उमाशङ्कर द्विवेदी
द्रोणाचार्यद्वारा सुरक्षित त्यस दुर्धर्ष व्यूहमाथि भीमसेनलाइ अगि सारेर पाण्डवहरूले आक्रमण गरे । सात्यकि, चेकितान, धृष्टद्युम्न, कुन्तिभोज, दु्रपद, अभिमन्यु, क्षत्रवर्मा, बृहत्क्षत्र, चेदिराज, धृष्टकेतु, नकुल, सहदेव, घटोत्कच, युधामन्यु, शिखण्डी, उत्तमौजा, विराट, द्रौपदीका पुत्रहरू, शिशुपालका पुत्र, केकय राजकुमार र हजारौ सृञ्जयवंशी क्षत्रियहरू तथा अन्य पनि धेरै रणोन्मत्त योद्धाहरू युद्ध गर्नाको इच्छाले अनायास द्रोणाचार्यमाथि जाइलागे । उनीहरूलाई आपूm नजीक आइपुगेको देखेर पनि आचार्य अलिकति पनि आत्तिएनन्, उनले वाणवर्षा गरेर ती जम्मै वीरहरूलाई अघि बढ्नबाट रोकिदिए । त्यति बेला हामीहरूले द्रोणाचार्यको भुजाको अद्भूत पराक्रम हे¥यौं । पाञ्चाल र सृञ्जय क्षत्रियहरू एक साथ मिलेर पनि उनको सामना गर्न सकेनन् । द्रोणाचार्य क्रोधले रन्थनिएर अघि बढ्दै गरेको देखेर युधिष्ठिरले उनलाई रोक्ने विचार गरे । द्रोणाचार्यको सामना गर्न अरूहरूलाई अत्यन्त कठिन ठानेर उनले यस गुरुतर कामको भार अभिमन्युमाथि थापे । अभिमन्यु आप्mना मामा श्रीकृष्ण र पिता अर्जुनभन्दा कम्ति पराक्रमी थिएनन्, उनी अत्यन्त तेजस्वी तथा शत्रु पक्षका वीरहरूको संहार गर्ने योद्धा थिए । युधिष्ठिरले भने–बाबु अभिमन्यु, चक्रव्यूह भेदन गर्ने ज्ञान हामीहरूलाई ठ््याम्मै छैन । यसलाई त तिमी, अर्जुन, श्रीकृष्ण अथवा प्रद्युम्नमात्रले भेदन गर्न सक्छन् । पाँचौं कोही छैन जसले यो काम गर्न सक्छ । अतः अस्त्र धारण गरेर तिमी शीघ्र यस व्यूहको भेदन गर नत्र युद्धबाट फर्केपछि अर्जुनले हामीहरूलाई उपलाम्भ दिनेछन् ।
अभिमन्युले भने–आचार्य द्रोणको यो व्यूह र सेना यद्यपि अत्यन्त सुदृढ र भयङ्कर छ, तथापि म आप्mनो पितृवर्गको विजयको लागि यस व्यूहमा अहिले नै प्रवेश गर्छु । पिताजीले यस व्यूहको भेदन गर्ने उपाय त सिकाइदिनुभएको छ तर यसबाट बाहिर निस्कने उपाय भने मलाई थाहा छैन । यदि म त्यहाँ कुनै विपत्तिमा परें भने निस्कन सक्दिनँ ।
युधिष्ठिरले भने–वीरवर, तिमी यस सेनाको भेदन गरेर हाम्रो प्रवेशका लागि मार्ग त बनाऊ । अनि तिमी जुन मार्गबाट जानेछौ, हामी पनि तिम्रो पछि लागेर आउने छौं र चारैतिरबाट तिम्रो रक्षा गर्नेछौं ।
भीमसेनले भने–म, धृष्टद्युम्न, सात्यकि तथा पाञ्चाल, मत्स्य, प्रभद्रक र केकय देशका योद्धा–यी सबै तिम्रो साथमा हिंडनेछौं । तिमीले व्यूह भङ्ग गरिदिएपछि, त्यहाँ रहेका ठूल्ठूला वीरहरूलाई मारेर व्यूह ध्वस्त पारिदिनेछौं ।
