प्रस, वीरगंज, १७ वैशाख/
लकडाउन अवधिमा भारतको रक्सौलबाट अत्यावश्यक औषधिहरू उपलब्ध गराइ सेवा पु¥याइरहेको प्रहरीसमेतलाई सेवा लिनेहरूले झुक्याएको समाचार छ।
सानो पाइलाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय, पर्साले लकडाउन शुरू भएदेखि भारतीय औषधिहरूको आवश्यकता परेकाहरूलाई सहयोग गर्दै आएको थियो। लकडाउन लम्बिएसँगै यो सेवालाई प्रहरीले जारी राखेको छ। प्रहरीले फोन माध्यमबाट औषधि माग गर्नेहरूलाई घर र जिल्ला प्रहरी कार्यालयमार्फत औषधि उपलब्ध गराउँदै आएको थियो। पछिल्लो चरणमा औषधिको माग गर्नेहरूले धोका दिन थालेपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट यसको व्यवस्थापन शुरू गरेको छ।
औषधि आवश्यक पर्नेहरूले हेल्पडेस्कमा फोन गर्ने परम्परा हटाएर जिल्ला प्रहरी कार्यालयमा पुगेर औषधिबापतको खर्च पेश्कीस्वरूप बुझाउनेहरूलाई मात्र सो सेवा उपलब्ध गराउन थालेको छ। जिप्रका पर्साले हेल्पडेस्कमा फोन गर्ने र औषधि आएपछि लिन नआउने सङ्ख्या बढेको कारण पेश्की लिन शुरू गरेको बताएको छ। पेश्की दिनेलाई प्रहरीले भर्पाइ दिने र औषधि आएपछि फोन सम्पर्क गरी औषधि उपलब्ध गराउने गरेको छ।
जिप्रकामा औषधि माग गरी लिन नआउनेहरूको सङ्ख्या बढेकोले पेश्की लिन शुरू गरेको पर्सा प्रहरीले जनाएको छ। अहिले करीब एक लाख मूल्यबराबरको औषधि जिप्रकामा थन्किएको र बारम्बार फोन गर्दा पनि सम्बन्धित व्यक्तिहरू नआएको प्रहरीको भनाइ छ।