प्रस, धनुषा, १८ चैत/
भोर अनुसन्धानमा आधारित अभियान तथा परोपकारी संस्थाले प्रदेश २, धनुषा जिल्ला, सबैला नगरपालिका–१२ बडकुर्वामा १०० घर मुसहर परिवारलाई ५०० मास्क र २०० हात धुने साबुन वितरण गरेको छ । केही मुस्लिम परिवारलाई पनि मास्क र साबुन वितरण गरिएको छ । विश्वव्यापी कोरोना महामारी पैmलिएको बेला मुसहर समुदायमा हिजोसम्म मास्क पुग्न सकेको थिएन । आज मात्रै मुसहर समुदायका १०० घरपरिवारले मास्क र साबुन प्राप्त गरेका हुन् ।
वितरण गर्नुअघि सबैला नगरपालिका–१२ रघुनाथपुरको वडा कार्यालयमा वडाध्यक्ष प्रदीप महतो, भोरको तर्पmबाट सरोजप्रसाद दुलाल, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दीप कुँवरलगायतको रोहबरमा बैठक बसी अति गरीब र दैनिक ज्याला–मजदूरी गरी जीवनयापन गर्ने बडकुर्वाका ८० दलित परिवारलाई स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने निर्णय अनुसार सो वडामा वितरण गरिएको थियो ।
कोरोना भाइरसबाट बच्न साबुनपानीले मिचिमिची हात धुनुपर्ने र मास्क लगाइ कम्तीमा ३ फिटको दूरीमा बस्नुपर्ने कुरा प्रचारप्रसार भइरहेका बेला पनि यी दलित मुसहरको घरमा न साबुन हुन्छ, न मिचिमिची हात धुने बानी नै । त्यसैले सबै स्वस्थ रहून् र जीवनरक्षा होस् भनी भोरको पहलमा मास्क र हात धुने साबुन वितरण गरेको भोरका कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी गराए ।
यस्तो बेला निर्वाह गर्नुपर्ने सामाजिक दूरी मध्यनजर गर्दै भोरका केन्द्रीय सदस्य सरोजप्रसाद दुलाल, वडाध्यक्ष प्रदीप महतो, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दीप कुँवरको रोहबरमा घरघरमैं पुगेर परिवारको सङ्ख्या अनुसार सरोजप्रसाद दुलालले मास्क र साबुन वितरण गरेका थिए ।
मास्क र साबुन पाएपछि ७२ वर्षीया अनारोदेवी सदाले खुशी हुँदै वितरण गर्नेलाई आशीर्वाद दिइन् । उनले कसैलाई काम गर्न जान दिंदैनन्, हामी के खाने, अब उमेर पनि गइसक्यो, भाइरस लाग्नुभन्दा पहिले भोकले नै मर्ने होला । सबैलाई कसले खान दिन्छ ? मास्क र साबुन त दिनुभयो, यदि हुन्छ भने खाद्यान्नको लागि पनि पहल गरिदिनुहोला हात जोडेर उनले अनुरोध गरेकी थिइन् ।