$type=ticker$count=12$cols=4$cate=0

रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा

SHARE:

मीरा शाह
    अहिले कोरोनाको त्रास चारैतिर टड्कारो देखा परेको छ। नेपालमा पनि यो देखा पर्यो। यस महामारीबाट जोगिन सरकारले गरेको लकडाउन सराहनीय कदम हो। किनभने हामीले जति सामाजिक दूरी बनाउन सक्छौं, त्यति नै हामी र हाम्रो परिवारमात्र होइन, समाज नै सुरक्षित हुन्छ। अहिले कोरोनाको जटिलता दिनहुँ देखा परिरहेको छ, कैयौं मानिस अकाल मृत्युको शिकार भएका छन्। अहिले २०४ देशमा यसको विनाशकारी रूप देखा परिसकेको छ। कोरोना भाइरसको जोखिम सबैभन्दा बढी ज्येष्ठ नागरिक, गर्भवती महिला, मधुमेह, मुटु, दम र मिर्गौलाका बिरामीमा उच्च रहेको पाइएको छ। किनभने माथि उल्लेख गरिएका व्यक्ति, बिरामीहरूमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा चाँडै सङ्क्रमित हुने सम्भावना रहन्छ। शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदा रोगसँग लड्ने क्ष्Fमता कम हुन्छ। त्यसैले यस्तो बेला घरमा बस्नु, सरसफाइमा बढी ध्यान पुर्याउनु राम्रो हो। परिवारका सदस्य कसैलाई ज्वरो वा रुघाखोकी लागेको छ भने ज्येष्ठ नागरिकलाई छुट्टै कोठामा अलि दूरी बनाएर राख्नुपर्छ।
    ज्येष्ठ नागरिकले आफ्नो नियमित औषधि समयमा खान बिर्सनुहुन्न। चिकित्सकसँग फोनबाट सल्लाह सुझाव लिनुपर्छ। अत्यधिक आवश्यकीय कामबाहेक घरबाट निस्कनुहुन्न। यस्तो बेलामा सकभर अस्पताल पनि नगए राम्रो।
    ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिको लागि कोरोना भाइरसविरुद्धको कुनैपनि पूmड सप्लिमेन्ट कतै उपलब्ध छैन र हुन्न पनि । जीवनशैलीमा परिवर्तन, खानपान, रहनसहन, दिनचर्यामा परिवर्तन गर्नु नै जुनसुकै रोगसँग प्रतिकारको उत्तम उपाय हुन्। अहिलेको यो विनाशकारी महामारीले बल्ल नेपाली समाज सचेत भएको भान भइरहेको छ। पहिले सबै यतिधेरै काममा व्यस्त थिए कि परिवारको लागि पनि पर्याप्त समय निकाल्न सक्दैनथे । अहिले कम्तीमा परिवारसँग बस्न पाइएको छ।
    हाम्रो नेपाली खाना सन्तुलित भोजन हो, सानै बेलादेखि जुन हाम्रो मूल खानपान हो, त्यो उत्कृष्ट छ, हाम्रो सम्पूर्ण स्वास्थ्यको लागि। अहिले कतिपयले यो कुरा बुझेका छैनन् होला। तर यो सत्य हो कि हामीले केटाकेटीदेखि जुन खानेकुरा खाँदै आइरहेका छौं, त्यो पोषिलो, स्वास्थ्यबर्धक र रोग प्रतिरोधात्मक शक्तिले भरिपूर्ण छ। अहिले यो विनाशकारी महामारीको भुमरीमा हामी बाँच्न सकेका छौं। त्यसको श्रेय हाम्रो परम्परागत खानपान नै हो। चामल, मकै, गहुँ, कोदो, फापर, जुनेलो, दाल, सिमी, दूध, दही, मही र घरबारीमा उब्जेका खानेकुरा हामीले पर्याप्त मात्रामा सेवन गरेकाले आज हामी सुरक्षित छौं । अहिलेसम्म कुनै पनि अध्ययनले भन्न सकेको छैन कि हाम्रो पूmड सप्लिमेन्ट कमजोर छ।
    हाम्रो प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउने माक्रो तथा माइक्रो पोषक तŒव, भिटामिन र खनिज तŒवहरू तल उल्लेख गरिएको छ ः–  
३) कार्बोहाइड्रेट
    प्रत्येकपटकको खानामा यसको समावेश एकदेखि तीनपटकसम्म गर्नुपर्छ । जस्तैः भात, रोटी, ओट्स, मकै, चिउरा, फापर आदि। त्यस्तै, कम्प्लेक्स कार्बोहाइड्रेटको पनि प्रयोग गर्नुपर्छ। जस्तैः उसिना चामल, गहुँ, ओट्स, मकै, फापर्रफलपूmल, सागपात। यी पदार्थ पोषण तŒव र फाइबरले भरिपूर्ण छन्। जसले गर्दा रोग प्रतिरोधात्मक शक्ति र पेटको सम्पूर्ण स्वास्थ्यलाई मदत गर्दछ।
३) भिटामिन ‘डी’
    यो चिल्लो पदार्थमा घुल्ने भिटामिन हो, यसले प्रतिरक्षा प्रणालीको क्रियाकलापमा सहयोग पुर्याउँछ। साथै सेतो रक्त कोशिकाको प्रतिरक्षा गर्न मदत पुर्याउने कामसमेत गर्दछ। जसले गर्दा हाम्रो प्रतिरक्षा प्रणालीमा सङ्क्रमण हुन पाउँदैन। जुन व्यक्तिमा भिटामिन डीको कमी हुन्छ, त्यस व्यक्तिलाई दम, एलर्जी, श्वासप्रश्वास प्रणालीको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ। कतिपय अनुसन्धानबाट यस कुराको पुष्टि भइसकेको छ। भिटामिन डीको प्रयोगले श्वासप्रश्वासमा सङ्क्रमण कम हुन्छ र यसलाइ एन्टी भाइरल सप्लिमेन्ट पनि भनिन्छ। यसका विभिन्न खाद्य स्रोत छन्– अन्डा, अन्डाको पहेंलो भाग, चीज,  दूध, दही, पनिर, ओखर, बदाम, आलस, सालमन, सारडिन र टुुना माछाको तेल, आलसको तेल, च्याउ, गाईको दूध, भटमासको दूध आदि आफ्नो दैनिक भोजनमा समावेश गर्नुपर्दछ।
३) जिङ्क
    यो खनिज तŒव हो। यसले प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्दछ। यसले रोग प्रतिरोधात्मक तन्तुको वृद्धि र विकासको साथै सङ्क्रमण हुनबाट जोगाउन मुख्य भूमिका खेल्दछ। जिङ्कको कमी भएमा निमोनिया सङ्क्रमण, रगतको कमी हुन्छ। विश्वभरिका एक अर्ब मानिसमा यसको कमी देखिएको छ ।  वयस्क, ज्येष्ठ नागरिक, गर्भवती महिला आदिमा ३० प्रतिशतले यसको कमी देखिएको छ। जुन हामी भोजनबाट परिपूर्ति गर्न सक्छौं। यसको विभिन्न स्रोतहरू छन्ः माछा, मासु, सेलफिश, दाल, बीउ, तिल, आलस, फर्सीको बीउ, काजु, बदाम, ओखर, आलु, डार्क चकलेट आदि।
३) भिटामिन ‘सी’
    भिटामिन सी विभिन्न अमिलो फलपूmल, तरकारी, सागपात आदिमा पाइन्छ। यो हाम्रो शरीरको सम्पूर्ण स्वास्थ्यको लागि उपयोगी, सङ्क्रमणबाट जोगाउने, प्रतिरोध क्षमता बढाउने, पुरानो तन्तुलाई सक्रिय पार्ने कामसमेत गर्दछ । यसले अक्सिडेटिभ एस्ट्रेसलाई निष्क्रिय पार्ने काम गर्दछ। जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। यसका स्रोतहरू अमला, सुन्तला, अम्बा, किवी, मेवा, ब्रोकाउली, कालो सिमी, खरबुजा, गोलभेंडा, अनार, स्ट्राबेरी, मौसमी, रायो आदि हुन्।
