प्रस, वीरगंज, १८ वैशाख/
नारायणी अस्पताललाई केन्द्र सरकारले कोभिड अस्पतालमा परिणत गरेपछि अहिले यो विषयलाई लिएर राजनीतिक दल र नागरिकले विरोध शुरू गरेका छन्।
केन्द्र तहबाट नारायणी कोभिड अस्पताल घोषित भएर अस्थायी कोभिड अस्पतालको रूपमा गण्डक अस्पतालसँग स्थानीय तह वीरगंज महानगरपालिकाले सम्झौता गरेपछि नारायणी कोभिड अस्पतालको विषयलाई लिएर अहिले विवाद बढेको हो। कोरोना भाइरसको सङ्क्रमण शुरू भएपछि चैत ६ गतेभित्र सबै प्रदेशले कोभिड अस्पताल सञ्चालनको तयारी गरेका थिए। तर प्रदेश २ मा कोभिड अस्पतालबारे कुनै तयारी गरिएन।
कोभिड–१९ सङ्क्रमित फेला परेपछि केन्द्रीय सरकारले नारायणी अस्पताललाई कोभिड अस्पताल घोषित गरेको थियो। नारायणी अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेर त्यहाँका बिरामीहरू नेशनल मेडिकल कलेजमा पठाइएपछि अहिले यस विषयमा विवाद भएको हो।
नेपाली काङ्ग्रेस, नेकपा, जनता समाजवादी पार्टीलगायतले नारायणी अस्पताललाई पूर्ववत्रूपमा सञ्चालन हुनुपर्ने भन्दै विज्ञप्तिबाजी शुरू गरेका छन्। यसैगरी, नागरिकबाट पनि नारायणी अस्पताललाई पूर्ववत्रूपमा सञ्चालन गर्नुपर्ने माग भइरहेको छ। नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले प्रदेश र स्थानीय तहबाट जिम्मेवारी वहन नगरिएपछि केन्द्र सरकारले नारायणीलाई कोभिड अस्पतालमा परिणत गर्नुपरेको बताए। उनले कोभिड सङ्क्रमित फेला परेपछिको अवस्थामा पनि कोभिड अस्पतालबारे प्रदेश र स्थानीय तह जिम्मेवार नभएपछि केन्द्रले नारायणीलाई कोभिड बनाएको बताए। उनले कोभिड अस्पतालबारे राजनीतिक दलहरूले अहिले हल्ला गर्नुको साटो पहिले नै हल्ला गरेको भए नारायणी कोभिड अस्पतालमा परिणत हुने थिएन भनी बताए।
उनले अस्पताल सेवाविहीनरूपमा परिणत भएपछि आफूहरूलाई पनि नराम्रो लागेको प्रतिक्रिया दिएका छन्। कोभिड अस्पताल आवश्यक थियो र यसको तयारी प्रदेश तथा स्थानीय तहले तोकिएको समयमा गर्न नसक्दा नारायणी अस्पताललाई बाध्यकारी अवस्थामा कोभिड अस्पतालमा परिणत गर्नुपरेको बताएका छन्।
वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले नारायणीलाई कोभिड अस्पताल बनाउनुमा केन्द्र सरकारको कमीकमजोरी रहेको आरोप लगाएका छन्। उनले कोभिडको प्रकोप बढेसँगै केन्द्र सरकारले दिएको निर्देशन अनुसार स्थानीय तह अन्तर्गत महानगरले सबै निर्देशनको पालना गरेको दाबी गरे । उनले केन्द्र सरकारले क्वारेन्टाइन बनाउन भनेको र क्वारेन्टाइन महानगरले निर्माण गरेको बताए। कोभिड अस्पतालको सम्बन्धमा केन्द्र सरकारले समयमा निर्णय नगरेको र आममानिसको पहुँचमा रहेको नारायणी अस्पताललाई कोभिडमा परिणत गर्नु दुःखद भएको बताएका छन्। उनले नारायणीको साटो अन्यत्र कोभिड अस्पताल बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
केन्द्र सरकारले नारायणीलाई कोभिड बनाए पनि पछि गरिएको निर्देशनबमोजिम स्थानीय तहबाट महानगरले गण्डक अस्पतालसँग सम्झौता गरेको र सोलाई अस्थायी कोभिड अस्पताल बनाउन खोजेको बताएका छन् । उनले अरू कुनै अस्पतालले चासो नदेखाएको बेला गण्डक अस्पतालले सञ्चालन खर्च मात्र लिएर कोभिड अस्पताल बनाउन राजी भएको बताए। यो अवस्थामा स्वास्थ्य मन्त्रालयले गण्डक अस्पताललाई नारायणीको अस्थायी कोभिड अस्पताल घोषणा गर्न ढिलाइ गरेर थप समस्या सिर्जना गरेको नगरप्रमुख सरावगीले बताएका छन्। उनले अहिलेको अवस्थामा पनि केन्द्र सरकार स्वास्थ्यप्रति गम्भीर नभएको बताए।
नगरप्रमुख सरावगीले पटकपटक पत्राचार गर्दा पनि अहिलेसम्म स्वास्थ्य मन्त्रालयले स्थानीय तहले बनाएको अस्थायी कोभिड अस्पतालको प्रयासलाई सार्थक नबनाएको बताए। उनले अस्थायी कोभिड अस्पतालमा नारायणी कोभिड अस्पतालका बिरामीहरू स्थानान्तरण गरी पुनः नारायणी अस्पताल सञ्चालनमा ल्याउन आवश्यक भएको बताएका छन् ।
गरीब जनताको पहुँच रहेको नारायणी अस्पताललाई कोभिड अस्पताल बनाएर त्यहाँका सेवा अन्यत्र पठाउँदा सेवाग्राहीलाई ठूलो मर्का परेको उनको भनाइ छ। नगरप्रमुख सरावगीले नारायणीबाट सेवा अन्यत्र गएपछि डायलोसिसको समस्याबाट तीनजना मिर्गौला रोगीको मृत्यु भइसकेको बताए । यसैगरी, सामान्य रोगीहरूको उपचारमा पनि समस्या भइरहेको र सेवाग्राहीले बढी रकम तिर्नुपरेको बताएका छन्।
यता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले पनि नारायणी अस्पताललाई पूर्ववत्रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले नारायणी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्दा आसपासका मानवबस्ती प्रभावित हुन सक्ने बताएका छन्। कोभिड अस्पताललाई मानवबस्तीभन्दा बाहिर सञ्चालन गर्नुपर्नेमा तीनै तहका सरकार असफल भएको उनले आरोप लगाए।
प्रबन्ध निर्देशक अन्सारीले नारायणीको सेवा आफ्नो अस्पतालमा सहजरूपमा भइरहेको दाबी गरेका छन् ।