दूध र खाद्यान्न खरीदको लागि मानिसहरूलाई आवतजावतमा सुविधा दिएको छ।
माईस्थान क्षेत्र पनि खुकुलो
एक सातादेखि वीरगंजको अतिव्यस्त मीनाबजार, माईस्थान क्षेत्रमा खाद्यान्न, तरकारी बिक्रीमा रोक लगाएको प्रशासनले बुधवारदेखि माईस्थानमा खुकुलो गरेको छ।
प्रशासनले सो क्ष्Fेत्रका मानिसहरूलाई होम डेलिभरीबाट सेवा पु¥याउन पहल गरेपनि होम डेलिभरी सेवा सफल नहुँदा खुकुलो गरिएको हो। होम डेलिभरी गर्ने जिम्मेवारी पाएका एकजना पसलेले प्रशासनले पसल खोल्न कडाइ गरेकोले होम डेलिभरी गर्न नसकिएको र अर्काे होम डेलिभरीका लागि ससाना सामानहरूको माग गरेर दुःख दिने काम भएकोले होम डेलिभरी सेवा सफल नभएको बताए।
होम डेलिभरी सेवा सफल नभएपछि प्रशासनलाई आग्रह गरेपछि आजदेखि सामाजिक दूरी बनाएर पसल सञ्चालन गर्न दिएको व्यवसायीहरूले बताएका छन् । आजदेखि माईस्थानमा खाद्यान्न बिक्री खुला गरेपछि मानिसहरूको घुइँचो लागेको थियो।