आज मई दिवस, अर्थात् मजदूर दिवस। मजदूर ती हुन्, जो सधैं कमाउँछन्, अनिमात्र खान पाउँछन्। यद्यपि अहिले उद्योगहरूको वृद्धिले केही खास मजदूरहरूलाई सधैं कमाउने अनिमात्र हातमुख जोर्न पाउने समस्या छैन। तर खेतिहर मजदूरलगायत अन्यान्य क्ष्Fेत्रमा काम गर्ने मजदूरहरू भने आज पनि ‘दिउँसो कमाऊ बेलुका खाऊ’को अवस्थामा छन्। ठेला–रिक्शा चलाउने, ट्रान्सपोर्टमा सामान ओसारपसार गर्ने, इँटाभट्टाजस्ता ठाउँमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरूको लामै शृङ्खला छ। नेपालजस्तो देशमा यस्ता मजदूरहरू सङ्गठित पनि छैनन्। यसर्थ यिनीहरूलाई मई दिवस के हो, यसको महŒव के हो भन्ने जानकारी पनि छैन। यस्तोमा ‘मई दिवस’ ठूला उद्योगमा काम गर्ने, राजनीतिक दलको संरक्ष्Fण पाएर खुलेका मजदूर सङ्गठनहरूमा आबद्ध मजदूरहरूको मात्र पर्व बन्ने गरेको छ। जो सङ्गठित छन्, तिनीहरूसँग शक्ति छ, पछाडि राजनीतिक दलहरूको धाप छ, ती आजीविकाका लागि ढुक्क छन्, तर असङ्गठित क्षेत्रका मजदूरहरू भने लाचार र विवश छन्। उनीहरूको आजीविकाको कुनै प्रत्याभूति छैन। हुनत सरकार सबैको हो भनिन्छ तर सरकारले ती मजदूरलाई मात्र हेर्दछ, जो आफ्नो पार्टीको छत्रछायामा हुर्केको छ।
देशमा त्यस्ता मजदूरहरूको अस्तित्व भएको अहिलेको अवस्था र कोरोनाले विश्वलाई नै प्रताडित पारिरहेको बेला मई दिवस परेको छ। हुनत हिजो पनि मई दिवसका दिन मजदूरहरूले गर्थे नै के र १ ठूला उद्योगका मजदूरहरू कारखानामा काम गर्नुको साटो आफ्नो सङ्गठनको झन्डा बोकेर तातो सडकमा आपूm संरक्षित राजनीतिक दलको बढाइँ बखान्दै हिंड्थे। काम राजनीतिक दलको, बेगारी मानु उद्योगको खान्थे। एक दिन बिदा मनाउँथे र मई दिवसको इतिश्री हुन्थ्यो। जेहोस्, यसपालि झन्डै विश्व नै लकडाउनमा परेको बेला मई दिवस परेको छ। मजदूरहरू यसै पनि महीना दिनभन्दा बढी समयदेखि लकडाउनमा छन्। लकडाउन अर्थात् बिदा। महीना दिनदेखि जीउ अररो पारेर बसेका मजदूरहरूले यसपालि जीउ तन्काउनका लागि नै भएपनि जुलूस निकाल्न पाउँदैनन्। बिदैबिदाको बेला एउटा खास बिदाको त्यति सा¥हो चाहना पनि हुँदैन। सरकारले पनि मजदूरहरूको यस्तो अवस्था देखेर आजको दिन खास मजदूरहरूकै लागि, लकडाउनको पीडा बिर्साउने गरी कुनै राहत प्याकेज घोषणा गर्नुपथ्र्यो। त्यस्तो दूरदर्शिताको हाम्रो सरकारसँग अपेक्षा गर्न पनि सकिन्न । सरकारलाई खाँचो पनि छैन। जो मजदूर सङ्गठित छन्, उनका हकमा त लकडाउनको अवस्थामा पनि ज्याला पाइने व्यवस्था सरकारले गरिदिएकै छ। तर जो असङ्गठित छन्, जो कुनै राजनीतिक दलको बेगारी गर्दैनन्, तिनको भने फजिहत नै भइरहेको छ।
हिन्दीमा एउटा उखान छ–सबहि सहायक सबल के निबल न कोई सहाय, पवन जगावत आगको दिपहि देत बुझाय–हावाले आगोलाई झन् दन्काउँछ, पिलपिले दियोलाई निभाइदिन्छ। सरकार मात्र होइन, हाम्रो समाजको पनि त्यही मनस्थिति छ । यस्तो बेला एक दिनकै लागि भएपनि दैनिक ज्यालादारीका मजदूरहरूका लागि केही गर्न सकेको भए मानिसमा विवेक छ भन्ने बुझिन्थ्यो। उनीहरूले पनि आफ्नो लागि कुनै ‘दिन’ छ भन्ने बुझ्ने थिए। तर सरकार त लकडाउन गरेर बहादुरी देखाएको ठानिरहेको छ। उसका लागि कोरोनाले कोही मर्नुहुँदैनस भोकले, शोकले जतिलाई मर्नु छ मरून् खासै फरक पर्दैन।