उमाशङ्कर द्विवेदी
त्यस भयङ्कर युद्धमा द्रोणाचार्यले हेर्दाहेर्दै व्यूह भेदन गरेर अभिमन्यु त्यसको भित्र छिरिहाले । त्यहाँ छिरेपछि उनीमाथि धेरै योद्धा जाइलागे तर वीर अभिमन्यु अस्त्र सञ्चालनमा फुर्तिलो थिए । जो जो वीर उनको सामु आए, ती सबैमाथि उनले मर्मभेदी बाण हान्न थाले । उनको तीखा बाणको मारबाट घाइते भएर धेरै जसो योद्धा धराशयी भइहाले । मरेका वीरहरूको लाश र त्यसको टुक्राबाट त्यहाँको भूमि ढाकिएको थियो । धनुष, बाण, तरबार, ढाल, अङ्कुश, तोमर आदि धेरैजसो शस्त्र र आभूषणबाट युक्त हजारौं वीरहरूको भुजाहरूलाई अभिमन्युले काटिदिए तथा रथहरूलाई भाँचिदिए । उनी एक्लैले भगवान् विष्णुको समान अचिन्तनीय पराक्रम प्रदर्शन गरे। त्यतिबेला तपाईंका पुत्र र तपाईंका पक्षका योद्धाहरू दशौं दिशातिर हेर्दै भाग्न थाले । उनीहरूको मुख सुकिसकेको थियो, शरीरबाट पसिना चुहिरहेको थियो, रौंहरू ठाडठाडा भएका थिए, नेत्र चञ्चल भइसकेका थिए। उनीहरूले शत्रुलाई जित्ने साहस गुमाइसकेका थिए । मरेका पिता, पुत्र, भाइ, बन्धु तथा सम्बन्धीहरूलाई छाडेर आप्mनो प्राणको रक्षा गर्नको लागि घोडा र हात्तीहरूलाई उत्ताउलो पारामा हाँकेर सबैजना भागिहाले । अमित तेजस्वी अभिमन्युद्वारा आप्mनो सेनालाई यस प्रकार विवश भएको हेरेर दुर्योधन अत्यन्त क्रोधित भई उनको सामु आए । द्रोणाचार्यको आज्ञाले त्यहाँ अरू पनि धेरै योद्धा त्यहाँ आइपुगेर चारैतिरबाट दुर्योधनको रक्षा गर्न थाले । यसैबेला द्रोण, अश्वत्थामा, कृपाचार्य, कर्ण, कृतवर्मा, शकुनि, बृहद्वल, शल्य, भूरिश्रवा, शल, पौरव र बृषसेनले सुभद्राकुमारमाथि तीखा बाण वर्षा गरेर ढाकिदिए । यस प्रकार अभिमन्युलाई मोहित पारेर उनीहरूले दुर्योधनलाई बचाउनमा सफल भए ।
मुखबाट ग्रास खोसिएभैंm दुर्योधन बाँचेपछि अभिमन्युलाई सहन हुन सकेन । उनले बडो भीषण बाण वर्षा गरेर घोडा र सारथिसहित ती सबै महारथीलाई धपाए तथा सिंहको समान गर्जना गर्न थाले । द्रोण आदि योद्धाहरूले उनको सिंह गर्जनालाई सहन गर्न सकेनन् । उनीहरूले रथहरूबाट अभिमन्युलाई घेरामा हालेर बाण समूहको वर्षा गर्न थाले तर अभिमन्युले ती सबै बाणसमूहलाई आकाशमैं काटेर खसाल्दथे र छिट्टै तीखो बाण हानेर तिनीहरूलाई व्यथित पारिदिन्थे । उनको यो पराक्रम अद्भुत थियो । त्यतिबेला अभिमन्यु र कौरव योद्धा एकअर्कामाथि लगातार प्रहार गरिरहेका थिए । कोही पनि युद्धबाट विमुख हुन चाहिरहेका थिएनन् । त्यस घोर संग्राममा दस्सहले नौवटा बाण हानेर अभिमन्युलाई बिधिदिए, अनि दुश्शासनले बा¥हवटा, कृपाचार्यले तीनवटा, द्रोणले सत्रवटा, विविंशतिले सत्तरीवटा, कृतवर्माले सातवटा, बृहद्वलले आठवटा, अश्वत्थामाले सातवटा, भूरिश्रवाले तीनवटा, शल्यले छवटा, शकुनिले दुइटा र राजा दुर्योधनले तीनवटा बाण हाने ।
