प्रस, परवानीपुर, १७ चैत/
मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाटै सबै प्रकारका इन्धन आयात भएर देशभरि आपूर्ति हुन्छ। तर चैत ११ गतेदेखिको निरन्तर लकडाउनमा देशका विभिन्न शहर जस्तै वीरगंजमा पनि एलपिजी ग्यासको चरम अभाव देखिएको छ। वीरगंजमा विशेषगरी मनोज र नारायणी ग्यासका उपभोक्ताहरू अत्यधिक रहेकाले यिनै ग्यासको अभावले छोएको उपभोक्ताहरूको भनाइ छ । पर्सा, बहुदरमाई–७ स्थायी घर भएका शिक्षक नरेश यादवले वीरगंजमा मनोज ग्यास नपाएर वीरगंजको डेरा छाडेर गाउँ फिर्ता भएको बताए। “श्रीपुरका धेरै पसलमा ग्यासको लागि धाएँ तर कसैले मनोज ग्यासको सिलिन्डर नभएको भन्दै फर्काए,” उनले भने, “शहरमा चुल्हो बाल्ने प्रमुख ऊर्जाको स्रोतमा ग्यास सिलिन्डर नै हो, सरकारले इन्डक्शन चुल्हो किन्न प्रोत्साहन गरिरहेको छ, आफूसँग त्यस्तो चुल्हो नभएकोले गाउँ फर्केको हुँ, यहाँ काठ पनि छ, चामलको लागि गाउँमा मिल चलिहाल्छ, तरकारी आफ्नै बारीमा हुन्छ।”
वीरगंजमा करीब दुई सय विभिन्न ग्यास कम्पनीका विक्रेता रहे तापनि मनोज र नारायणी ग्यासका सिलिन्डरको बढी माग भएको ग्यास विक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साहले बताए। उनले भारतबाट ग्यासका बुलेट कम आएपछि ग्यास उद्योगबाट कम सिलिन्डर आपूर्ति भइरहेकाले अभाव देखिएको बताए। अन्य कम्पनीका ग्यास सिलिन्डर पर्याप्त मात्रामा रहेको उनले दाबी गरे। एकजना उपभोक्ताले कम्तीमा तीनवटासम्म ग्यास सिलिन्डर थुपारेपछि बजारमा ग्यासको कृत्रिम अभाव देखिएको उनको दाबी थियो।
नेपाल एलपिजी ग्यास उद्योग सङ्घका उपाध्यक्ष एवं मनोज ग्यासका सञ्चालक मनोज दासले भारतबाट आउने ग्यासका बुलेट ६ दिनयता ५० प्रतिशतभन्दा बढीले घटेपछि उत्पादन पनि प्रभावित भएको बताए। “बरौनीबाट नेपालको लागि आउने ग्यासका बुलेट ठप्प छ। हल्दिया, मथुरा, प्रारादीपलगायतबाट ग्यासका बुलेटहरू मगाउनुपरेको छ,” उपाध्यक्ष दासले भने, “भारत रक्सौल भन्सारका अधिकारीहरू पनि भारतमा जारी लकडाउनको कारण आंशिकरूपमा काम गरिरहेका छन्, मेरो कम्पनीको लागि दुईवटा ग्यासका बुलेट आइरहेका छन्, एकजना व्यवसायीको तीनवटा ग्यासका बुलेट रक्सौलमैं होल्ड भएर बसेको छ ।”
नेपाल आयल निगम वीरगंजका प्रमुख रामकुमार न्यौपानेले आइतवार रक्सौल भन्सार बन्द थियो, त्यसमा पनि भारतमा लकडाउनले गर्दा आंशिक काम भइरहेकाले बुलेट आउनेक्रम निकै कम भएको जानकारी गराउँदै उनले गत मङ्गलवार ३०, बुधवार १२, बिहीवार १२, शुक्रवार ३०, शनिवार १८, आइतवार (हिजो) २३ र सोमवार (आज) ५० वटा बुलेट आएको बताए। जबकि वीरगंज नाकाबाट प्रतिदिन करीब ६० वटा बुलेट भित्रिन्छ। उनले भारतमा जारी लकडाउनले बुलेट चालक काममा नआएका र कोरोना भाइरसको सङ्क्रमणको त्रासले भारतीय बन्दरगाहमा एलपिजी ग्यासको कच्चा पदार्थ छुटाउन ढिलाइ भइरहेकोले पनि नेपाल आउने बुलेटको सङ्ख्यामा कमी आएको बताए।