$type=ticker$count=12$cols=4$cate=0

वि.सं. २०७७ सालको वर्षफल

SHARE:

- ज्यो. पं. छविरमण सुवेदी
    ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च।
    ग्रहैव्र्याप्तमिदं सर्वंत्रैलोक्यं सचराचरम् ।।
    अर्थात् पृथ्वीमा रहेका जीवजन्तु, वनस्पति र मानिसको आरोह–अवरोह, राष्ट्रको समुन्नति–अवनतिमा ग्रहहरूको प्रभाव–असर प्रत्यक्ष–अप्रत्यक्ष परिरहेकै देखिन्छ। सौर्य मण्डलीय ग्रहहरूको प्रभावबाट विश्वब्रह्माण्ड नै प्रभावित एवं सञ्चालित रहेको छ। आकाशीय ग्रह नक्षत्रहरूको स्थितिका आधारमा सबै प्राणीमा पर्ने प्रभाव दर्शाउने एकमात्र शास्त्र ज्योतिष हो भन्ने कुरा माथिको श्लोकबाट स्पष्ट हुन आउँछ।
    नववर्ष वि.सं. २०७७ सालको संवत्सरको नाम प्रमादी संवत्सर हो। यो प्रभवादि ६० संवत्सरमध्येको ४७औं संवत्सर हो। यस वर्ष राजा बुध, मन्त्री चन्द्रमा, सस्येश वृहस्पति, धान्येश मङ्गल, मेघेश चन्द्र, निरस्येश गुरु, फलेश सूर्य, धनेश वृहस्पति, दुर्गेश चन्द्र भएर रहेको सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। यस आधारमा सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। यस आधारमा सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। सौर्यमण्डलीय मन्त्रिपरिषद्ले पृथ्वीलोकमा दिने शुभाशुभ फलको सङ्क्षिप्त विवरण ज्योतिष शास्त्रीय मतमा प्रस्तुत गर्ने जमर्को गरिएको छ।
    २०७७ साल वैशाख १ गते इ.सं. २०२० अप्रिल १३ तारिखको राति १०ः४८ बजेको समयमा सूर्य मेष राशिमा अर्थात् अश्विनी नक्षत्रमा प्रवेश गरेपछि विधिवत् २०७७ सालको सुरुआत भएको छ। यही समयको आधारमा जगल्लग्न कुण्डली निम्न रहेको छ।
    यस वर्षको प्रमादी नाम संवत्सरको शुभ फल ज्योतिषशास्त्रमा यस्तो वर्णन गरिएको छः
    प्रमादीवत्सरे तत्र मध्यसस्यार्घवृष्टमः ।
    प्रजाः कर्थचित् जीवन्ति, समात्सर्याः क्षितीश्वराः।।
    अर्थः यो प्रमादी नामको संवत्सरमा पानी थोरै पर्छ र अन्न उब्जनि पनि सामान्य हुन्छ। जनता कसैगरी दुःखजिलो गरी जीवनयापन गर्नेछस शासकहरू परस्परमा ईष्र्यालु, झगडालु होलान् भनिएको छ।
    चैत्र शुक्ल प्रतिपदा परेको बाराधिपतिलाई राजा र वैशाख १ गते जुन वार पर्छ, त्यस वारका मालिक ग्रहलाई मन्त्री मान्ने शास्त्रीय प्रचलन अनुसार यस वर्ष चैत्र शुक्ल प्रतिपदा बुधवार परेकोले वर्ष २०७७ सालका राजा बुध र वैशाख १ गते सोमवार परेको हुँदा सोमवारका मालिक चन्द्रमा मन्त्री पदमा रहेका छन्। राजा बुधले पृथ्वीमा दिने फलका बारेमा यसो भनिएको छः
