$type=ticker$count=12$cols=4$cate=0

कोरोनाजनित आर्थिक सङ्कट र बच्ने उपायहरू

SHARE:

विश्वराज अधिकारी
    कोरोना भाइरसको चिन्ताले अहिले विश्वभरिका मानिसलाई समान किसिमले सताएको छ । गरीब होस् वा धनी, सबै देशका नागरिक यस रोगबाट त्रस्त छन् । यसरी त्रसित हुनुको प्रमुख कारण हो यो भाइरसविरुद्ध कुनै औषधी अहिलेसम्म पत्ता लागेको छैन । अमेरिकाजस्तो धनी मुलुकले पनि यो रोगको औषधी पत्ता लगाउन सकेको छैन । यो कोरोनाबाट बच्ने उपाय केवल बिरामीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु मात्र मानिएको छ । त्योभन्दा अर्को भरपर्दो उपाय छैन ।
    यस आलेखमा भने कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्या र त्यस आर्थिक समस्याबाट बच्ने उपायबारे चर्चा गरिने छ । यो स्तम्भकार स्वास्थ्य विज्ञ नभएकोले कोरोना सङ्कटले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभाव एवं यो सङ्कट कम पार्ने गर्नुपर्ने तयारीहरूबारे लेख्नु उचित ठहर्दैन । सञ्चारकर्मी वा मेडियामा बोल्ने, लेख्नेहरूले आप्mनो क्षेत्रको कुरा मात्र बोल्ने, लेख्ने गर्नुपर्छ र आपूmलाई ज्ञान नभएको विषयमा लेखेर, बोलेर भ्रम फैलाउनु हुँदैन भन्ने तथ्यमा यो स्तम्भकार विश्वास गर्दछ । अर्थात् कोरोनाले स्वास्थ्यमा पार्ने प्रभावबारे केवल स्वास्थ्य क्षेत्रका व्यक्ति वा विज्ञहरूले लेख्नु, बोल्नु उपयुक्त हुन्छ । सम्बन्धित क्षेत्रमा ज्ञान नभएका व्यक्तिले बोलेर समाजमा भ्रम र त्रास फैलाउनु हुँदैन । अहिले कतिपय व्यक्ति जानेर वा नजानेर कोरोना सङ्कटबारे भ्रम फैलाइरहेका छन् । सामाजिक सञ्जालहरूमा यसबारे अनेक खबर सम्प्रेषण, टीकाटिप्पणी गरिरहेका छन् । त्यसकारण अहिले कोरोनाको वास्तविक सङ्क्रमणभन्दा मानिस, बजारमा यस रोगबारे फैलिएको भ्रमले गर्दा बढी त्रसित भएका छन् ।
    संसारका विभिन्न मुलुकले कोरोना सङ्कटले ल्याउन सक्ने ठूलो आर्थिक क्षतिबाट राष्ट्रलाई जोगाउन अहिलेदेखि नै पूर्व तयारी आरम्भ गरिसकेका छन् । अमेरिका एवं युरोपका अनेक राष्ट्रले कोरोना सङ्कटको सामना कसरी गर्नबारे विभिन्न योजना तथा कार्यक्रम घोषणा गरेरहका छन् । चीनले पनि विभिन्न किसिमको तयारी गरेको छ र उसको यो तयारीले राष्ट्रलाई कम आर्थिक क्षति हुने कुरामा विश्वस्त छ ।
    नेपालको सन्दर्भमा, कोरोना–सङ्कटले मुलुकमा ल्याउन सक्ने आर्थिक समस्याबाट बच्ने पहिलो उपाय हामी सबैले आपूmलाई गलत सूचनाबाट जोगाउनु हो । अहिले नेपालले प्रेस स्वतन्त्रताको उपयोग गरिरहेकोले मेडियाहरूले मात्र होइन व्यक्तिले पनि आपूmलाई राम्रो ज्ञान नभएको विषयमा बोल्ने, लेख्ने, अपुष्ट समाचार प्रसारण गर्ने (सेयर गर्ने), प्रकाशन गर्ने कार्य गरिरहेका छन् । यसरी बजारमा सूचना र जानकारी अहिले चाहिनेभन्दा बढी आएको स्थिति छ । अहिले लगभग हरेक व्यक्तिले सूचना एवं जानकारीको भारी बोकेको
