आज विश्व नै कोरोनामय बनेको छ। यसको त्रासदीबाट भयातुर नहुने को होला ? आजको मितिसम्म यसले गर्दा विश्वका विभिन्न मुलुकमा झन्डै ३४ हजार मानिसको मृत्यु भइसकेको छ र यसको सङ्क्रमण २०१ मुलुकमा फैलिसकेको छ। नेपाल सरकारले यस सानो मुलुकमा पाँचजनामा कोभिड– १९ को सङ्क्रमण देखिएको बताएको छ। तर ती पाँचैजना, देशमा सङ्क्रमित भएका होइनन्, बाह्य मुलुकबाट सङ्क्रमित भएर आएका हुन्। यो अलग कुरा हो कि बाह्य मुलुकमा बस्ने केही नेपालीको मृत्यु भएको छ। कोरोना सङ्क्रमण फैलिन नदिन वा प्रवेश हुन नदिन सरकारले गरेको लकडाउनको निर्णयलाई जस दिनैपर्छ। पहिलोपटक एक हप्ताका लागि गरिएको लकडाउन पुनः ८ दिनका लागि बढाइएको छ। पहिलो हप्ताकै लकडाउन मानिसका लागि अत्यासलाग्दो बनेको छ। यद्यपि सङ्क्रमणको भयले मानिसले केही बोलेका छैनन्, तर थप ८ दिनबारे सरकारले पनि विचार पु¥याउनुपर्छ, खासगरी खाद्यान्नको मामिलामा। गरिखानेका लागि यो अवस्था कोरोनापछिको दोस्रो त्रासदी हो। हुनेखानेले पनि अब प्रतिकूलता बेहोर्नुपर्नेछ।
कोरोनाले एकातिर वर्तमान पुस्तालाई थरहरी बनाएको छ भने यसले सुखद परिणाम पनि दिएको छ। कोरोनाका कारण कम्तीमा पर्यावरण सम्पुष्ट हुने अवसर जुरेको छ। कोरोनाको भयले अहिले विश्वभरि नै हवाईजहाज नचल्दा वायुमण्डलको सन्तुलनमा अनुकूलता आएको छ। यसले अन्तरिक्ष्Fीय प्रदूषण भगाएको छ। सडकहरूमा सवारीसाधनहरू चल्दा वा अत्यल्प चल्दा वायु प्रदूषण घटेको छ। कलकारखानाहरू बन्द रहेकाले जल प्रदूषणमा कमी आएको छ। यद्यपि यी गतिविधिहरू नहुनु धेरै राम्रो होइन, बाध्यता नै भएपनि परिणाम सकारात्मक देखिएको छ। मानव मनलाई सन्तोष दिनका लागि भौतिक उन्नतिमा अवरोध भएको यो अवस्थालाई सुखद विकल्प मान्नैपर्छ। किनकि अहिले चिकित्सकहरूले भन्न थालेका छन्, कोभिड–१९ दुस्साध्य रोग भएकोले यसको सामना गर्न मनको बल आवश्यक छ। मनको बल अर्थात् कुनै सुखद कल्पना। तर कोरोनाले कल्पना होइन, सुखद परिणाम दिइरहेको छ। वातावरणीय शुद्धतामा यसले थोरै समयमा अपार योगदान दिएको छ। भोलि हामी जब घरबाहिर निस्कनेछौं, सास फेर्न कठिन हुनेछैन, केही दिनका लागि भएपनि शुद्ध वायु आपान गर्ने अवसर जुर्नेछ। कोरोनाले मद्यपान घटाएको छ। सुर्ती, चुरोट, गुटखाजस्ता निषेधित पदार्थको उपभोगमा कमी ल्याएको छ।
एकताका शोकलाई शक्तिमा बदलौं भन्ने वाक्य निकै प्रसारित हुन्थ्यो। मानिसले नकारात्मक कुरा मात्र किन सोच्ने ? नकारात्मकतामा पनि सकारात्मकता भेट्न सकिन्छ । एकजना मित्र भन्दथे– मैले एकजनालाई खाना खाने निम्ता दिएँ, परिस्थितिवश उनले स्वीकार गर्न सकेनन्। एकछिन दुःख त लाग्यो, तर त्यसैमा मैले सकारात्मकता खोजें। मेरो खाद्यान्नको बचत भयो, घरका मानिसले थप मेहनत गर्नुपरेन । फरक सोचको मात्र हो। हातको निरन्तर सरसफाइ र आत्मबलले मात्र अहिले कोरोनाको त्रासबाट मुक्ति पाइने विकल्प रहेको अवस्थामा यस्ता सकारात्मक कुराहरू सोच्ने गरियो भने आत्मबल स्वतः बढ्छ। हामीलाई अनुभूत नभएको किन हो भने हामीले वातावरणीय प्रदूषणलाई त्यति गम्भीररूपमा लिएका छैनौं, तर भावी इतिहासमा वातावरणीय अनुकूलताका लागि पक्कै कोरोनालाई साधुवाद दिइनेछ।