    बुधस्य राज्ये सजलं महीतले,
    गृहे–गृहे यज्ञ–विवाह–मङ्गलम्।
    प्रकुर्वते दानदया जयोऽपि
    स्वास्थ्यं सुभिक्ष्Fं धनधान्य संकुलम् ।।
    अर्थः राजा बुध भएको साल जनताले घरघरै उत्सव मनाउनेछ। दान, दया र धर्मको वृद्धि र शरीर स्वस्थ ठीक रहने छ। धनधान्य पनि प्रशस्त हुनेछ।
    मन्त्री चन्द्र फलको वर्णन यसरी गरिएको छः
    शशिनि मन्त्रिगते बहुयस्यव–
    त्यपि धरा रमते सुखमण्डिता।
    वियति वारिधरा बहुवर्षिणो,
    जनपदाः सुखराशि–सुशोभिताः।।
    अर्थात् मन्त्री चन्द्र भएको वर्ष अन्न प्रशस्त फल्नेछ। पानी आवश्यकता अनुसार पर्नेछ र सम्पूर्ण जनता सुखी हुनेछ। यसर्थ राजा बुध र मन्त्री चन्द्रले यस वर्ष शुभ फल नै दिने देखिन्छ। सस्येश, धान्येश, मेधेश, निरस्येश, फलेश, धनेश, दुर्गेश जस्ता पदमा वृहस्पति मङ्गल, चन्द्रमा जस्ता शुभ ग्रहले नेतृत्व गरेको हुँदा यस वर्ष पृथ्वीमा कृषि, परराष्ट्रनीति, धार्मिक र सामाजिक क्षेत्रमा सकारात्मक राम्रो फल प्राप्तिको योग रहेको छ।
    जगल्लग्नकुण्डली विचार गर्दा लग्नेश मङ्गल तृतीय वृहस्पति र शनिको साथमा उच्च भएर बसेका छन्। मङ्गल सौर्यमण्डलका प्रधानसेनापति पनि हुन्। यसर्थ यस वर्ष सेनाको नेतृत्व, निर्देशन र सेनाप्रति जनमानसको अपार आस्था एवं विश्वास प्रकट हुने ग्रहयोग बनेको छ। शनिको शुभ प्रभावले उद्योगधन्दा, कलकारखाना स्थापना हुने यी क्षेत्रमा संलग्न मजदूरवर्ग सुखी, खुशी रहने देखिन्छ। वृहस्पतिको तृतीय स्थानको बसाइले अपरिपक्व सरसल्लाहले राज्यको नेतृत्व वर्ग–सरकार चाहिं अलमलमा नै रहनेछ। शासकवर्ग मनोरञ्जन र विलासी जीवनयापन गर्न तत्पर रहनेछ। जगत् लग्न कुण्डलीमा कालसर्प योग ग्रहणयोग परेको हुँदा २०७७ असारसम्मको समय त्यति राम्रो छैन। यस अवधिमा जनधनको क्षति, खडेरी, डढेलो, आगलागी जस्ता समस्या देखा पर्नेछ। यही २०७७ असार ७ गते आइतवार तदनुसार २१ जून २०२० को खण्डग्रास सूर्य ग्रहणले पनि पृथ्वीवासीका लागि अनिष्ट नै फल दिनेछ।
    जगत् लग्न कुण्डलीको सत्मेश शुक्रले व्यापार, व्यवसाय, परराष्ट्रनीतिका क्षेत्रमा राम्रै प्रगति हुनेछ। पञ्चमेश वृहस्पति शनिसँग बसेको हुँदा पत्रकारको सुरक्ष्Fामा खासै ध्यान पुग्ने देखिंदैन। तथापि पेशालाई मर्यादित बनाउने प्रयत्न भने हुनेछ। कर्मचारीमा सम्मानको आशा जाग्नेछ। वैदेशिक सहयोग भइरहनेछ। कृषि कार्य, पशुपक्षीपालन र जलचर प्राणीको व्यवसाय राम्रैसँग फस्टाउनेछ । जगत् लग्न कुण्डलीमा भारकेश राहु केतुका कारण स्वास्थ्य विज्ञानको क्षेत्रमा आधुनिक प्रविधिको विकासले निरन्तरता पाएपनि सङ्क्रामक र प्राणघातक रोग व्याधि नियन्त्रणमा सफलता पाउन हम्मेहम्मे पर्नेछ। साउन लागेपछि कोरोनाजस्ता प्राणघातक रोगमाथि विश्व मानवजातिले विजय हासिल गर्ने देखिन्छ ।
