प्रमोद यादव, पचगावाँ, १७ वैशाख/
पटेर्वासुगौली गाउँपालिका वडा नं २ रङ्गपुरटाँडी राष्ट्रिय जङ्गलनजीकै भौरीमाई मन्दिर छेउबाट बग्ने भौरी सोताको पानी पिउनका लागि लिन आउनेहरूको भीड बढेको छ।
जङ्गल सोता तथा भौरी खोलाको पानी पिएमा कोरोना नलाग्ने भनेर कोइलाभार मन्दिर र गादीमाई मन्दिरका पुजारीले सपना देखेको भन्ने चर्चा चलेपछि आसपासका बासिन्दाहरू सो स्थानको पानी लिन आउन थालेका स्थानीय वीरेन्द्र चौधरीले बताए। हल्लाको भरमा अहिले यस क्षेत्रका महिला, बालबालिका र वृद्धवृद्धासमेत दैनिक जङ्गल सोता तथा भौंरी खोलामा पिउने पानी भर्न धुइरो लागेका छन्।
कोरोनाको सङ्क्रमण तथा लकडाउनको बेला एकाएक भीड बढेकोप्रति स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूले चासो नदेखाएको पटेर्वासुगौली निवासी आशु चौधरीले गुनासो गरेका छन्। सो सम्बन्धमा वडा नंं २ का अध्यक्ष विजय गैरले सयौंको सङ्ख्यामा मानिसहरू पानी भर्न जाने गरेको बताउँदै भ्रम निवारण तथा भीड नियन्त्रणका लागि आफूले दुई/तीन दिनदेखि प्रयास गरिरहेको बताए। उनले पानी भर्न जानेहरूलाई भ्रमको पछि नलाग्न आग्रह गर्नुका साथै उक्त स्थानमा प्रहरी पठाएर भीडलाई रोक्ने प्रयास भइरहेको जानकारी गराएका छन्।