$type=ticker$count=12$cols=4$cate=0

तरकारी व्यवस्थित तरीकाबाट बिक्री गरिंदै

SHARE:

प्रस, वीरगंज, १७ चैत/
    वीरगंज महानगरपालिकामा तरकारी बिक्री अव्यवस्थित भएपछि सोलाई व्यवस्थित गरिएको छ।
    तरकारी बजारमा मानिसहरूको भीड बढेपछि अहिले दूरी कायम गरेर तरकारी बिक्री भइरहेको छ। यसैक्रममा वीरगंजको बिर्ता बजारबाट तरकारी बजार हटाएर त्रिजुद्ध स्कूलमा सोमवारदेखि तरकारी बिक्री शुरू गरिएको छ। वडाध्यक्ष जगत साह कानू आपैंm खटेर दूरी कायम गर्नुका साथै परल मूल्यमा तरकारी बिक्रीमा सहयोग गरिरहेका थिए। बिहानदेखि उनी तरकारीको व्यवस्थापनमा सक्रिय थिए । सशस्त्र र जनपद प्रहरीका टोलीले दूरी कायम गराएर उपभोक्तालाई विद्यालयभित्र प्रवेश गराइ तरकारी खरीद गर्न लगाएको कारण आज व्यवस्थितरूपमा सो ठाउँमा तरकारी बिक्री भएको थियो। बिहान ५ देखि ९ बजेसम्म तरकारी बिक्रीको लागि समयावधि तोकिएको छ।
    यसैगरी, वीरगंजका अन्य ठाउँमा पनि व्यवस्थितरूपमा तरकारी बिक्री गरिएको थियो। आइतवारसम्म अव्यवस्थित तरीकाले नगवा, बिर्ता, माईस्थान, मुर्ली, छपकैयालगायतका क्षेत्रमा तरकारी बिक्री भइरहेको थियो । स्थानीय प्रशासनले खाद्यान्नको समस्या नहोस् भनेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रत्येक वडामा पाँचवटा पसल सञ्चालनमा ल्याएको छ। सो पसलहरूमा पनि दूरी कायम गरेर सामान बिक्री भइरहेका छन्।
    यसैगरी, लकडाउनको आज सातौं दिन वीरगंज मेनरोडको सुरक्ष्Fामा कडाइ गरिएको थियो। सशस्त्र प्रहरीसमेतको निगरानीमा मेनरोडमा साइकल, मोटरसाइकलहरूको अनधिकृत सञ्चालनमा रोक लगाइएको थियो। मानिसहरूलाई पनि फूटपाथमा दूरी कायम गरेर हिंड्न लगाइएको र बालबालिका, वृद्धलाई बाहिर निस्कन दिइएको थिएन। लकडाउनको अवधिमा अत्यावश्यक वस्तुको किनमेलका लागि मात्र मानिस घरबाहिर निस्किरहेका छन् । केही टोलबाहेक सबैतिर घरपरिवारबाटै कसैलाई पनि बाहिर निस्किन दिइएको छैन। अन्य बेलाको बन्दमा परिवारका सदस्यहरूले बाहिर निस्किंदा रोकटोक नगरे पनि कोरोना भाइरसको सङ्क्रमण हुने भयले परिवारका सदस्यलाई खाद्यान्न, दूध, औषधि, तरकारी किनमेलका लागि मात्र बाहिर निस्किन दिएका छन्।
    परिवारका सदस्यहरूले प्रत्येक दिन तरकारी, खाद्यान्न खरीद गर्नुभन्दा पनि सञ्चय गर्न पनि सुझाएका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारलाई भने यो अवधिमा लकडाउन बढ्दै गएपछि समस्या भएको छ।
तरकारी बजार व्यवस्थित गर्न हम्मेहम्मे
प्रस, परवानीपुर/
    वीरगंजमा तरकारी बजारलाई प्रशासन तथा अगुवाहरूले जति प्रयास गरे तापनि व्यवस्थित हुन सकिरहेको छैन । सोको कारणको रूपमा अत्यधिक उपभोक्ता, सामानको न्यून आपूर्ति तथा  बजार खुल्ने न्यून समयावधि रहेका छन् । लकडाउनले जनजीवनका विविध पक्षमा प्रभाव पारिरहेको अवस्थामा नभई नहुने वस्तुमा खाद्यान्न तथा तरकारी हुन् । त्यसैको जोहोमा सर्वसाधारण सधैं घरबाट निस्केर लकडाउनको अवज्ञा पनि गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय रवीरगंज महानगरपालिकाका पदाधिकारी तथा तरकारी व्यवसायीहरूले बिहान ५ देखि ९ बजेसम्म तरकारी बजार र बिहान ११ देखि दिउँसो ३ बजेसम्म खाद्यान्न पसल खोल्ने समयसीमा पनि तोकेका छन् । तर खाद्यान्न पसल व्यवस्थितरूपमा सञ्चालनमा आए तापनि तरकारी बजारको लागि तयार पारिएको मापदण्ड मिल्न नसकेपछि स्थानीय अधिकारीहरूका लागि नै तरकारी बजार व्यवस्थित गर्न चुनौती बनेको छ।