    साउन २१ देखि मङ्सिर १ गतेसम्म नेपाल राष्ट्रमा अन्त्य साँढेसाती शनि दशा लाग्ने भएकाले यस अवधिमा राजनीतिक उतारचढाव, द्वन्द्व, कलह, सरकारमा परिवर्तन, सङ्घ र प्रदेशबीचमा मतभेद जस्ता समस्या देखा पर्न सक्छ। यसर्थ सबैमा संयमता, सद्भाव र मित्रता आवश्यक छ। यस वर्षका बा¥ह महीनाहरूको मास फललाई सङ्क्षेपमा नियाल्दा निम्नानुसारको फलप्राप्ति हुने देखिन्छ। वैशाखमा सूर्य सङ्क्रान्ति सोमवार परेको हुँदा रोग व्याधिको प्रकोप नियन्त्रणमा आउनाले स्वास्थ्य विज्ञानमा प्रगति हुनेछ। जनतामा महँगीले सताउँला । अग्नि, वायुबतासले उग्ररूप धारण गर्नेछ । जेठ महीनामा सूर्य सङ्क्रान्ति बिहीवार परेकोले रोगव्याधिको प्रकोप क्रमशः घट्दै जाला। शिक्ष्Fाको क्षेत्रमा सुधारको वातावरण देखा पर्ला। खाद्यान्नमा सरलताको आभास पाइएला। आषाढ महीनामा सूर्य सङ्क्रान्ति सोमवार परेको हुँदा कृषिजन्य वस्तु र पशुपक्षीको उत्पादन सन्तोषजनक हुनेछ। रोगव्याधि प्रकोपमा स्वास्थ्य विज्ञानले राम्रै प्रगति गर्ला। श्रावण महीनामा सूर्य सङ्क्रान्ति बिहीवार परेको हुँदा प्रशासनिक कार्यको सर्वत्र प्रशंसा हुनेछ। वैदेशिक रोजगारले सुखशान्तिको वातावरण ल्याउँला। भदौ महीनामा सूर्य सङ्क्रान्ति सोमवार परेकोले शिक्ष्Fामा सुधारका कामहरू हुनेछन्। प्रशासनिक क्षेत्रले जनहितका कार्यमा अग्रसरता देखाउनेछ। जनताको जोश, जाँगरमा वृद्धि हुनेछ। आश्विन महीनामा सूर्य सङ्क्रान्ति बिहीवार परेकोले अन्याय, अत्याचार जस्ता पापीय कर्ममा कमी आउँला। धार्मिक, सामाजिक कार्यका गतिविधि बढ्दै जालान्। किराना सामान र लत्ताकपडाहरूमा मूल्य घट्नेछ। शेयर बजार फस्टाउनेछ।
    कार्तिक महीनामा शनिवार सूर्य सङ्क्रान्ति परेको हुँदा राजनीतिक दलहरूमा द्वन्द्व, मनमुटाव हुन सक्छ। दैवी विपत्ति, सवारी दुर्घटना जस्ता कुराले जनमानसलाई दुःखी बनाउँला। मङ्सिर महीनामा सोमवार सूर्य सङ्क्रान्ति परेकोले धार्मिक गतिविधिले समाजलाई सुशोभित बनाउनेछ। सवारी दुर्घटना जस्ता समस्यामा कमी आउने छ। पुस महीनामा सूर्य सङ्क्रान्ति मङ्गलवार परेको हुँदा जनतामा जोश, जाँगरको वृद्धि हुनेछ। व्यापार व्यवसायबाट आयमार्ग विस्तार हुनेछ। राजनीतिक दल र सरकार जनहितमा समर्पित हुनेछन्। माघ महीनामा सूर्य सङ्क्रान्ति बिहीवार परेकोले अनावश्यक खर्च नियन्त्रणमा आउनेछ। वैदेशिक रोजगार सोचे अनुसार बढ्नेछ र ठन्डीले बढी नै आक्रान्त बनाउँला।