अभिमन्युले भने–हुन्छ, अब म द्रोणको यस दुर्धर्ष सेनामा प्रवेश गर्दैछु । आज त्यो पराक्रम प्रदर्शन गर्नेछु, जसबाट मेरो मामा र पिता दुवैको कुलको हित हुनेछ । त्यसबाट मामा र पिता दुवैजना प्रसन्न हुनेछन् । यद्यपि म बालक नै छु, तैपनि आज सम्पूर्ण प्राणीहरूले हेर्नेछन् कि एक्लै म कसरी शत्रु सेनालाई कालको ग्रास बनाउनेछु । यदि म बाचुन्जेल युद्धमा मेरो सामु परेर कोही जीवित बच्यो भने म अर्जुनको पुत्र होइन र माता सुभद्राको कोखबाट मेरो जन्म भएको होइन ।
युधिष्ठिरले भने–सुभद्रानन्दन, तिमीले द्रोणाचार्यको दुर्धर्ष सेनाको भेदन गर्ने कुरा गरिरहेका छौ, त्यसैले यस्तो वीरतापूर्ण सोचले तिम्रो बल सदैव बढाइरहोस् ।
सञ्जय भन्दछन्– धर्मराज युधिष्ठिरको कुरा सुनेर अभिमन्युले सारथिलाई द्रोणाचार्यको सेनाको बीचमा रथ लिएर जान अ¥हाए । बारम्बार रथ त्यहा लग्ने आज्ञा पाएपछि सारथिले उनीसित भने–आयुष्मान्, पाण्डवहरूले तपाईंको काँधमाथि यो ठूलो भार दिएका छन्, तपाईं अलिक विचार गर्नुहोस, अनि युद्ध गर्नुहोला । आचार्य द्रोण बडो विद्वान् छन्, उनले उत्तम अस्त्रविद्याको बडो परिश्रम साथ अभ्यास गरेका छन् । यता तपाईं बडो सुख–सयल र आराममा हुर्किनु भएको छ तथा युद्धविद्यामा उनको समान निपूण पनि हुनुहुन्न ।
सारथिको कुरा सुनेर अभिमन्युले हांस्दै भने–सुत, यी द्रोण र क्षत्रियहरू के हुन् ? यदि साक्षात इन्द्र सम्पूर्ण देउताहरूको साथ आई डटे अथवा भूतगणहरूलाई साथमा लिएर आइलाग्छन् भने पनि म सामना गर्न सक्दछु । यी क्षत्रिय समूहलाई देखेर आज मलाई आश्चर्य लागिरहेको छैन । यो सम्पूर्ण सेना मेरो सो¥हौ कलाको बराबर पनि छैन । अरू त के, विश्वविजयी मामा श्रीकृष्ण र मेरा पिता अर्जुनलाई पनि आप्mनो विपक्षमा पाएर मलाई कुनै भय लाग्नेछैन । यस प्रकार सारथिको कुराको अवहेलना गरेर अभिमन्युले उसलाइ शीघ रथलाई द्रोणको सेनाको बीचमा लग्न आज्ञा दिए । यो सुनेर सारथि प्रसन्न त भएनन्, तर घोडालाई द्रोणाचार्यतिर बढाए । पाण्डवहरू पनि अभिमन्युको पछिपछि लागे । उनलाई आपूmतिर आइरहेको देखेर कौरव पक्षका सबै योद्धाहरूले द्रोणाचार्यलाइ अघि पारेर उनको सामना गर्न आई डटे ।
अर्जुनका पुत्र अभिमन्यु अर्जुनभन्दा पनि बढी पराक्रमी थिए । उनी युद्धको इच्छाले द्रोणको सामु यस प्रकार गई डटे जसरी हात्तीको अगाडि सिंह उभिएको होस् । अभिमन्युको रथ व्यूहतिर दश बीस पाइलामात्र के अघि बढेको थियो, कौरव सेनाले उनीमाथि प्रहार गर्न थाल्यो । अनि त एक अर्काको संहार गर्ने उभयपक्षका योद्धाहरूमा घोर सङ्ग्राम हुन थाल्यो । त्यस भयङ्कर युद्धमा द्रोणाचार्यले हेर्दाहेर्दै व्यूह भेदन गरेर अभिमन्यु भित्र छिरे । व्यूहमा प्रवेश गरेपछि उनीमाथि धेरै योद्धाहरू जाइ लागे तर वीर अभिमन्यु अस्त्र सञ्चालन गर्नमा फुर्तिलो थिए । जो–जो वीर उनको सामु आए, ती सबैमाथि उनले मर्मभेदी वाण हान्न थाले । क्रमशः...।