युरोप कोरोना भाइरस महामारीको केन्द्र बनेको छ। धेरैजसो देशमा सरकारले मानिसलाई घरमैं बस्न र भाइरस रोकथामको लागि हिंड्डुलमा प्रतिबन्ध लगाएको छ। तर युरोपको एउटा देश छ, जहाँको सरकारले यस भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न आम जनजीवनमाथि बन्देज लगाएको छैन ।
कोरोना महामारीसँग लड्न बेलारूसले छिमेकी युरोपेली देश युक्रेन र रूससरह ठूलो कदम उठाएको छैन । युक्रेनले चाँडै कोरोनालाई रोक्न आपत्कालको घोषणा गर्न सक्छ। रूसले सबै विद्यालय बन्द गरेको छ, सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ र सबै उडान रद्द गरेको छ। तर बेलारूसको कामकाज अन्य दिनसरह चलिरहेको छ। देशको सीमा पहिलेसरह खुला छ, मानिस काममा गइरहेका छन् र आवश्यक सामान किन्न पसलतर्पm दौडिरहेका छैनन्।
बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भनेका छन्, हाल देशमा कोरोनालाई फैलिनबाट रोक्न महŒवपूर्ण कदम उठाउन आवश्यक छैन। घटना भइरहन्छ तर त्रास फैलाउनुहुँदैन। बेलारूसमा सिनेमाघर र थिएटर बन्द गरिएका छैनन्, यहाँ सार्वजनिक कार्यक्रमाथि पनि कुनै प्रतिबन्ध लगाइएको छ। बेलारूस संसारका ती देशमध्ये एक हो, जसले यहाँ हुने फूटबल प्रतियोगिता पनि रद्द गरेको छैन। यहाँ फूटबल प्रतियोगिता सामान्य दिनसरह भइरहेका छन् र छिमेकी रूसका फूटबलप्रेमीको लागि टेलिभिजनमा सीधा प्रसारण पनि गरिंदैछ ।
राष्ट्रपति लुकाशेन्कोले हालै भनेका थिए, “कोरोना भाइरसलाई एउटा ट्याक्टरले रोक्छ।” उनको यो बयान बेलारूसको सामाजिक सञ्जालमा चर्चित भयो र धेरैले यसको मजाक पनि उडाए। राष्ट्रपतिको बयानको अर्थ थियो– खेतमा मेहनत गर्नुपर्छ। उनले यो पनि भनेका थिए, म रक्सी पिउँदिनँ तर कोरोनालाई रोक्नको लागि पिउनुपर्छ भने एक घुटको भोडका पिउन सक्छु। स्मरण रहोस्, विश्वप्रसिद्ध ‘बेलारस’ ट्याक्टरको उत्पादन बेलारूसमैं हुन्छ।
तर बेलारूसका सर्वसाधारण पूरै दुनियाँमा फैलिरहेको कोरोनाको कहरको समाचारदेखि ज्ञात छन् र यस भाइरसको बढ्दो कदमप्रति चिन्तित पनि छन्। मिंस्कमा कैयौं युवा र विद्यार्थी रोगको बहाना बनाएर विद्यालय गइरहेका छैनन् । विद्यार्थीको समस्या कम गर्न कलेज र विश्वविद्यालयले कक्ष्Fा शुरू हुने समय केही घण्टा पछाडि गरिदिएका थिए ताकि विद्यार्थी सार्वजनिक परिवहनमा हुने भीडबाट बच्न सकोस्। मिंस्कको सडकमा मानिस कमै देखिन्छन् र उनीहरूको भनाइ छ, वृद्धवृद्धाहरूलाई यस भाइरसबाट बढी खतरा छ। कोरोनालाई लिएर सरकारले कुनै जागरूकता अभियान चलाइरहेको छैन।
राष्ट्रपति लुकाशेन्कोले भने, “यस कारण चिन्ता गर्ने कुनै कुरा छैन, किनभने विदेशबाट बेलारूस आउने सबै व्यक्तिको कोरोना भाइरसको टेस्ट गराइँदैछ। एक दिनमा दुई वा तीन व्यक्तिको टेस्टको नतीजा पोजिटिभ आइरहेको छ। यस्तो मामिलामा उनीहरूलाई क्वारेन्टाइनमा पठाइँदै छ र डेढ वा दुई सातापछि छाडिनेछ।”
लुकाशेन्कोले भने, चिन्ता गर्नु र मानसिक तनाव लिनु निकै खतरनाक हो, शायद यो भाइरसभन्दा बढी घातक हुन्छ। उनले देशका खुफिया एजेन्सी बेलारूसी केजिबीलाई सर्वसाधारणबीच अफवाह र त्रास फैलाउनेलाई समात्ने आदेश दिएका छन्। अहिलेसम्म बेलारूसमा कोरोना भाइरसका कुल ८६ मामिला प्रकाशमा आएका छन् र दुईजनाको मृत्यु भएको छ। बेलारूसले आधिकारिकरूपमा यस कुराको पुष्टि गरेको छैन तर भनिंदैछ मृत्युको कारण कोरोना भाइरस नै हो।
बेलारूस कैयौं अर्थमा युरोपका अन्य देशभन्दा भिन्न छ। यो युरोपको अन्तिम यस्तो देश हो, जहाँ अहिले पनि मृत्युदण्डको प्रावधान छ। एक्टिभिस्ट एन्डे« किम सरकारको कडा आलोचक भएपनि उनले फेसबूकमा लेखेका छन्– “लुकाशेन्को एकदमै सही छन्, किनभने यदि उनले पूरै देशका जनतालाई बाहिर निस्किन प्रतिबन्ध लगाउँछन भने बेलारूसको अर्थव्यवस्था जर्जर हुनेछ। बेलारूस संसारको एकमात्र यस्तो देश हो, जहाँ सरकारले आफ्नो जनताको भलो सोचेर काम गर्छ, न कि जनकल्याणकारी योजनामाथि निर्भर हुन्छ । म मान्छु कि यो भनेपछि मैले कडा आलोचना सहनुपर्छ तर जब हरेकतर्पm पागलपन हावी छ भने तपाईं चुप लागेर बस्न सक्नुहुन्न।”
उनले भने, “पागलपनको अर्थ कोरोना भाइरसलाई लिएर दुनियाँमा जुन प्रकारले पाइला चालिंदै छ, त्यससँग सम्बन्धित छ। हामी केही नगरेर बेलारूसलाई त्रासबाट टाढा राख्दैछौं।”