    फागुन महीनामा सूर्य सङ्क्रान्ति शुक्रवार परेकोले नेताहरूमा विलासिता र स्वार्थीपन बढ्नेछ। विज्ञान क्षेत्रमा प्रगति हुनेछ। जनतामा असन्तुष्टि बढ्नेछ । चैत्र महीनामा सूर्य सङ्क्रान्ति आइतवार परेको हुँदा धार्मिक, शैक्षिक क्षेत्रमा सुधार, प्राकृतिक प्रकोप र जनतामा पराक्रम बढ्नेछ। वर्षेश कुण्डलीका आधारमा बा¥ह राशिका जातकहरूको शुभ अशुभ फल निम्नानुसार रहेको देखिन्छ। मेष राशिका जातकहरूलाई सामाजिक सम्मान, शारीरिक कष्ट, वृष अपमान तथा नारीसुख, मिथुन शारीरिक रोग र शत्रुपराजय, कर्कट काममा विजय र सन्तानसुख, सिंह मित्रसुख, काममा सफलता, कन्या शारीरिक रोग परिवारमा खुशीयाली, तुला अपजस, अपमान र धनलाभ, वृश्चिक मानसम्मान बढ्ने, शारीरिक सुख, धनु अपमान, दुःख, कष्टको अनुभूति, मकर सुखशान्ति र धनलाभ, कुम्भ सुख, सफलता, मीन धर्मार्थप्राप्ति र लोकापवाद जस्ता वार्षिक फल प्राप्तिको योग रहेको छ।
    अतः अशुभ फल एवं अशुभ अवस्थामा रहेका गृहजन्य दोष निवारणका लागि आपसी सद्भाव, एकता, मित्रता र सकारात्मक विचार एवं ईश्वर उपासना, ध्यानयोगका माध्यमबाट अगाडि बढ्दा नै राष्ट्रले अङ्गिकार गरेको सुशासन, शान्ति, स्थिरता, समृद्धि र रोगमुक्तिको महान् कार्यमा सफलता हासिल गर्न सकिन्छ।
    नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा सम्पूर्ण पाठकवृन्द, शुभेच्छुक, राष्ट्रवासी जनमा सद्भाव, एकता, मित्रता एवं दीर्घजीवन, सुस्वास्थ्य र राष्ट्रकल्याणको हार्दिक मङ्गलमय शुभकामना १ अस्तु।
कलैया, बारा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वि.सं. २०७७ सालको वर्षफल
वि.सं. २०७७ सालको वर्षफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqwQhKtx9fQ_dHYPQArdHdHl4iO8bPj2O5-AsrkhOs_EIK3TTs1A64_Ut9r7RZFEWqqpFoDGgztoZx-JTBEKi8a0izk2whbGPg2jPNT9bZeXiZfQ2q0ZZw1qHsjxKEyh39s0nMr8oJy4tj/s640/Untitled-1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqwQhKtx9fQ_dHYPQArdHdHl4iO8bPj2O5-AsrkhOs_EIK3TTs1A64_Ut9r7RZFEWqqpFoDGgztoZx-JTBEKi8a0izk2whbGPg2jPNT9bZeXiZfQ2q0ZZw1qHsjxKEyh39s0nMr8oJy4tj/s72-c/Untitled-1.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_809.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_809.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy