प्रस, वीरगंज, १७ चैत/
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तीन जिल्लाका सुरक्ष्Fा अधिकारी र जनप्रतिनिधिबीच आइतवार छलफल भएको छ।
परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर वाहिनीले आयोजना गरेको छलफल कार्यक्रममा बारा, पर्सा र रौतहटका सेनाका पदाधिकारी, सुरक्ष्Fा प्रमुख, जनप्रतिनिधि, सरकारी अस्पतालका पदाधिकारीहरू सहभागी थिए। बैठकमा कोरोना भाइरस सङ्क्रमणको चुनौतीबारे छलफल भएको थियो।
नेपाली सेनाका वाहिनीपति अनुपजङ्ग थापाले सङ्क्रमण नियन्त्रण गर्न भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा जोड दिएका थिए।
वीरगंजका प्रमुख विजयकुमार सरावगीले सीमावर्ती तीन जिल्लामा विदेशबाट आएकाहरूको सूची सङ्कलन गर्नुपर्ने बताउँदै उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा क्वारेन्टाइन गर्नुपर्ने बताए। उनले आवश्यकता अनुसार सेनालाई ‘ब्याकअप’को रूपमा परिचालन गर्न जनपद तथा सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिहरूसँग छलफल भएको बताए । उनले स्वास्थ्यकर्मीहरूको जीवनबीमा र आवश्यक उपकरणको प्रबन्ध स्थानीय निकायले गर्न तयार रहेको बताए।