महाराज, त्यतिबेला प्रतापी अभिमन्यु मानौं नाच्दै थियो, यस प्रकार चारैतिर घुम्दै सबै महारथीलाई तीन/तीन वटा बाण हानेर व्यथित पारिरहेका थिए । अनि तपाईंका पुत्रहरूले एक साथ मिलेर उनलाई भय देखाउन थालेपछि अभिमन्यु क्रोधले मुर्मुरिएर आप्mनो महान् शस्त्रबलको प्रदर्शन गर्न थाले । यत्तिकैमा अश्मकनरेशका पुत्र बडो तीव्रताले त्यहाँ आएर अभिमन्युलाई रोकेर उनलाई दशवटा बाण हाने । अनि अभिमन्युले मुस्कान छर्दै उनलाई दशवटा बाण हानेर उनको घोडा, सारथि, ध्वजा, धनुष, भुजाहरू तथा टाउको छिनाएर खसालिदिए ।
अभिमन्युको हातबाट अश्मकराजकुमार मारिएको हेरेर सम्पूर्ण सेना विचलित भएर भाग्न थाले । अनि कर्ण, कृपाचार्य, अश्वत्थामा, शकुनि, शल, शल्य, भूरिश्रवा, क्राथ, सोमदत्त, विविंशति, वृषसेन, सुषेण, कुण्डभेदि, प्रतर्दन, वृन्दारक, ललित्थ, प्रबाहु, दीर्घलोचन र दुर्योधन–यी सबैले क्रोधित भएर अभिमन्युमाथि बाणवर्षा गर्न थाले । यी बडे बडे धनुर्धरहरूको बाणबाट घाइते भएपछि अभिमन्युले कवच र शरीरसम्मलाई छेडिहाल्ने खालको एउटा तीखो बाण कर्णमाथि हाने । त्यो बाण कवचको भेदन गरेर बडो वेगले कर्णको शरीरलाई छेडेर पृथ्वीमा पस्यो । त्यस दुस्सह प्रहारबाट कर्णलाई बडो व्यथा भयो र उनी व्याकुल भई रणभूमिमा काम्न थाले । यसै प्रकार क्रोधले भरिएर अभिमन्युले तीनवटा बाणबाट सुषेण, दीर्घलोचन र कुण्डभेदीलाई मारे ।
अनि कर्णले पच्चीसवटा, अश्वत्थामाले बीसवटा र कृतवर्माले सातवटा बाण हानेर अभिमन्युलाई घाइते तुल्याइदिए । उनको सम्पूर्ण शरीर बाणविद्ध थियो तैपनि उनी पाशधारी यमराजको समान रणभूमिमा विचरण गरिरहेका थिए । शल्यलाई आपूmनजीक नै उभिरहेको हेरेर अभिमन्युले बाणवर्षा गरेर उनलाई ढाकिदिए र तपाईंको सेनालाई भयभीत पार्नको लागि भीषण गर्जना गर्न थाले । उनको मर्मभेदी बाणबाट घाइते भएका राजा शल्य रथको पछिल्लो भागमा गइबसे र बेहोश भइहाले । शल्यको यो अवस्था हेरेर सम्पूर्ण सेना आचार्य द्रोणले हेर्दाहेर्दै भाग्यो । त्यतिबेला देउता, पित्र, चारण, सिद्ध, यक्ष तथा मानिसहरूले अभिमन्युको यशोगान गर्दै उनको प्रशंसा गर्न थाले ।
शल्यका एक सानो भाइ थिए । अभिमन्युले दाइ मद्रराज शल्यलाई रणभूमिमा मूच्र्छित पारेको सुनेर उनी क्रोधले मुर्मुरिएर बाणवर्षा गर्दै उनको सामु आए । आउनेबित्तिकै उनले दशवटा बाण हानेर अभिमन्युलाई घोडा र सारथिसहित घाइते पारिदिए, अनि बडो जोडले गर्जना गर्न थाले । अनि अर्जुनकुमार अभिमन्युले बाणबाट उनको घोडा, छत्र, ध्वजा, सारथि, रथको पाङ्ग्रा, धुरी, धनुष, प्रत्यञ्चा, पताका, पाङ्ग्राको रक्षक एवं रथको सबै सामग्रीलाई खण्डखण्ड पारेर उनको हात, खुट्टा, घाँटी र टाउको पनि काटी खसाले । अनि त उनको अनुचरहरू अत्यन्त भयभीत भएर सबै दिशातिर भाग्न थाले । क्रमशः...