$type=ticker$count=12$cols=4$cate=0

ठोरीमा हुलाकी सडक निर्माण कार्य सुचारु

SHARE:

माधव तिमिल्सिना, ठोरी, १७ वैशाख/
    वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिकाको क्षेत्रमा निर्माण कार्य सुचारु भएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेको हुलाकी सडक निर्माण कार्य मङ्गलवारदेखि पूर्णरूपमा सञ्चालनमा आएको निर्माण कम्पनीले जनाएको छ।
    सडक निर्माण सम्झौता अवधिको अन्त्यतिर सरकारले लकडाउन गरेपछि सडक निर्माणको काम अलपत्र परेको थियो । जीराभवानी गाउँपालिका र ठोरी गापाको साँधमा पर्ने चमरीहोलदेखि पश्चिमतर्फ ठोरी पर्सा र चितवनको साँध चौतारासम्म पर्ने ३० किलोमिटर सडक निर्माणको ठेक्का सकारेको कालिका/बानियाँ जेभीले काम सुचारु गरेको हो। ठोरीका स्थानीय मजदूरमार्फत् काम अघि बढाएको बानियाँ निर्माण सेवाका प्रतिनिधि उद्धव न्यौपानेले जानकारी दिए।
    भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा एवं ठोरी गाउँपालिका कार्यालयबाट अनुमति लिएर सडक निर्माण कार्य थालिएको न्यौपानेले बताए । ३० किलोमिटर सडकखण्ड अन्तर्गत हाल ५ ठाउँमा एकैसाथ काम भइरहेको जानकारी दिंदै उनले इन्जिनीयर, ड्राइभर र प्राविधिकबाहेकका जनशक्ति स्थानीय नै लगाइरहेको जानकारी दिएका छन्।         अहिले ठोरीमा वडा नं ४ को आठघरेमा कल्भर्ट ढलान भइरहेको छ। त्यसैगरी, वडा नं ३ को बुद्धनगरमा नाला निर्माण, सोही वडाको रामनगरमा सडक सम्याउने काम र वडा नं १ र २ को २ ठाउँमा ग्राभेल बिछ्याउने काम भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि न्यौपानेले जानकारी दिए।
     कोरोना महामारीबाट जोगिन स्वास्थ्य मापदण्ड एवं सामाजिक दूरीसमेत कायम गर्दै एक ठाउँमा १५ जनाभन्दा धेरै कामदार नराखिएको निर्माण कम्पनीले जनाएको छ। बाहिरबाट आएका सबै प्राविधिक तथा श्रमिकहरूको स्वास्थ्य परीक्षणसमेत आवधिकरूपमा भइरहेको ठेकेदार कम्पनीले जानकारी गराएको छ ।
२९ महीनामा ७० प्रतिशत काम
    वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत चमरीहोलदेखि चौतारासम्म ३० किमि सडक निर्माण कार्य ३० महीनामा सम्पन्न गर्ने शर्तमा निर्माण कम्पनीले ठेक्का सकारेको थियो।
    ठेक्का सम्झौता अनुसार २९ महीना अवधि सकिसकेको छ। १ अर्ब ६ करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी उक्त  सडकखण्ड २०७४ मङ्सिर १ मा कालिका/बानियाँ जेभीले सम्झौता गरेको हि। २०७७ जेठ २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा करीब १ महीना समयावधि बाँकी छँदा निर्माण कम्पनीले ७० प्रतिशत मात्र काम सकेको छ। हुलाकी सडक आयोजनासँगको सम्झौता अवधि सकिनै लाग्दा सडक निर्माणको काम भने ३० प्रतिशत अधूरो रहेको ठेकेदार कम्पनीले जनाएको छ।
    लकडाउन हुनुअघि करीब ६८ प्रतिशत प्रगति भएको र लकडाउन अवधिमा करीब २ प्रतिशत निर्माण कार्यमा प्रगति भएको हो। ठोरी–४ को मालीबस्तीबाहेक चमरीहोलदेखि विजयबस्ती पेट्रोलपम्पसम्म कालोपत्रे सम्पन्न भएको छ। साबिकको सुवर्णपुर र निर्मलबस्ती गाविस अन्तर्गतको करीब २२ किलोमिटर सडकखण्डमा निर्माण कार्य द्रुतगतिमा चलेको भएपनि साबिक ठोरी गाविसको करीब ८ किलोमिटर सडकखण्डमा भने निर्माण सुस्त छ।
    ३० किलोमिटर सडकखण्डमा कुल ५१ वटा कल्भर्ट रहेकामा हालसम्म ३६ वटा कल्भर्ट निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। चारवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको र बाँकी ११ वटा कल्भर्ट निर्माणमा स्थानीयले विरोध गरेका कारण काम नै शुरू गर्न नसकिएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज न्यौपानेको भनाइ छ। उनले विवाद समाधान नभएसम्म कल्भर्ट निर्माण गर्न अप्ठ्यारो भएको बताए।
    हरेक वर्ष फागुनदेखि जेठ महीनासम्म सडक निर्माणको पिक आवर मानिन्छ। यही अवधिमा निर्माण प्रगति उल्लेख्य हुनुपर्ने भन्दै इन्चार्ज न्यौपानेले लकडाउनका कारण सडक निर्माणको प्रगति प्रभावित बनेको बताए। उनले कुनै किसिमको अवरोध नभए आउँदो ९ महीनाभित्र सडक निर्माण सम्पन्न भइसक्ने दाबीसमेत गरे।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ठोरीमा हुलाकी सडक निर्माण कार्य सुचारु
ठोरीमा हुलाकी सडक निर्माण कार्य सुचारु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjUQC86t_vbwGko6FYK-cr-YRRscGyvRkw4N_84idrqRaM6vOfuesixtAvxz-LmP4QJiNJIiynrjjm6I3W3KaD9J0kihWBSiELMi_yXX7Ij3hL5Spav5q4sseE5C-PH6dX706zFVQnRhej/s640/budhha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjUQC86t_vbwGko6FYK-cr-YRRscGyvRkw4N_84idrqRaM6vOfuesixtAvxz-LmP4QJiNJIiynrjjm6I3W3KaD9J0kihWBSiELMi_yXX7Ij3hL5Spav5q4sseE5C-PH6dX706zFVQnRhej/s72-c/budhha.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_489.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_489.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy