प्रस, गरुडा, ६ वैशाख/
सुस्तःमनस्थितिकी दश वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक अधबैंसेलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना वैशाख ४ गते बिहीवार रातिको हो ।
फतुवा विजयपुर नगरपालिका–५ की १० वर्षकी सुस्तःमनस्थितिकी बालिका शौच गर्न बाहिर निस्केपछि एकजना अधबैंसेको बलात्कारको शिकार भएकी थिइन् । घरबाहिर निस्केकी बालिकालाई ५५ वर्षे वारिस अन्सारीले गोठमा लगेर बलात्कार गरेका थिए । घरबाहिर निस्केकी छोरीलाई खोज्दै जाँदा बालिकाकी आमाले जबरजस्ती करणी गरिरहेको आपैंmले देखेकी थिइन् ।
बालिकाकी आमाले चिच्याउँदै अन्सारीलाई समाउन खोजेपछि धक्का दिएर अन्सारी फरार हुन सफल भएका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय फतुवा विजयपुरबाट प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमान्डमा गएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो ।
गाउँमा लुकेर बसेको अवस्थामा अन्सारीलाई पक्राउ गर्न प्रहरीको टोलीले तीन घण्टा खोजबीन गर्नुपरेको थियो । अन्सारीलाई पक्राउ गर्न प्रहरीले टोललाई नै घेरा हालेको थियो ।
पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थप गराइएको र आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रनि साहले जानकारी गराएका छन् ।