प्रस, वीरगंज, १७ चैत/
नेपालको पर्सा जिल्लासँग भारतको सीमा जोडिएका क्ष्Fेत्रमा लकडाउनको अवधिमा दुवैतर्पmका प्रहरी प्रशासन गैरजिम्मेवार देखिएका छन्।
नेपालमा चैत ११ गतेदेखि लकडाउन शुरू भएको अवस्थामा भारतमा रहेका नेपालीहरूलाई भारतीय प्रहरीले खुला सीमाबाट सहज प्रवेश गर्न छुट दिएको थियो। भारतका विभिन्न स्थानमा बसेका नेपालीहरू लकडाउनको अवस्थामा नेपाल पस्दा भारतीय प्रहरीले सीमा क्षेत्रमा रोकेनन्। भारतीय प्रहरी प्रशासनले नेपालीहरूलाई सहज प्रवेश गराएको कारण अहिले भारतमा पनि लकडाउनको अवस्था हुँदा नेपाली प्रहरी प्रशासनले नेपालबाट भारत जाने भारतीयहरूलाई नजरअन्दाज गर्दै आएका छन्।
आइतवार बागलुङ र काठमाडौंबाट चारवटा बसमा आएका १३० जना भारतीय नागरिक सोही दिनदेखि सीमा क्षेत्रमा अड्किएर बसेका छन्। उनीहरूलाई भारतीय प्रहरीले प्रवेश गर्न दिएको छैन। उनीहरूसँग भारतीय भएको यथेष्ट प्रमाण छ तर लकडाउन भएको कारण सीमाबाट उनीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ।
यसैगरी, नेपालका विभिन्न स्थानबाट पैदल वीरगंज आएका भारतीयहरू पनि अहिले सीमावर्ती क्षेत्र मितेरी पुलनिर अलपत्र छन्। सयौंको सङ्ख्यामा रहेका भारतीयहरू बिहानदेखि भारत प्रवेश गर्न खोज्दा सीमामा रहेका भारतीय सुरक्ष्Fाकर्मीले प्रवेशमा रोक लगाएका छन् ।
दिउँसो मितेरी पुलदेखि पूर्वपट्टिबाट नेपालमा अडकिएर बसेका भारतीयहरू प्रवेश गर्न खोज्दा भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। गोली चलेपछि सीमापारी जाने प्रयास भएन। तितरबितर भएका मानिसहरू अहिले नेपाली भूभागमा अलपत्र छन्। उनीहरूलाई नेपाली प्रहरी प्रशासनले भारत जानबाट रोक लगाउनुपर्नेमा सो नगर्दा सीमा क्ष्Fेत्रमा अलपत्र परेका हुन्। भारतीय प्रहरीले पनि नेपाल प्रवेश गर्नेहरूलाई छुट दिएको कारण नेपाल प्रहरीले पनि यसबारे चासो देखाएको छैन । सीमा क्षेत्रमा तनाव भएपनि नेपाली प्रहरी भने शङ्कराचार्य द्वारनिर बसेको थियो।
नरकटियागंजका तबरेज आलमले पथलैयासम्म बसमा आएको र त्यहाँबाट पैदल आएको बताए। यसैगरी, बगाहाका किशोर मुकेशले पनि पैदल सीमासम्म पुगेको बताए। उनीहरूलाई पानीसम्म खुवाउने व्यवस्था आज मनपसन्द वेभरेजले गरेको छ। तर खाने र बस्ने समस्यासँग भने उनीहरू आइतवारदेखि जुधिरहेका छन्।
यसैबीच, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयका प्रवक्ता वाणिज्यदूत सुरेश कुमारले नेपालमा अलपत्र परेर वीरगंजसम्म आइपुगेका भारतीयहरूको हकमा ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा बास र भोजनको व्यवस्था गरिएको बताए। उनले लकडाउन अवधिसम्म सबैजनाको व्यवस्था गरिएको बताए।
प्रवक्ता सुरेश कुमारले मितेरीपुलमा रहेका भारतीयहरू ठाराब क्याम्पसमा आएर बस्न नमानेको र भारत (घर) जाने जिद्दीमा अडेको कारण समस्या भएको बताएका छन्।