प्रिय मानव,
आफू काम (म्गतथ)मैं रहेर तिमीलाई सम्झिरहेको छु। तिम्रो हालखबर म सोध्दिनँ, मलाई थाहा छ, तिमी जीवनको परीक्षा दिइरहेका छौ। मेरो पत्र पाउँदा तिमीले दुश्मनको पत्र ठान्ने नै छौ। तर न म तिम्रो दुश्मन हुँ, न कुभलो नै चिताउँछु। केवल उसले पठाएको कर्तव्यबोधमा म छु। मेरो जन्म वुहानमा हुँदा बच्चै छ भन्दै खेलाँची सम्झियौ। मलाई सानैमा संसार घुम्ने मन नै थिएन, तिमीले नै विकास, प्रविधि, मेलमिलाप, भाइचाराको नाटक ग¥यौ र त्यसैको आडमा मैले संसार डुलें। तिमीले मलाई नदेख्ने अनि तिमी मलाई मन पर्ने, म तिमी सँगसँगै घुमें।
आदिमकालमा तिमी आउँदा बाचा नै गरेर आएका रहेछौ, म पञ्चतŒव (आकाश, वायु, अग्नि, जल, पृथ्वी)लाई शुद्ध राखेर नै वंश वृद्धि र विकास गर्ने छु। तर सम्पूर्ण चराचर जगत् आआफ्ना गति र नियममैं रहे, तिमी आफू सर्वश्रेष्ठ र विवेकशील भएर पनि संसार जित्छु र अन्तिम भोज मनाउँछु भन्ने दौडमा रह्यौ। तिम्रै कारण तिमीमाथि मात्रै परीक्षा लिनुपर्ने भयो। तिम्रो तयारी जस्तै हतियार युद्ध त म गर्न सक्दिनँ किनकि तिमीसँग आणविक हतियारको खानी नै छ। तर सानै भएर पनि तिम्रो जगत् ध्वस्त पार्न सक्ने क्षमता भने म राख्दछु। तिमीहरूको प्रगति दौडमा अगाडि भएकाहरूको सूचीमा म अलि सक्रिय छु। तर यो होइन कि म विजयी नै हुनेछु। परीक्षा मर्यादित र अनुशासन कायम भए समयअगावै तिमी पास हुनेछौ र म टाढिन पर्नेछ।
मानव सभ्यतामाथिका विभिन्न परीक्षाहरू ई.सं. १८१७, १८५५ देखि २००९–१० र २०१४–१६ मा समेत तिम्रातर्पm ठूलो क्षति हँुदाहँुदै पनि विजय तिमीले नै पायौ र यहाँसम्म आइपुग्यौ। तर बाचा बिर्सियौ, विकासको परिभाषा आफ्नै अनुसार बनायौ, परिणामस्वरूप मलाई कार्यक्षेत्रमा उत्रिनुप¥यो।
अभैm पनि तिमी सजग बन्यौ, अहङ्कार त्यागेर मेरो मात्रै होइन हामी सबैको हो भन्न जान्यौ र बाचा पूरा गर्नेतर्पm लाग्यौ भने म छिट्टै हार्नेछु र तिमीबाट अलग हुनेछु।
र अन्तमा, तिम्रो परीक्षाको सफलता तिम्रै हातमा छ भन्दै ओझेल पर्दछु।
– नवराज अधिकारी
सिमरा कलेज, सिमरा, बारा