नारायणप्रसाद चापागाईं
यतिखेर विश्व कोभिड–१९ नामक नयाँ सङ्क्रामक जीवाणुको कारण आक्रान्त छ। विश्वका सबै देश प्रत्यक्षरूपमा यस भाइरसबाट प्रभावित छन्। चीनको वुहान शहरमा उत्पन्न भई विश्वभरि द्रुत गतिमा साम्राज्य पिंmजाइसकेको कोरोना भाइरस निवारणको हालसम्म कुनै औषधि या खोप पत्ता लागेको छैन। विश्वका सम्पूर्ण देशले यसको रोकथामलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना नागरिकलाई एकअर्कासँग सामाजिक दूरी कायम गर्न सुझाइ देशभित्र तथा बाहिर आवतजावत गर्न प्रतिबन्ध लगाएको अवस्था छ। रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन तातोपानी तथा भिटामिन ‘सी’युक्त खाद्यपदार्थ सेवन गर्न चिकित्सकहरूको सुझाव छ। विश्वभरि महामारीको रूपमा पैmलिएको यस कोरोना भाइरसको प्रभाव पूर्वका राष्ट्रमा भन्दा पश्चिमका राष्ट्रमा बढी परेको देखिन्छ। यस सङ्क्रामक रोगले आधुनिक विज्ञानजगत्माथि चुनौती थपिदिएको छ। जीवाणु उत्पन्न भएको चार महीनाभन्दा बढी अवधि बितिसक्दा पनि भौतिकवादमा तरक्की गरी उन्नत देशको रूपमा पहिचान स्थापित गरेका मुलुकका धुरन्धर वैज्ञानिक र चिकित्सकहरूले समेत सोको औषधि या उपचार पद्धति पत्ता लगाउन नसक्नु र तिनै देशहरूमा भाइरसबाट धेरै नागरिक सङ्क्रमित हुनुले ती देशहरूको प्रणाली, दृष्टिकोण र जीवनशैलीप्रति नै प्रश्न उब्जिएको छ।
पश्चिमा राष्ट्रहरूले पूर्वीय जीवनशैली पुरातन मान्यता, आध्यात्मिक चिन्तन र रूढिवादले ग्रस्त रहेकोले विकासमा पछि परेको भनेर आलोचना गर्ने गर्छन्। केही पूर्वीय शासक र धर्माधिकारीहरूले धर्मलाई आफूअनुकूल व्याख्या गरी जातिगत विभेद र रूढिवादी प्रथालाई समाजमा मान्यता दिएको कारण यही सानो अंशलाई आधार मानी समग्र पूर्वीय दर्शन र जीवनशैलीमैं खोट देख्ने पश्चिमाहरूले यतिखेर चाहिं पूर्वीय जीवनशैली वैज्ञानिक र उन्नत रहेको भनेर प्रशंसा गर्न थालिसकेका छन्।
एक व्यक्तिले अर्काे व्यक्तिसँग हात मिलाउँदा छालाको माध्यमबाट वा आलिङ्गन मार्दा श्वासप्रश्वासको माध्यमबाट एकजनाबाट अर्कोमा सङ्क्रामक रोग सर्न सक्ने हुँदा सोको सट्टामा दुवै हात जोडेर नमस्कार गर्ने पूर्वीय चलन यतिखेर बाध्यतावश पश्चिमाहरूले अङ्गीकार गरिराखेका छन् । साथीभाइ वा अग्रजहरूसँग भेट हुँदा अङ्कमाल गर्ने, हात मिलाउने र चुम्बन गर्ने पश्चिमाहरूले कोरोनाको कहर रहुन्जेल मात्र नभई अब उप्रान्त उक्त चलन त्यागेर नमस्कार गर्ने बानीको विकास गर्न सक्छन्।
त्यस्तै, खानपानमा प्रायः फ्रोजन र फर्मेन्टेड पीठोबाट बनाइएका ब्रेड, पिजा, पाउरोटी, चिप्स, कोल्डड्रिंक्सजस्ता जङ्कफूडहरू खाने पश्चिमाहरूले अब आफ्नो खानपानको शैलीमा पुनर्विचार गर्नेछन् । हामीहरूको पारम्परिक खाना दाल, भात, तरकारी र अचार सर्वाेत्कृष्ट आहार हो। भात कार्बाेहाइड्रेट, दाल प्रोटिन एवं चिल्लो, तरकारी भिटामिन एवं मिनरल र अचार सुपाचक घटकहरूले युक्त खानपान एक परिपूर्ण आहार प्याकेज हो। खानाको पूरकको रूपमा खाइने घ्यू, दूध, दही, सलाद, फलफूल, अङ्कुरित गेंडागुडी र रोग प्रतिरोधक क्षमता बढाउने अमला, कागती, अदुवा, काजु, बदाम, ओखर, तिल, चाकु, मह, हर्रो, बर्रो, गुर्जोलगायतका गुणकारी खाद्यवस्तुहरूको सेवन पूर्वीय जीवनशैलीका विशेषता हुन्। यही खानपानको शैली अङ्गीकार गरेका नेपाल, भारतलगायतका राष्ट्रका नागरिकमा विभिन्न कालखण्डमा देखिने नवीन जीवाणु तथा कीटाणुजन्य रोगहरूसँग प्रतिरोध गर्ने क्षमता तुलनात्मकरूपमा बढी छ।
पूर्वीय जीवनशैलीले अध्यात्ममाथि विश्वास राख्छ। उपासना, व्रत, पूजापाठ, चोखोनितो, साŒिवक आहार, प्रार्थना, ध्यान, प्राणायाम, योग यसका विशेषता हुन्। अहिले आधुनिक रोगको रूपमा देखिएका मधुमेह, उक्त रक्तचाप, ग्यास्ट्राइटिस, कोलस्ट्रोल, अपच, कब्जियतजस्ता रोगहरूको निवारणमा चिकित्सकहरू हप्तामा कम्तीमा एकपटक उपवास बस्न सुझाउँछन्, जुन संस्कार हाम्रो जीवनशैली नै बनेको छ। व्रत, पूजापाठ, प्रार्थनाले व्यक्तिमा सकरात्मक सोच र पवित्र आत्मिक ऊर्जाको सञ्चय र प्रवद्र्धन गराउँछ, जसबाट तनाव, थकावट, अवसाद (डिप्रेसन)जस्ता मानसिक समस्याहरू न्यूनीकरण हुन सक्छन्। अरूले पकाएको तथा छोएको नखाने, स्नान गरी चोखो वस्त्र लगाएर मात्र खाने, खाना ग्रहण गर्नुअघि खाना वरिपरि जल आचमन गरेर मात्रै खाने पूर्वजहरूको चलन कोरोना भाइरसजस्तै सङ्क्रामक रोगहरूबाट बच्नको लागि स्वस्थकर एवं वैज्ञानिक छ। मांसाहारकै कारण कोरोना पैmलिएकोले यतिबेला जङ्गली जनावरहरूको मांसाहारमा विश्व स्वास्थ्य सङ्गठनले कडाइ गरेको छ। सङ्क्रामक रोगहरू मात्र नभई मांसाहारले उच्च कोलेस्ट्रोल, मधुमेह, रक्तचाप, मुटुरोग, अल्सर, पेटसम्बन्धी जटिल रोगहरू उत्पन्न गर्ने हुँदा र यसले मानिसमा क्रुरता, द्वेष, क्रोध, निरशता, कठोरता, हिंसा, व्याकुलता, मानसिक बेचैनी जस्ता नकारात्मक संवेगहरूको विकास गर्ने हुँदा शारीरिक स्वस्थता तथा आत्मिक पवित्रताको लागि समेत मांसाहार त्याज्य रहेको पूर्वीय आध्यात्मिक द्रष्टाहरूले पुरातनकालदेखि नै उल्लेख गरेका छन्।
ध्यान, योग र प्राणायाम पूर्वीय दर्शनका महŒवपूर्ण अङ्ग हुन्। ध्यानले व्यक्तिमा धैर्यता, एकाग्रता र सहनशीलता अभिवृद्धि गरी चिरस्थायी आध्यात्मिक सुख र शान्तितर्फ अग्रसर गराउँछ। पूर्वीय दार्शनिक पतञ्जलिले अन्वेषण गरेको योग र प्राणायामका लाभहरू शब्दमा व्यक्त गर्दा अपूर्ण हुन्छ। पश्चिमाहरूले व्यायाम भने, हामीहरूले योग भन्यौं। झट्ट सुन्दा योग र व्यायाम उस्तै लागे पनि व्यायामको भन्दा योगको प्रभाव र गरिमा बढी छ। व्यायाम योगको एक प्रतिशतभन्दा पनि सानो हिस्सा हो। व्यायामबाट शारीरिक तन्दुरुस्ती प्राप्त हुन्छ भने योगबाट शारीरिक, मानसिक र आत्मिक लाभ हुन्छ। व्यायामको लक्ष्य भौतिक उपलब्धि हो भने योगको लक्ष्य आध्यात्मिक उपलब्धि हो। व्यायाममा जसरी भएपनि पसिना निकाल्ने र मांसपेशी तन्काउने ध्येय राखिन्छ, श्वासप्रश्वास र शरीरको लयबद्धताका बीच तालमेल हुँदैन तर योगाभ्यासका सम्पूर्ण आसन, प्राणायाम, मुद्रा, बन्ध र षट्क्रियाहरूमा श्वासप्रश्वासको लय र शारीरिक प्रभावलाई गहनतापूर्वक ध्यान दिइन्छ। त्यसैले, व्यायामभन्दा योग गहन र परिपूर्ण छ। यही तथ्यलाई मध्यनजर गरेर आजभोलि पश्चिमाहरू योगतर्फ आकर्षित भएका छन्। सन् २०१५ देखि संयुक्त राष्ट्रसङ्घले समेत जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिई योगको महŒव र गरिमालाई प्रवद्र्धन गरेको छ।
एकाध कमजोर पक्षको आड लिई पूर्वीय दर्शन र जीवनशैलीलाई पश्चगमन उन्मुख, पुरातन र रूढिवादी संस्कारको दर्जा दिने पश्चिमाहरूलाई हाम्रा जीवनशैलीभित्र रहेका वैज्ञानिक, व्यावहारिक र स्वस्थकर संस्कारबारे यतिखेर प्रकृति स्वयंले सिकाउँदैछ। तथापि पूर्वीय जीवनशैली र संस्कारभित्रका जातिगत विभेद, केही खराब रीति र प्रथाहरू हटाइ यसलाई थप परिमार्जन गरी अद्यावधिक गर्दा पूर्वीय जीवनशैलीको विहङ्गम रहस्य, महŒव र गरिमालाई संसारभरि परिचित गराउन सकिन्छ।
–लेखक वीरगंज महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हुन्।