प्रस, वीरगंज, १८ वैशाख/
दालको कालोबजारी गरेको कसूरमा पक्राउ परेका दुईजना सञ्चालक र तीनजना प्रतिनिधि गरी पाँचजनासँग जिल्ला प्रशासन कार्यालय, बाराले बयान लिनेक्रम जारी छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले अभियुक्तहरूसँग बयान लिने र अनुसन्धान कार्य जारी रहेको बताए।
प्रहरीले वैशाख १५ गते परवानीपुर गाउँपालिका–४ स्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका सञ्चालक वीरगंज–१० आदर्शनगर निवासी मोहनलाल अग्रवाल, उनका प्रतिनिधि सुनील शर्मा, छातापिपरास्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक वीरगंज–५ निवासी पवन भन्ने त्रिभुवनकुमार साह, निजका प्रतिनिधि सुरेश साह तथा लिपनीमालस्थित महावीर ओभरसिज प्रालिका प्रतिनिधि सन्तोष झालाई पक्राउ गरेको थियो। निजहरूलाई मुसुरोको दाल बिक्री गर्दा निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेको र बाराका प्रजिअले जिल्ला प्रहरी कार्यालय बारामा पत्रद्वारा पक्राउको आदेश जारी गरेपछि जिप्रका, बाराले पक्राउ गरेको प्रवक्ता गौतम मिश्रले बताए। उनले अभियुक्तहरूसँग १७ गतेदेखि बयान लिइरहेको बताए। बयानसँगै उनीहरूसँगको प्रमाण बुझ्ने कार्य पनि भइरहेको प्रवक्ता मिश्रले जानकारी गराएका छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय, बाराले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारबाही गरेको छ।