प्रस, रौतहट, १८ चैत/
रौतहट जिल्लाभरि क्वारेन्टाइनमा ९८ जनालाई राखिएको छ । कटहरिया जनता माविमा सञ्चालित क्वारेन्टाइनमा २८ जना छन् ।
भारतलगायत वैदेशिक रोजगारबाट फर्किएका २८ जनालाई यो ठाउँको क्वारेन्टाइनमा राखिएको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताए ।
यसैगरी, जिल्लाको ईशनाथ, राजपुर, गौर, चन्द्रपुरलगायत १५ स्थानमा स्थापित क्वारेन्टाइनमा ९८ जना उपचारार्थ भर्ना भएको रौतहटका प्रहरी प्रवक्ता प्रनाउ भरत श्रेष्ठले बताए ।
यसैगरी, चन्द्रपुरको दुई स्थानमा आइसोलेशन कक्ष सञ्चालनमा रहेको छ । रौतहटबाट तीनजनाको स्वाब टेस्ट गरिएको र तीनैजनाको नेगेटिभ रिपोर्ट आएको प्रजिअ वासुदेव घिमिरेले बताए ।
यसैगरी, कटहरिया नगरपालिकास्थित मावि भवनमा सय शैøयाको क्वारेन्टाइन सञ्चालनमा रहेको नगरप्रमुख सियाराम कुशवाहाले बताए । पिपिईसहित तत्काल १० स्वास्थ्यकर्मीद्वारा क्वारेन्टाइन सञ्चालनमा आएको डा लक्ष्मण गुप्ताले जानकारी गराएका छन् ।
मौलापुर नगरपालिकामा २० शैøयाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । त्यहाँ पनि चिकित्सकको नेतृत्वमा एक दर्जन स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य संयोजक सुरेन्द्र रौनियारले बताए ।