मीरा शाह
मौसम परिवर्तनसँगै विभिन्न रोगहरू पनि सक्रिय हुन थाल्छन्। गर्मी महीनामा मौसम परिवर्तन हुँदा सबै मानिसको शरीरको तापक्रममा विभिन्न उतारचढाव, सङ्क्रमण, रोग, झाडापखाला, ज्वरो, रुघाखोकी आदि देखा पर्छन्। हाम्रो शरीरको तापक्रम सन्तुलित राख्न यस्ता किसिमका खानेकुराहरू खानुपर्ने हुन्छ, जसले शीतलता प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाओस्।
गर्मी महीनामा शरीरमा पानीको कमी हुन नदिन र शीतलता प्रदान गर्ने खालका खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यसको साथै शरीरमा रोग लाग्न नदिन रोग प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने खानेकुरा दैनिकरूपमा भोजनमा समावेश गर्नुपर्छ। यो बेलामा सङ्क्रमण बढी हुन सक्ने सम्भावना हुन्छ ।
शरीरलाई स्फूर्ति तथा शीतलता प्रदान गर्ने खानेकुराहरू तल उल्लेख गरिएका छन्–
१) खरबुजा–
गर्मी मौसमको लागि अति नै उपयोगी फलफूलमा खरबुजाले शरीरमा शीतलता प्रदान गर्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउने आदि काम गर्दछ। यसमा ९१.४५ प्रतिशत पानीको मात्रा हुन्छ, जुन हाम्रो शरीरको लागि अति नै महŒवपूर्ण हो। शरीरको अनावश्यक तौल नियन्त्रण गर्न, तिर्खा मेटाउनसमेत खरबुजाको मुख्य भूमिका हुन्छ। यो सस्तो र सहजै पाइने हुँदा दैनिक खाजामा समावेश गर्न सजिलो हुन्छ ।
२) दही/मोही–
दही वा मोही, लस्सी गर्मी महीनाको लागि एकदमै उपयोगी, सस्तो र सबै ठाउँमा पाइन्छ। यो विशेषगरी पेट र आन्द्राको लागि निकै लाभदायक हुन्छ। साथै सम्पूर्ण शरीरको स्वास्थ्यको लागि पनि निकै गुणकारी हुन्छ। यसमा पाइने प्रोबायोटिक नामको ब्याक्टेरिया, जसले पाचनतन्त्रमा सहयोग गर्नुका साथै पेटका जीवाणुलाई नाश गर्ने काम गर्छ। साथै गर्मीमा शीतलता प्रदान गर्छ। यसका विभिन्न परिकार बनाएर सेवन गर्न सकिन्छ।
३) नरिवल पानी–
यसमा विभिन्न प्रकारका खनिज तŒव, आवश्यक एमिनो एसिड आदि भरपूर मात्रामा पाइन्छ। यो गर्मीमा मात्रै होइन, जुनसुकै मौसममा पनि र जुनसुकै रोगमा पनि सेवन गर्न सकिन्छ ।
४) हरियो सागपात तथा तरकारी–
यसलाई दैनिक भोजनमा समावेश गर्नु अतिआवश्यक छ। यसमा विभिन्न प्रकारका पोषक तŒव पाइन्छन्, जसले विभिन्न रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ। साथै कब्जियत नियन्त्रणमा समेत फाइदा पुर्याउँछ। ब्रोकाउली, काउली, कोसा, रायो, तोरीका साग आदि मौसमी तरकारीहरू सेवन गर्न सकिन्छ। काक्रो, गाजर आदि सलादको रूपमा प्रयोग गर्न सकिन्छ। यसमा भएको पानीको मात्राले शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न मदत गर्दछ।
पुदिना, जुन गर्मी महीनामा पेय पदार्थको रूपमा प्रयोगमा ल्याइन्छ । कागती, अदुवा, पुदिना मिश्रित पानी सर्बतको रूपमा गर्मी मौसममा नियमित सेवन गर्नाले शरीरमा भएका विकार बाहिर निकाल्नुका साथै शीतलता प्रदान गर्दछ।
५) प्याज/लसुन–
यो स्वादको लागि मात्र नभई, पेटका जीवाणुहरू मार्ने कामका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ । यो एन्टिएलर्जिक पनि हो। गर्मीमा हुने वाकवाकी, खाना नरुच्ने आदि समस्यालाई निर्मूल पार्ने काम गर्दछ। यसले घामको एलर्जीबाट समेत जोगाउने काम गर्दछ।
अहिले कोरोना भाइरसको त्रासले गर्दा हामीहरू धेरै नै आत्तिएका छौं। तर समयमा सचेत भयौं भने सङ्क्रमणबाट जोगिन सक्छौं। अहिले यस्तो बेलामा शाकाहारी भोजन नै स्वास्थ्यको लागि उचित हुन्छ।
काँचो खानेकुरा कुनै पनि सेवन नगरौं, फलफूल खाएपनि माथिको बोक्रा निकालेर खाने गरौं।
तल केही एन्टिआक्सिडेन्टले भरिपूर्ण खानेकुराहरू उल्लेख गरिएको छ।
डार्क चकलेट– यसमा पाइने एन्टिआक्सिडेन्टले शरीरलाई रोगसँग लड्न मदत गर्दछ। यो मुटुको लागि, रक्तचाप नियन्त्रणको लागि समेत उपयोगी हुन्छ।
स्ट्रबेरी– यो पोषक तŒवले भरिपूर्ण हुन्छ । विभिन्न भिटामिनले भरिपूर्ण यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। यसमा भिटामिन ए, सी पाइन्छ। यसमा एन्थोकाइनिक नामको एन्टिआक्सिडेन्ट पाइन्छ।
अहिले आप्mनो व्यक्तिगत सरसफाइमा ज्यादै ध्यान दिनुपर्छ। छालाको सम्पर्कबाट टाढा नै बस्नुपर्छ। सकभर घरमा सबैले आआप्mनो रूमाल, चप्पल, लुगा व्यक्तिगत मात्र लगाउनुपर्छ । शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी, झोलिलो पदार्थको सेवन, शाकाहारी भोजन, हरियो सागपात, तरकारी, फलफूल आदिको सकभर धेरै प्रयोग गर्नुपर्छ। खानु अगाडि र पछाडि साबुनपानीले कमसेकम २० सेकेन्डसम्म हात मिचिमिची सफा गर्नुपर्छ।
भीडभाडमा जाँदा मास्कको प्रयोगसँगै पञ्जाको पनि उत्तिकै प्रयोग गर्नु बेस हुन्छ।
नियमित योग, व्यायाम गरौं, समयमा सुत्ने र उठ्ने बानी गरौं। शरीरलाई सुक्खा हुन दिनुहुँदैन। रुघाखोकी र ज्वरो आएमा तुरुन्त नजीकको स्वास्थ्य चौकी जानुपर्छ। चिकित्सकको सल्लाह अनुसार मात्र औषधिको प्रयोग गर्नुपर्छ।