प्रस, वीरगंज, १७ वैशाख/
पर्सा र बारामा गरी थप तीनजनामा कोरोना सङ्क्रमण देखिएको छ। वीरगंज महानगरपालिका वडा नं ३ का सफाइ कर्मचारीमा सङ्क्रमण फेला परेपछि यात्रा र व्यक्ति सम्पर्क विवरणको आधारमा सङ्कलन गरिएको ९४ जनाको स्वाब परीक्षणबाट वीरगंजका एकजना र बाराका दुईजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको हो।
वीरगंज वडा नं ३ छपकैया निवासी सफाइ कर्मचारीमा सङ्क्रमण देखिएपछि उनको यात्रा विवरण अनुसार उनीसमेत भारतको दिल्लीस्थित निजामुद्दीन मरकजमा जाने चारजना जमातीमध्ये आज बाँकी तीनजनामा सङ्क्रमण पुष्टि भएको हो। तिनीहरूलाई नारायणी कोभिड अस्पताल ल्याइएको छ।
फेला परेका तीनजनामध्ये एकजना वीरगंज महानगरपालिका छपकैया निवासी हुन् भने दुईजना बारा जिल्लाको सिम्रौनगढ नपा र जीतपुरसिमरा उपमहानगरका बासिन्दा हुन्। वैशाख १४ र १५ गते सङ्कलन गरी पठाएको स्वाबको पिसिआर परीक्षण रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट वैशाख १७ गते बुधवार आएको हो। सो रिर्पोटमा सफाइकर्मीको दोस्रो रिर्पोट पनि पोजेटिभ देखिएको छ। नारायणी कोभिड अस्पतालमा योसमेत आठजना कोभिडका सङ्क्रमित आइसोलेशन वार्डमा भर्ना भएका छन्। सर्लाहीका एक, वीरगंज महानगरका ३, रौतहटका २ र बाराका २ जना गरी आठजना आइसोलेशन वार्डमा भर्ना छन् । नारायणी अस्पतालको आइसोलेशनबाट कोरोना सङ्क्रमित चारजना उपचारपछि निको भएर फर्किसकेका छन्।
स्वाब परीक्षण जारी
वीरगंज महानगरमा आरडिटी परीक्ष्Fणबाट अधिकांश नतीजा नेगेटिभ मात्र देखिएपछि अहिले पिसिआर परीक्षण मात्र भइरहेको छ।
स्वाब नमूना सङ्कलन गरी पिसिआर परीक्षण भइरहेको जनस्वास्थ्य कार्यालय, पर्साका जयमोद ठाकुरले बताए। उनले वैशाख १४ गतेदेखि दुई दिन वडा नं. ३ मा स्वाब नमूना सङ्कलन गरिएको र त्यसको रिपोर्टमा तीनजना सङ्क्रमित फेला परेको बताए।
यसैगरी, मङ्गलवार वीरगंज–१६ इनर्वामा १४ र अन्यत्र ३ जना गरी
१७ जनाको स्वाब सङ्कलन गरिएको बताएका छन्। सो वडामा एकजना सङ्क्रमित फेला परेपछि निजको यात्रा विवरण अनुसार पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको बताए। स्वाब नमूना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। यसैगरी, बुधवार भेटिएका सङ्क्रमितहरूको यात्रा विवरण अनुसार स्वाब नमूना सङ्कलन भइरहेको ठाकुरले बताए।
यसैगरी, नारायणी कोभिड अस्पतालमा बुधवार सञ्चारकर्मी र सेनाको पनि स्वाब नमूना परीक्षणको लागि सङ्कलन गरिएको छ। नारायणी अस्पतालमा नेपाली सेना र सञ्चारकर्मीहरू पुगेर स्वाबको नमूना दिएका हुन्। सुरक्ष्Fामा खटेका सेना र समाचार सङ्कलनमा खटेका सञ्चारकर्मीहरूले स्वाब नमूना दिएर कोरोना पोजेटिभ भए नभएको बारे यकीन गर्न खोजिएको एकजना सञ्चारकर्मीले बताए।