$type=ticker$count=12$cols=4$cate=0

लकडाउन बढेसँगै निश्शुल्क भोजन गराउने संस्थाहरू बढ्दै

SHARE:

प्रस, वीरगंज, १६ वैशाख/
    चैत ११ गतेदेखि निरन्तररूपमा लकडाउन लम्बिएसँगै वीरगंज महानगरमा निश्शुल्क भोजन गराउनेहरूको सङ्ख्या पनि बढ्दै छ।
    दैनिक गुजारा गर्न अप्ठेरो भएका समूह, वर्गलाई लक्षित गरेर वीरगंजमा एकपछि अर्को निश्शुल्क भोजन गराउनेहरू सक्रिय भएका छन्। लकडाउन शुरू भएको चैत ११ गतेदेखि नै निरन्तररूपमा नारायणी अस्पतालका कुरुवाहरूलाई भोजन गराउँदै आएका वडा नं. ४ का अध्यक्ष्F जगत साह कानूले वैशाख १५ गतेदेखि स्थगित गरेका छन्। उनले नारायणी अस्पताल कोभिड अस्पतालमा परिणत भएपछि त्यहाँ बिरामी नभएको कारण स्थगित गरिएको बताए। उनले चिकित्सकहरूले माग गरेको खण्डमा खाना पु¥याइने बताएका छन्। तर वडाबाट वितरण हुने निश्शुल्क खाना भने जारी रहेको वडाध्यक्ष कानूले बताए।
    वडा कार्यालयबाट दैनिक ५० भन्दा बढी मानिसलाई निश्शुल्क भोजन गराउँदै आएको उनले बताए। बिहान–बेलुकी सामाजिक दूरी बनाएर निश्शुल्क भोजनलाई निरन्तरता दिएको बताएका छन्।
    यसैगरी, वीरगंजमा सद्भाव समितिले पनि निश्शुल्क भोजनलाई निरन्तरता दिंदै आएको छ। अहिले घरबाटै मागबमोजीम डेढ सयदेखि दुई सयजनालाई निश्शुल्क भोजन गराइरहेको सद्भाव समितिका रमेश जाटियाले बताए ।
    त्यसैगरी, साहेब दरबार सेवा संस्थानले स्विमिङपुलबाट भोजन व्यवस्थापन गर्दै आएको छ। दीनदुःखीहरूलाई स्विमिङपुलबाट र अन्यहरूलाई उनीहरूको क्षेत्रमा पुगेर भोजनको प्याकेट वितरण गर्दै आएको संस्थानका राजेशमान सिंहले बताए।
    रिक्शाचालक, बटुवा र खाना नपाएका सबैलाई निश्शुल्क भोजन उपलब्ध गराउँदै आएको उनले बताएका छन्। सानो पाइलाले पनि रिहाब सेन्टर पानीटङ्कीबाट निश्शुल्क भोजन गराउँदै आएको छ। बसपार्कमा अलपत्र परेका चालक, यात्रीहरूलाई पनि निश्शुल्क भोजन गराउँदै आएको एनके इन्टरनेशनलले जनाएको छ।
    यसैगरी, लकडाउन बढेसँगै वीरगंजको स्प्रिट क्लबले निश्शुल्क भोजनको व्यवस्थापन गरेको छ। तीन दिनदेखि निश्शुल्क भोजन शुरू गरेको क्लबका अनिल गुप्ताले बताए। उनले दैनिक चार सयजनालाई माईस्थान, रानीघाट, बसपार्क, पावरहाउस चोक, भन्सार चोकमा भोजन गराउँदै आएको जानकारी गराएका छन्। दिउँसो तीन बजेदेखि निश्शुल्क भोजन वितरण हुने र सो कार्यको लागि तीनवटा मोटरसाइकल परिचालित गरिएको गुप्ताले बताएका छन्। वीरगंजको क्वारेन्टाइनमा पनि निश्शुल्क भोजन गराइँदै आएको छ। सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा वीरगंज महानगरपालिकाले भोजन व्यवस्थापन गरेको छ भने ठाकुर राम बहुमुखी क्याम्पसमा रहेका करीब १२५ जनालाई रूँगटा वेलफेयरले नियमितरूपमा भोजन गराउँदै आएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका प्रकाश खेतानले बताएका छन्।
    क्वारेन्टाइनमा अन्य सहयोगी संस्थाहरूले पनि बेलाबेलामा सहयोग गरिरहेको उनले बताए।
विभिन्न संस्थाद्वारा विसङ्क्रमित
    वीरगंजमा विभिन्न संस्थाले विसङ्क्रमित कार्यलाई निरन्तरता दिंदै आएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि महानगरपालिकाले पहिलो चरणमा नगर क्ष्Fेत्रका विभिन्न वडामा विसङ्क्रमित गर्न शुरू गरेको थियो।
    अहिले यो कार्यलाई विभिन्न संस्थाहरूले निरन्तरता दिंदै आएका छन् । साहेब दरबार सेवा संस्थानले समर्पण सेवा संस्था र टिभी वीरगंजको सहकार्यमा नगरक्षेत्रमा विसङ्क्रमित गर्दै आएको छ। संस्थाका अध्यक्ष राजेशमान सिंहले दैनिक जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, गुल्म र प्रहरी कार्यालयहरूमा विसङ्क्रमित गर्ने कार्यलाई निरन्तरता दिंदै आएको बताए। उनले यीबाहेक विभिन्न वडामा विसङ्क्रमित गर्ने काम जारी रहेको बताएका छन्।
    मङ्गलवार वडा नं. ६ माईस्थान र वडा नं. ९ रानीघाटमा विसङ्क्रमित गर्ने कार्य भएको बताए। वैशाख १५ गतेदेखि तीनवटा सवारीसाधनबाट विसङ्क्रमित गर्ने कार्य बढाएको सिंहले प्रतीकलाई बताए ।
    वीरगंजमा जिपी कोइराला फाउन्डेशनले पनि विभिन्न वडाहरूमा विसङ्क्रमित गर्ने कार्य जारी राखेको शाखा अध्यक्ष महम्मद सहाबुद्दीनले बताए ।
    यसैगरी, वीरगंज स्प्रिट क्लबले वडा नं. ६ माईस्थानमा आज विसङ्क्रमित गरेको अनिल गुप्ताले बताए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लकडाउन बढेसँगै निश्शुल्क भोजन गराउने संस्थाहरू बढ्दै
लकडाउन बढेसँगै निश्शुल्क भोजन गराउने संस्थाहरू बढ्दै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9aL2QYs4KbMDEj2uMEB-mnZiCzQOwCK-miLpSaTXcMUfdIaqOcdt9wmNS19XQ6d4RDh-QxjtQepOa5vuLb_K3cm2zHQVdfHkPjJcQ3_fEpwdQ6rQco-M7tmc_pmeSVjStp4hx7V9cvcKC/s640/bisk.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9aL2QYs4KbMDEj2uMEB-mnZiCzQOwCK-miLpSaTXcMUfdIaqOcdt9wmNS19XQ6d4RDh-QxjtQepOa5vuLb_K3cm2zHQVdfHkPjJcQ3_fEpwdQ6rQco-M7tmc_pmeSVjStp4hx7V9cvcKC/s72-c/bisk.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_331.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_331.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy