प्रस, सेढवा, १६ चैत/
लकडाउनको समयमा बाहिरका मानिसहरू गाउँ प्रवेश नगरून् भनेर पर्सा जिल्लाका गाउँ–टोलमा छेकबार राखेर सडक अवरुद्ध गरिएपछि अहिले सोको मारमा किसानहरू परेका छन्।
एम्बुलेन्स, दूध, स्वास्थ्यकर्मी, सुरक्ष्Fाकर्मीहरूको आवतजावतमा छेकबारले अप्ठेरो पारिरहेको अवस्थामा अहिले त्यसको मारमा किसानहरू पनि परेका छन्। उनीहरूले अहिले गहुँ र रबीबाली भिœयाउन प्रयोग गर्ने थ्रेसर, हार्भेस्टर, ट्याक्टर खेतसम्म लैजान र ल्याउनमा समस्या भइरहेको छ। जीराभवानी गाउँपालिका–२ सेढवा निवासी गोविन्द चौधरीले छेकबारले सडक अवरुद्ध भएकोले ट्याक्टर, थ्रेसर, हार्भेस्टर ल्याउन समस्या भएको र त्यसका सञ्चालकले दोब्बर रकम लिने गरेको गुनासो गरे। सामान्य अवस्थामा प्रतिघण्टाको रु ८ सयमा पाइने थ्रेसरलाई अहिले रु १५ सय तिर्नुपरिरहेको बताए। खेतबाट मसुरो ल्याउन समस्या भएको र मोटरसाइकलमा ल्याउँदा ठाउँ–ठाउँमा अवरोध भएकाले तीनपटक मोटरसाइकलबाट खसेको उनले बताए।
पटेर्वासुगौली गापा–३ देकुलीका गौरीशङ्कर चौधरीले गहुँबाली कटान गर्न हार्भेस्टर मेशिनको प्रयोगबाट वञ्चित भएको बताए। उनले खेतमा गहुँ पाकिसकेको तर हार्भेस्टर ल्याउन लकडाउन सकिने अवधि प्रतीक्ष्Fा गरी बस्न नसक्दा कृषि मजदूर लगाएर गहुँ कटानी गरी भिœयाएको बताए। उनले गहुँबाली काट्न यान्त्रिक उपकरण प्रयोग गर्न नसक्दा आर्थिक भार बढेको बताए ।
जगरनाथपुर गापा–१ पिपरडारीका कारी चौधरीका अनुसार सडक छेकबारको कारण खेतमैं गहुँ नष्ट हुने सम्भावनाले चिन्तित बनाएको बताए। उनले चैतमा हावाहुरी, असिना–पानीको भय रहेको बताउँदै समयमा गहुँबाली कटानी गर्न नसकेको गुनासो गरे। हार्भेस्टर सञ्चालक जगरनाथपुर गापा–१ का कृष्ण साहले गाउँ–टोलमा छेकबार गरेर सडक अवरुद्ध गरिएको कारण गहुँबाली कटानीमा यान्त्रिक प्रयोग हुन नसकेको बताए।