प्रस, ठोरी, १७ चैत/
ठोरी गाउँपालिकाले लकडाउनको समयमा गापाभित्रका वृद्धवृद्धा, असहाय र अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
वृद्धवृद्धा तथा असहाय कल्याण समाजमा रहेका २५ जना आश्रित र चैत ७ गते आगलागीबाट प्रभावित ५ दलित घरपरिवारलाई चामल, दाल, तेल सहयोग गरेको छ। नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले सोमवार ५० भन्दा बढी परिवारलाई सो राहत सामग्री वितरण गरिएको बताए।
नागरिक समाजको समन्वयमा विजयबस्तीमा सुपथ मूल्यमा पसल सञ्चालन गरिएको छ। लकडाउनको समयमा कालाबजारी हुन सक्ने दृष्टिगत गर्दै अतिआवश्यक दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा बिक्रीका लागि उमेश किरानापसलमा व्यवस्था मिलाइएको श्रेष्ठले बताए। समय निर्धारण गरेर तरकारी, खाद्यान्नको बिक्री भइरहेको छ।
यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गापा र विभिन्न सङ्घसंस्थाले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनीहरूले साबुनपानीले हात धुने, मास्क लगाउने, सेनिटाइज गरेर बस्न सुझाव दिएका छन्। ठोरी गापामा रहेका सुरक्ष्Fाकर्मी, स्वास्थ्यकर्मीहरूलाई रेडक्रस शाखाले मास्क उपलब्ध गराएको छ।
यसैगरी, सीमानाकासँग जोडिएको ठोरीमा वैदेशिक रोजगारबाट फर्केका र लकडाउन अवधिमा खुला सीमाको फाइदा उठाउँदै गापामा प्रवेश गरेकाहरूको निगरानी गर्ने, उनीहरूको स्वास्थ्य परीक्ष्Fण गर्ने र क्वारेन्टाइनमा राख्ने जस्ता कामहरू पनि भइरहेको छ ।