प्रस, परवानीपुर, १८ चैत/
सरकारले खाद्यान्न तथा औषधिको उत्पादन नियमित गर्न खाद्यान्न तथा औषधि उद्योगलाई २४सैं घण्टा चलाउन भने तापनि वीरगंज–पथलैया औद्योगिक कोरिडोरका औषधि, दाना, खाद्यान्न उद्योगहरूमा उत्पादन सहजरूपमा हुन सकिरहेको छैन।
उद्योग सञ्चालन गर्न अन्य सहायक कुरा धेरै हुन्छन्, जसको अभावमा उद्योग चलाउन असम्भव हुन्छ।
“उद्योग मजदूरले चलाउँछन्, अहिले अधिकांश मजदूर डराएका छन्, सुरक्षाकर्मीका कारण उद्योगमा मजदूरहरूको सहज पहुँचको वातावरण छैन,” चाचान समूहका सज्जन अग्रवालले भने, “उद्योगमा कच्चा पदार्थ पनि सहजरूपमा आइरहेको छैन, बजारमा उत्पादन गएको छैन। यस्तो अवस्थामा पूर्णरूपमा उद्योग सञ्चालन कसरी हुन सक्छ ?”
उद्योगी अग्रवालले दिन प्रतिदिन उद्योगको उत्पादन घट्दै गएको बताउँदै उद्योगको उत्पादन एक सिफ्टमा झरेको बताए। तीन सिफ्टमा सञ्चालन हुने उत्पादन कार्य अहिले एक सिफ्टमा झरेकोले उद्योग चलाउन गा¥हो छ, उद्योगी अग्रवालको भनाइ थियो।
चामल, तेल, दाल, दाना, पीठोलगायतका खाद्यसामग्री उत्पादन गर्ने रूँगटा समूहका उद्योग पनि आंशिकरूपमा मात्र चलेको उनले बताए। उद्योगको उत्पादन ७० प्रतिशतले घटेको भन्दै उनले सरकारी पक्षबाट उद्योग चलाउने वातावरण नबनेमा उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए।
उत्पादित सामान बाहिर पठाउन चालक र ढुवानी व्यवसायीको पनि अभाव रहेको उनले बताए।
कृषिजन्य तथा खाद्यसामग्री उत्पादन गर्ने निम्बस समूहको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिको उत्पादन पनि दैनिकरूपमा ७५ प्रतिशतले घटेको छ।
प्रोबायोटेकका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाका अनुसार अहिले कोरोना भाइरसको सन्त्रासले मजदूर काममा आउन कम भएकाले उद्योग एक सिफ्टमा मात्र सञ्चालन छ। अहिले सो उद्योगमा ३५ जना मजदूर मात्रै खटिरहेका छन्।
ड्राइपोर्टबाट आउने कच्चा पदार्थ भटमास, तोरी, मकैलगायत सामानको आयात र ढुवानी पनि प्रभावित भएकाले समस्या भइरहेको प्रशासकीय अधिकृत बैठाले बताए। उनले उद्योगमा तीन दिनसम्म पुग्ने कच्चा पदार्थ रहेको र त्यसपछि कच्चा पदार्थ आयात नभए उद्योग बन्द गर्नुपर्ने बताए।
वीरगंजमा एक दर्जनभन्दा बढी खाद्यान्न उद्योग छन् भने सोही सङ्ख्यामा औषधि उद्योग सञ्चालनमा छन्।
औषधि उद्योगमा पनि खाद्यान्न उद्योगसरहको समस्या छ। औषधि उद्योगका मजदूरहरूको लागि उद्योगले बसको व्यवस्था मिलाएको क्वेस्ट फर्मास्युटिकल्स प्रालिका मानव संसाधन प्रबन्धक अनिल जैसवालले जानकारी गराए।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले खाद्यान्न तथा अतिआवश्यक उद्योगका सामान ढुवानी गर्न राति ९ देखि बिहान ७ बजेसम्मको समयसीमा तोकिए पनि अन्य कुराले गर्दा उद्योगहरू पूर्णरूपमा सञ्चालन हुन नसकेको बताए। उनले उद्योग पूर्ण सञ्चालनको लागि स्थानीय प्रशासनसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताएका छन्।