प्रस, परवानीपुर, १६ चैत/
लकडाउनको छैटौं दिन सर्वसाधारणलाई आर्थिक जोहो गर्न पनि धौधौ पर्न थालेको छ।
घरमा राखिएको रकम रित्तिन थालेपछि सर्वसाधारण बैंकबाट रकम निकाल्न जाँदा रित्तो हात फर्किरहेका छन्।
सर्वसाधारणलाई कुन समयमा कुन–कुन बैंकको शाखाले सेवा दिइरहेको छ भन्ने जानकारी नभएर मर्कामा परेको वीरगंज–१२ मुर्लीका जहुर अन्सारी बताउँछन्। उनले आइतवार नेपाल बैंकको श्रीपुर शाखामा चेक साट्न जाँदा बैंक बन्द रहेकोले रित्तो हात फर्किनुपरेको बताए ।
नेपाल राष्ट्र बैंकले बिहान ११ देखि दिउँसो २ बजेसम्म सावधानीपूर्वक आकस्मिक सेवाको लागि आर्थिक कारोबार गर्न निर्देशन दिएको छ तर यो निर्देशनको पालना पनि बैंकहरूले आपूmअनुकूल गरिरहेका कारण सेवाग्राहीहरूलाई मर्का परेको हो।
नेपाल बैंक लिमिटेड प्रदेश नं २ की प्रबन्धक प्रतिमा डङ्गोलले अवस्था सामान्य नभएको कारण केही शाखा बन्द भएकोले सेवाग्राहीलाई समस्या भएको स्वीकारिन् । उनले आइतवारदेखि वीरगंजका चारवटा शाखा एक साताको लागि आलोपालो गरी सञ्चालन हुने जानकारी गराइन्। गत बिहीवार र शुक्रवार एटिएमको व्यवस्थापनमा शाखाहरू बन्द गरेको बताउँदै प्रमुख जिल्ला अधिकारीबाट पनि शाखा सञ्चालनको लागि निर्देशन आएको बताइन्।
उनले आइतवार सिटी अफिस, सोमवार र मङ्गलवार आदर्शनगर शाखा, बुधवार र बिहीवार माईस्थान तथा शुक्रवार श्रीपुर शाखा खुल्ने जानकारी गराइन्।
उनले प्रदेशका अन्य जिल्लामा पनि यस्तो समस्या भइरहेको र सोको निराकरणको लागि आवश्यक व्यवस्थापन गरिरहेको जानकारी गराइन् ।
राष्ट्रिय वाणिज्य बैंकले पनि प्रदेश नं २ का सबै शाखामा एकजना क्यासियर र एकजना लेखापाललाई खटाएर बैंक सञ्चालन गरिरहेको प्रदेश प्रबन्धक विश्वप्रकाश ज्ञवालीले बताए। उनले कम कर्मचारी उपस्थित हुने गरेकाले उनीहरूलाई मिलाएर सेवाप्रवाह भइरहेको बताए। वाणिज्य बैंकको प्रदेश २ मा ३१ वटा शाखा छन् भने पर्सामा मात्र ४ वटा शाखा छन्।
आदर्शनगर शाखाका सहायक प्रबन्धक प्रकाश दुलालले व्यावसायिक प्रयोजनबाहेक व्यक्तिगत आवश्यकतालाई पहिचान गरी वित्तीय कारोबार भइरहेको बताए।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगंजका क्षेत्रीय निर्देशक राजनविक्रम थापाले राष्ट्र बैंकले गरेको निर्देशन अनुसार नै बैंक तथा वित्तीय संस्था सञ्चालन भइरहेको बताए।
उनले आवश्यकतालाई पहिचान गरी आर्थिक कारोबारको लागि सम्भव भए विद्युतीय माध्यमबाट कारोबार गर्ने, एटिएम सेवा २४सं घण्टा सञ्चालन गर्ने र चेकलगायतका कारोबार बिहान ११ देखि दिउँसो २ बजेसम्म गर्न निर्देशन दिएको बताए।