४) मशरूम (च्याउ)
    यसले सङ्क्रमण हटाइ रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ। यसले क्यान्सर, मधुमेह आदिका रोगीलाई समेत फायदा पुर्याउँछ।
    यसका साथै भिटामिन बी २, भिटामिन १२, बी ६ यिनले पनि रोगसँग लड्ने क्षमता बढाउने काम गर्दछन्। यिनका विभिन्न खाद्य सोतहरू छन्– दूध, दही, मही, पनिर, अन्डा, माछा, मासु,  पालुङ्गो, टुना, कलेजो, चीज आदि हुन्। जसलाई हामीले दैनिक भोजनमा समावेश गर्नुपर्छ।
५) भिटामिन ‘ए’
    यसले रोग प्रतिरोधात्मक शक्ति बढाउने काम गर्दछ। यसको कमी भएमा प्रतिरक्षा प्रणालीमा गडबडी भई सङ्क्रमण हुने सम्भावना बढी हुन्छ। यसको मुख्य स्रोत गाजर, फर्सी, पालुङ्गो, माछा, मासु, अन्डा, चिकेन आदि हुन् ।
६) भिटामिन ‘ई’
    यो एउटा शक्तिशाली  एन्टिअक्सिडेन्ट हो। यसले ज्येष्ठ नागरिकमा खासगरी रोग प्रतिरोधात्मक शक्ति बनाइराख्न मदत गर्दछ। यसको स्रोत सूर्यमुखीको बीउ, पेस्ता, बदाम, आलस, नरिवल चीज आदि हुन्।
    चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिसिडिसी)ले अहिले कोरोना भाइरसको बढी जोखिम मुटु रोगीमा १०.५ प्रतिशतले मृत्यु भएको देखाएको छ।
केही उपयोगी जानकारी
    नियमित समयमा सुत्ने–उठ्ने बानी बसालौं। नियमित शारीरिक अभ्यास, योग आदि उमेर अनुसार गरौं। साबुनपानीले नियमित हात सफा गरौं, हाच्छयूँ गर्दा कुहिनाले छेकौं वा रूमाल प्रयोग गरौं। अहिले घरभित्रै आफ्नो परिवारसँग समय बिताऔं, मनपर्ने पुस्तक पढौं, कथा आदि सुन्ने गरौं।
    कोरोना एउटा डरलाग्दो अवस्था हो, महामारी हो, सबै मिली सामना गरौं । सकारात्मक सोच, एकापसमा सद्भाव राखौं। यो बेला मानसिक तनाव हुने सम्भाव्यता बढी हुन्छ, जसको असर हामी सबैमा हुनु स्वाभाविक हो। त्यसैले सकारात्मक सोच्नु, घरको काम गर्नु
राम्रो हो। स्वस्थ रहौं, मस्त रहौं। घरमा बनाएको खानेकुरा खाने बानी बसालौं।
पोषण विज्ञ, कीर्तिपुर बर्न एन्ड क्लेफ्ट अस्पताल, नेपाल नेशनल अस्पताल
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा
रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYDQsyTzgjldeJvpPvj11wK9HOBaP54aj0qFDXJaPFL945IqYwuK-BSj8-cHhVjq936VJkS6tyN-NPGkg7zXhVEcsUKbU92NfPqIsYaBB7sovRQZDC64IaT_0YQq8LE79ozVS_eBmUrfmY/s320/mira.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYDQsyTzgjldeJvpPvj11wK9HOBaP54aj0qFDXJaPFL945IqYwuK-BSj8-cHhVjq936VJkS6tyN-NPGkg7zXhVEcsUKbU92NfPqIsYaBB7sovRQZDC64IaT_0YQq8LE79ozVS_eBmUrfmY/s72-c/mira.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_766.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_766.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy