प्रस, पोखरिया, १७ वैशाख/
लकडाउनमा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ। नेपाली व्यापारीहरूले भारतबाट रात्रिकालीन अवस्थामा खाद्यान्नलगायतका सामग्रीहरूको तस्करी शुरू गरेका छन्।
खासगरी भारतीय सीमा क्ष्Fेत्रको सिक्टा, इनर्वा, भेलाहीबाट नेपालको भिस्वा, जानकीटोला, पाँडेपुर, धोरे, सबैठवाका व्यापारीहरूले खाद्यान्नलगायतका सामग्रीहरू मोटरसाइकल, साइकलबाट रात्रिकालीन अवस्थामा ढुवानी गरिरहेका छन्। दुवैतर्फका सुरक्ष्Fाकर्मीहरूलाई प्रभावमा पारेर लकडाउनमा पनि तस्करी मौलाएको हो। भारतीय व्यापारीहरूले नेपालको सीमा क्षेत्रसम्म सामान पु¥याउने र त्यहाँबाट नेपाली व्यापारीहरूले ल्याएर बिक्री गर्ने गरेका छन्।
पर्साको ग्रामीण क्षेत्रमा यसअघि पनि भारतबाट सामानहरू ल्याएर बिक्री गरिन्थ्यो। लकडाउनमा दुवैतर्फका प्रहरी पहिलो चरणमा कडाइका साथ प्रस्तुत भए तापनि पछिल्लो चरणमा उनीहरूले खुकुलो गरेका छन्। खुकुलो गर्नुको कारण आर्थिक प्रभाव पनि भएको एकथरीले आरोप लगाएको छ। राति १० देखि बिहान ४ बजेसम्म यो क्ष्Fेत्रमा निर्बाधरूपले तस्करी भइरहेको छ।
खाद्यान्न महँगो हुँदै
ग्रामीण क्षेत्रमा सञ्चित खाद्यान्न सकिएको र बाहिरबाट मगाएर ल्याउने खाद्यान्न महँगोमा खरीद गर्नुपर्ने हुनाले पर्साको ग्रामीण क्षेत्रमा अहिले खाद्यान्न सामग्री महँगोमा बिक्री भइरहेका छन्। एकजना थोक व्यापारीले वीरगंज, विन्दवासिनी, जीतपुर बजारबाट ल्याइने सामानहरू महँगो भएको कारण आफूले पनि महँगोमा बिक्री गर्नुपरेको बताए।