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले भने, “तरकारी बजारमा ३ फिटको दूरीमा सामान किन्न भनिएको छ, तर जहाँ पनि तरकारी किन्न उपभोक्ताहरूले भीडभाड गरिरहेका छन्, यसै कारणले वीरगंजको मीनाबजार सोमवारदेखि बन्द गर्ने निर्देशन दिएका छौं।” उनले जनताले जबसम्म कोरोना भाइरसको सङ्क्रमण हुने माध्यम र यसका असर तथा प्रभावबारे बुभ्mदैनन्, तबसम्म सम्झाउन धेरै गा¥हो रहेको बताए।
    लकडाउन अवधि बढ्दै जाँदा तरकारीको मूल्य पनि अकासिंदै गइरहेको उपभोक्ताहरू बताउँछन्। वीरगंजका उपभोक्ता अमर गौतमले दिन प्रतिदिन तरकारीको मूल्यमा वृद्धि हँुदै जाँदा चिन्ता पनि बढ्दै गएको बताए। उनले पहिले दुई छाकको तरकारी रु सयमैं आउँथ्यो भने अहिले सोही तरकारीको लागि रु ५ सय तिर्नुपरेको बताए। वीरगंजमा अहिले प्रतिकिलो आलु रु ८०, प्याज रु सय, काउली रु ६०, परवल, करैला र भिन्डी रु १२०, गोलभेंडा रु १२०, खुर्सानी रु ३५० र लौका रु २ सय प्रतिगोटा र गेनरी, पालकको साग मुठाको रु ३० मा पाइरहे पनि अहिले पाउन छाडेको बताए ।
    तरकारी तथा फलफूल व्यवसायी सङ्घ पर्साका अध्यक्ष विदुर गुप्ताले थोक मूल्यमा धेरै वृद्धि नगरिए पनि खुद्रा तरकारी पसलेले उच्च मूल्य बढाएर बेचिरहेको चर्चा गरे। उनले लकडाउनले गर्दा भारत तथा तराईकै जिल्लाको ग्रामीण भेगबाट आउने तरकारीको आपूर्ति प्रभावित भएपछि महँगी बढेको र बजारमा हरियो तरकारीको चरम अभाव सृजना भएको बताए।
    उता, वीरगंज भन्सार नाकाबाट पहिलेको तुलनामा भारतीय तरकारी धेरै कम आयात भइरहेको तरकारी व्यवसायीहरू बताउँछन्। व्यवसायीहरूले भारतमा जारी लकडाउन र कोरोना सङ्क्रमणको त्रासले  भारतीय सवारीचालकहरू नेपाल आउन नमानेकाले तरकारीको आयात कम भएको बताए। जसोतसो पिकअप भ्यानबाट हरियो तरकारी र फलफूल ल्याइरहेका छौं, एक व्यवसायीले भने।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तरकारी व्यवस्थित तरीकाबाट बिक्री गरिंदै
तरकारी व्यवस्थित तरीकाबाट बिक्री गरिंदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjtK035F5ynoj2it3kC4TCl-rA9y-LFRHlPoVAPTq6AtydUSnGSHlbeS8yCzhlJkF02g3lsZF_hLJYrXTJSFjQZR1FSGKFCPhT0phj2vSuL1hrwfguTyuWz3a6iTPtbAhNI7bV33kJxAy4Y/s640/last+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjtK035F5ynoj2it3kC4TCl-rA9y-LFRHlPoVAPTq6AtydUSnGSHlbeS8yCzhlJkF02g3lsZF_hLJYrXTJSFjQZR1FSGKFCPhT0phj2vSuL1hrwfguTyuWz3a6iTPtbAhNI7bV33kJxAy4Y/s72-c/last+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_812.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_812.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy