प्रस, परवानीपुर, १८ चैत/
वीरगंजको सीमावर्ती शहर रक्सौलमा तेल भर्न गइरहेको अवस्थामा मितेर पुलमा रोकिएका ३५ वटा ट्याङ्कर रक्सौल पुगेको छ। भारतीय अधिकारीको निर्देशनमा सोमवारको असहज अवस्थालाई मध्यनजर गर्दै रक्सौल कस्टमनजीक भारतीय सुरक्षाकर्मीहरूले तार जाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारीसाधन आवागमनमा रोक लगाएका थिए। मितेरी पुलमा फसेका करीब ३ सय भारतीयहरू रातिको समयमा भारत प्रवेश गरिसकेको अवस्थामा अतिआवश्यक वस्तु इन्धन लिन गएका गाडीलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म २ घण्टा मितेरी पुलमैं रोकेर राखिएको ट्याङ्करका चालकहरूले गुनासो गरेका छन्। नेपाल आयल निगम वीरगंजका प्रमुख रामकुमार न्यौपानेले हिजोको घटनाले मितेरी पुलमा केही घण्टा इन्धनको गाडीलाई अवरोध भए तापनि वीरगंजस्थित महावाणिज्य दूतवासको पहलमा भारतीय अधिकारीसँग वार्ता गरी अवरोध हटाइ गाडी प्रवेश गर्न दिने सहमति भइसकेको बताए।
गाडी रोकेर भारतीय सुरक्षाकर्मीले अलौंस्थित आइसिपी भन्सार नाकाबाट इन्धनका गाडी लैजान आग्रह गरेका थिए। तर मितेरी पुलबाट फर्केर आइसिपीको नाकाबाट घुमेर जाँदा एकतर्फी १६ किलोमिटरको दूरी बढ्ने भएकोले चालकहरूले पुलदेखि शङ्कराचार्य द्वारसम्म गाडी उभ्याएर राखेका थिए । भारतीय महावाणिज्यदूतावासका आर्थिक शाखा हेर्ने वाणिज्यदूत कोट्रास्वामीले कुरा मिलिसकेको र केही बेरमैं इन्धनको गाडी रक्सौल पस्ने बताए। रक्सौलका एसडिएम अमित कुमारले तारजाली हटाएर इन्धन भर्न रोकिएका गाडीहरूलाई जान दिन मातहतका सुरक्षा निकायलाई पत्राचार गरिसकेका छन्, चाँडै सबै गाडी जान्छन्, कोट्रास्वामीले भने। डिजेल, पेट्रोल लिन अमलेखगंज, पोखरा र काठमाडौंबाट गाडीहरू रक्सौल डिपो गइरहेका थिए।