(इखभचयिबमभम) स्थिति छ । हरेक व्यक्ति अनावश्यक सूचना र जानकारीको बोझले थिचिएको छ । अनावश्यक सूचना एवं जानकारीको भारी बोक्नु राम्रो होइन किनभने गलत सूचना एवं जानकारीले ब्यक्तिलाई नकारात्मक सोच बनाउन बाध्य पार्छ । र व्यक्तिको नकारात्मक सोचले राष्ट्रिय उत्पादन र आपूर्ति व्यवस्थालाई नराम्ररी प्रभावित पार्न सक्छ । व्यक्तिले अनावश्यकरूपमा उपभोग्य सामग्री भण्डारण गर्ने, सामान लुकाउने कार्य गर्न सक्छन् । बजारमा कृत्रिम अभाव सृजना भएर मूल्य वृद्धि गर्न सक्छन् ।
    बजारमा फैलिएको भ्रम र अनिश्चितताको कारण उत्पादन बन्द पनि हुन सक्छ । त्यसकारण हामीले गलत सूचना एवं जानकारीबाट जोगिनुपर्छ । र जोगिन हामीले गर्नुपर्ने प्रमुख कार्य हो आधिकारिक र भरपर्दो स्रोतबाट सम्प्रेषित समाचार (सूचना एवं जानकारी) मात्र ग्रहण गर्ने, विश्वसनीय समाचार मात्र पत्याउने । गलत सूचना एवं जानकारी (स्रोत नखुलाइएको, स्रोत अविश्वसनीय लागेको) बाट पर रहने।
    नेपालको आपूर्ति व्यवस्था लगभग पूर्णरूपमा भारतमाथि आश्रित छ । खाद्य वस्तु एवं तरकारीसमेत भारतबाट ठूलो मात्रामा नेपालमा आयात हुन्छ । कोरोना सङ्कट विस्तार भएमा भारतले पनि आप्mनो लागि अपुग हुने भन्दै निर्यातमा कटौती गर्नेछ जसले गर्दा नेपालका बजारहरूमा विभिन्न किसिमका सामानको अभाव भएर हाहाकार मच्चिन सक्छ । यो स्थितिबाट जोगिन हामीले आप्mनो उत्पादन व्यवस्थामा जोड दिनुपर्छ । खासगरी कृषि उत्पादन बढाउन जनस्तरमा नै जोड दिनुपर्छ । कहीं कतै खाली जग्गा रहन नदिई त्यसमा कुनै न कुनै बाली लगाउनुपर्छ ।
    स्थानीय सरकारले आप्mना गाउँ एवं नगरमा, प्रान्तीय सरकारले आप्mनो क्षेत्रमा तथा सङ्घीय सकारले राष्ट्रिय स्तरमा अहिलेदेखि नै ‘कृषि उत्पादनमा वृद्धि ल्याउने अभियान’ सञ्चालन गर्नुपर्छ । र यो उत्पादन वृद्धि अभियानलाई कोरोना सङ्कटबाट बच्ने रणनीतिको रूपमा लिनुपर्छ । र यो कुरा जनतामाझ पनि पु¥याउनुपर्छ । उत्पादन वृद्धि कार्यमा जनतालाई पनि संलग्न गराउनुपर्छ ।
    ऊर्जाका लागि पनि हामी ठूलो मात्रामा भारतमा नै भर पर्छौ । खान पकाउनका लागि आवश्यक पर्ने एलपिजी (ग्याँस) हामी पूर्णरूपमा भारतबाट नै आयात गर्छौ । भान्सामा प्रयोग हुने इन्धनमा बिजुलीको हिस्सा एकदमै कम छ । अर्कोतिर बिजुली पनि हामीले चाहिएको परिमाणमा उत्पादन गर्न सकेका छैनौं । शहरी क्षेत्रका भान्सामा ग्याँसको उपयोग अत्यधिक हुन्छ । दाउरा एवं पशु–अवशेष (चिपरी, गोइँठा) आदिको प्रयोग केवल ग्रामीण क्षेत्रमा हुन्छ तर ज्यादै सीमितरूपमा । कोरोना सङ्कटको सामना गर्न हामीले तत्काल, अहिलेदेखि, आजैदेखि एलपिजीको विकल्प खोज्न आवश्यक छ । सरकारले ‘कार्यदल’ निर्माण गरेर तत्काल ग्याँसको विकल्प खोज्ने जिम्मा छिटोभन्दा छिटो दिन आवश्यक छ । वन पैदावारलाई ग्याँसको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ कि त्यसवारे सोंच्न आवश्यक छ ।
