प्रस, परवानीपुर, १८ चैत/
कोरोना सङ्क्रमितको सहज किसिमले उपचार गर्न बारा, सिमरामा प्रदेशकै नमूना आइसोलेशन वार्ड तथा क्वारेन्टाइन निर्माण भएको छ।
जीतपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्ण पौडेलको पहलमा तराई यातायातको भवननजीक पुरानो गार्मेन्ट उद्योग परिसरमा ४० शैøयाको आइसोलेशन वार्ड र ६० शैøयाको क्वारेन्टाइन स्थापना गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि चिकित्सकीय सल्लाहमा सिमरामा क्वारेन्टाइन र आइसोलेशन वार्ड बनाइएको नगरप्रमुख डा पौडेलले बताए। सिमरामा निर्माण गरिएको आइसोलेशन वार्डको निरीक्षण गरेका वीरगंजका नगरप्रमुख विजयकुमार सरावगीले पनि प्रशंसा गरेका छन्।
सो क्वारेन्टाइन सुविधायुक्त र चिकित्सकसहितको खानपिनको व्यवस्था गरिएको छ। जीतपुरसिमरा उपमहानगरले कोरोनाविरुद्ध लड्न रु ५० लाखको विपद् कोष खडा गरेको छ।
बाराको कलैया अस्पतालमा कतारबाट आएका दुईजना र ओमानबाट आएका एकजनालाई आइसोलेशन वार्डमा राखिएको छ। यसैगरी, जीतपुरसिमरा घर भई भारत र तेस्रो मुलुकबाट आएका ४५ जनालाई जीतपुरसिमरा उपमहानगरले रेकर्ड राखी सेल्फ क्वारेन्टाइनमा पठाएकोे जनाएको छ।