    नेपाली बजारमा अधिकांश बिक्रेताको नैतिकता र इमानदारिताको स्तर (द्यगकष्लभककभ्तजष्अब िक्तबलमबचम) ज्यादै तल झरेको छ । कोरोना–सङ्कटलाई धेरै व्यापारी (उत्पादक, वितरक एवं आपूर्तिकर्ता) ले उच्च मुनाफा हात पार्ने सुनौलो अवसरको रूपमा पनि प्रयोग गर्न सक्छन् । उनीहरूले कृत्रिम अभाव सृजना गरेर मूल्य वृद्धि गर्न सक्छन् । रातोरात करोडपति बन्ने सपना देख्न सक्छन् । हाम्रा व्यापारीहरू आप्mनै नैतिकताभन्दा नियम कानूनले बढी डराउने गर्छन् । यस्तो मनोविज्ञानको निर्माण जन चेतनाको अभावले गर्दा भएको हो । त्यसकारण सरकारले कडा कानून बनाएर, पालना गर्न लगाएर, कालाबाजारी गर्ने व्यापारीहरूलाई दण्डित गर्ने घोषणा गर्नुपर्छ । साथै यस्तो राष्ट्रिय सङ्कटको घडीमा मुनाफा मात्र उद्देश्य हो भन्ने भावना त्यागेर देश र जनताको सेवा गर्न सरकारले व्यापारीहरूलाई अनुरोध पनि गर्नुपर्छ । अर्को शब्दमा, सरकारले व्यापारीहरूलाई जनसेवामा लाग्न उत्प्रेरित गर्नुपर्छ । उत्प्रेरित हुने वातावरण तयार पार्नुपर्छ ।
    कोरोना–सङ्कटको सामना गर्न सरकारले (राष्ट्र बैंकमार्फत) वाणिज्य बैंकहरूलाई ब्याजदर (ऋणमा) घटाउन आग्रह गर्नु उपयुक्त हुन्छ । ब्याज दर घटेमा लगानीकर्ताहरू ऋण लिएर लगानी गर्न उत्प्रेरित हुन्छन्, लगानीको राम्रो वातावरण तयार हुन्छ । उत्पादनमा वृद्धि भएर एकातिर आपूर्तिको परिमाणमा वृद्धि हुन्छ भने अर्कोतिर रोजगार, श्रम बजार स्थिर हुन्छ । अर्थात् ब्याजदर कम पारेर राष्ट्रिय श्रम बजारलाई स्थिर पार्न सकिन्छ ।
    त्यस्तो स्थिति न आउला, तर यदि आएमा (कम आय भएका व्यक्तिहरू बेरोजगारी भएमा) सरकारले निर्धन परिवारहरूलाई प्रोत्साहन रकम (क्तष्mगगिक अजभअप) दिने सोच राख्नु उपयुक्त हुन्छ । अन्तर्राष्ट्रियस्तरमा यस्तो गरिएको पनि छ । सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा सुस्तता (चभअभककष्यल) आएको बेला राष्ट्रिय अर्थतन्त्रलाई गति प्रदान गर्न अमेरिकाको सङ्घीय सरकारले जनतालाई प्रोत्साहन रकम बाँडेको थियो र त्यसको असर प्रभावकारी देखिएको थियो ।
    कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्याको प्रमुख समाधान भनेको नै राष्ट्रिय उत्पादनमा तीव्र अभिवृद्धि हो, तत्काल उत्पादन वृद्धि गर्न सकिने क्षेत्र पहिचान गर्नु हो । र प्रमुखरूपमा खाद्यान्न उत्पादनको परिमाणमा वृद्धि गर्नु हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोरोनाजनित आर्थिक सङ्कट र बच्ने उपायहरू
कोरोनाजनित आर्थिक सङ्कट र बच्ने उपायहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEin6YR9xiQkFxFF5-Me0i-IadspIJf1vgQS_XWBBCbLP2OGiuRZv_EPxxLN4wEQOLJNbSLr9a8FK5JNQ12T-IM_kpsRumn1bmAuFZDxj0iONRNSiWgXlt94kRQbNrvEHYzsmuzaMn5R7shy/s200/bishwraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEin6YR9xiQkFxFF5-Me0i-IadspIJf1vgQS_XWBBCbLP2OGiuRZv_EPxxLN4wEQOLJNbSLr9a8FK5JNQ12T-IM_kpsRumn1bmAuFZDxj0iONRNSiWgXlt94kRQbNrvEHYzsmuzaMn5R7shy/s72-c/bishwraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_50.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_50.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy