$type=ticker$count=12$cols=4$cate=0

कोरोना भाइरस (कोभिड–१९)को विश्वभरि महामारी, नेपाल कसरी मुक्त ?

SHARE:

सुदर्शनराज पाण्डे
    नयाँ वर्ष सन् २०२० को शुभारम्भसँगै नेपालको छिमेकी मुलुक चीनको हुबेई प्रान्तमा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विश्वका ११५ राष्ट्रमा महामारीको रूप लिएको छ । विश्वभर कोरोना भाइरसको प्रभाव र असर बढेको छ । विश्वभर एक प्रकारको सन्त्रास पैmलिएको छ । विश्वकै ध्यान यतिखेर कोरोना भाइरसको नियन्त्रणमा केन्द्रित छ ।
    कफ नआउने सुक्खा खोकी, नाकबाट पानी नबग्ने, श्वासप्रश्वासको समस्या, कडा ज्वरो, रुघाखोकीको मुख्य लक्षण हुने कोरोना भाइरसका कारण हालसम्म विश्वका तीन हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा १ लाख २० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन विश्व स्वास्थ्य सङ्गठनले केही शर्त निर्धारण गरेको छ । कोरोनाको शङ्का देखिएमा क्वारेन्टाइनमा राखिने गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई लिएर विभिन्न तर्क, वितर्क, टिप्पणी, हल्ला हुने गरेको छ । नानाथरीका हल्लाले मानिसहरू झन्झन् सशङ्कित बन्दै गएका छन् । स्वास्थ्य परीक्ष्Fणलाई प्रमुखता दिइएको छ । कोरोना भाइरसप्रति सबै सतर्क र सजग रहन जरुरी छ । पूर्वसतर्कता अनिवार्य छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेको बेला नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त रहेको घोषणा गरेको छ । नेपाल सरकारले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक पर्ने सबै पूर्वसतर्कता अपनाइरहेका छन् । नेपाली जनता र सांसदहरूले कोरोना भाइरस सङ्क्रमणका लागि सरकारबाट चालिएको पूर्वसतर्कता उपयुक्त र सन्तोषजनक नभएको भनेर चिन्ता र चासो लिएर आवाज उठाइरहेका  छन् । कोरोना भाइरसको कुप्रभावप्रति सबैजनाले आआप्mनो तहबाट सजग र सतर्कता अपनाउनु अनिवार्य आवश्यकता हो ।
    कोरोना भाइरस भाइरल डिजिज हो । मानिसबाट मानिसमा सर्ने रोग हो । कोरोना भाइरस परिवर्तन हुँदै जान्छ । कोरोना भाइरस नयाँ प्रजाति हो । यसको नियन्त्रणका लागि औषधिको आविष्कार हुन सकेको छैन । कोरोना भाइरस प्राकृतिक नभएर कृत्रिम जीवाणु भएको र जैविक युद्धको तयारी रहेको आशङ्का पनि गरिएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरानमा कोरोना भाइरसको सङ्क्रमणले उग्र रूप लिएको छ । जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दैनिक आर्थिक गतिविधि ठप्प जस्तै बन्न पुगेको छ । एक देशबाट अर्को देशमा आवतजावत र ठूलठूला जमघट र भेला बन्द हुन थालेका छन् । यो डरलाग्दो आपत्विपदबाट विश्वका मानिसलाई कसरी जोगाउने भन्ने अहिलेको प्रमुख चिन्ता र चुनौती हो ।
    ३० डिग्रीमाथिको तापक्रममा कोरोना भाइरसको सङ्क्रमण नहुने भनिएको छ । चिसो धेरै रहेको स्थानमा कोरोना भाइरसको जोखिम धेरै रहेको पाइएको छ । हरेक देशका सरकारले हतारहतारमा नियन्त्रणका लागि नानाथरीका अभ्यास गरिरहेका छन् तर पनि भयावह स्थिति रोकिएको छैन । विश्वमा यसअघि पनि सन प्mलु, बर्ड प्mलु, सार्स भाइरसको सङ्क्रमण देखा परेको थियो । चिकित्सकहरूको प्रयासमा छिट्टै नियन्त्रण गरिएको थियो । विज्ञान र प्रविधिको वर्तमान युगमा जतिसक्दो छिटो कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आउने विश्वास गर्न सकिन्छ । जलवायु परिवर्तनको चुनौतीसँगै कोरोना भाइरसको चुनौती पनि थपिन गएकोले विश्वका मानिसहरूले साझारूपमा चुनौतीको सामना गर्न कस्सिनुपर्दछ । प्राकृतिक आपत्, विपत्, सङ्कट मानिसको नियन्त्रणबाहिरका कुरा हुन् । विश्वको भौतिक विकाससँगै नानाथरीका जोखिम, खतरा र विनाश पनि गाँसिएका छन् । विनाशकालमा मानिसहरूको बुद्धि पनि विपरीत हुन्छ । महामारी पैmलियो भने विश्व जनसङ्ख्याको ठूलो हिस्साको विनाश हुन सक्छ । कोरोना भाइरसको कारण विश्वमा मानवहरूको लागि जीवनमरणको बाध्यता तेर्सिदै छ ।
    विश्वका सञ्चारमाध्यमहरूले प्रमुखताका साथ नयाँ कोरोना भाइरस प्रजातिको रोगको समाचार सम्प्रेषण गरिरहेका छन् । कोरोना भाइरसको महामारीबाट मानिसहरूलाई जोगाउन चिकित्सक, वैज्ञानिकहरू हरतरहले प्रयासरत छन् । विश्व नै यतिखेर कोरोना भाइरसमय भएको छ । सबै काम कुरा छाडेर कोरोना भाइरसप्रति चिन्तित छन् । सबैको ध्यान कोरोना भाइरसप्रति नै मोडिएको छ । विश्वमा सञ्चार क्रान्तिले गर्दा सञ्चारमाध्यमहरूले रोकथामको प्रचारप्रसार र मानिसहरूलाई सजग र सतर्क बनाउन सक्दो सहयोग गरिरहेका छन्, जसले गर्दा भयावहको स्थितिमा निकै पूर्णविराम लागेको छ । छिटोभन्दा छिटो नवप्रजातिको जीवाणु कोभिड–१९ नियन्त्रणमा आउन सक्ने विश्वास लिन सकिन्छ । कोरोनाको विश्वव्यापी (१२६ राष्ट्र) महामारीले विश्व अर्थतन्त्रलाई निकै खलबल्याइदिएको छ । विश्वको दोस्रो आर्थिक राष्ट्र चीन त आर्थिक क्षेत्रमा थला नै पर्न पुगेको छ । धनजनको अपार क्षति भइसकेको छ । अब थप क्षति नहोस् भन्ने कामना सबैले गर्नुपर्दछ । कोरोना भाइरसका कारण विश्वमा पर्यटन व्यवसाय नै अवरुद्ध भएको छ । एक राष्ट्रका मानिस अर्को राष्ट्रमा जल वा थलबाट जान निकै कमी आएको छ । २१औं शताब्दीमा ठूलो आपत्विपत् पर्न गएको छ । कोरोना भाइरसका बारेमा प्रायोजित हल्ला भ्रामक, गैरजिम्मेवार, औचित्यहीन, कारणविना भय पैmलाउने विज्ञापनहरू पनि भइरहेका छन् । विश्व मानव यतिखेर भयभीत र अन्योलपूर्ण अवस्थामा छ । वातावरण अन्धकार पार्ने काम कहीं कतैबाट हुनुहुँदैन । कोरोना नियन्त्रणमा आउँछ भन्ने कुराको आशभन्दा त्रास बढी देखिएको छ । कोरोना भाइरसको त्रासका कारण ठूलठूला भेला, सम्मेलन, गोष्ठी, भोजभतेर, बैठक, व्यापार–मेला, खेलकूद, मनोरञ्जनका कार्यक्रम, प्रतियोगिता, व्यापारिक भेला सबै स्थगित भएका छन् । कतिपय देशमा विद्यालय, महाविद्यालयसमेत बन्द गरिएका छन् ।
    भाइरसबाट बच्ने अति उत्तम उपाय भनी बढी प्रचार गरिएबाट व्यापारीहरूले फेस मास्कको कालोबजारी गर्ने अवसर पाएका छन् । बजारमा मास्कको ठूलो अभाव छ । व्यापारीहरूमा मानवीय समवेदना हुँदैन भन्ने कुरा मास्कको कालोबजारीले पुष्टि गरेको छ । कोरोना भाइरसका कारण विश्व नैं गम्भीर र संवेदनशील छ । उपभोक्ताहरू खाद्य सामग्री खरीद गरेर स्टक राख्ने होडबाजीमा लागेका छन् । भोलि के कस्तो आपत्विपद् आइलाग्ने हो, कोही कसैलाई थाहा छैन । कोरोना भाइरस जलवायु परिवर्तनसँग पनि जोडिएको छ । यस्तो अवस्थामा सबैजना धैर्यवान् बन्नु र आपूmलाई सुरक्षित बनाउन व्यावहारिक कदम चाल्नु नै हो । संसारलाई नै आश्चर्यचकित पार्ने गरी हचुवाका भरमा हतासमा नेपाल सरकारले नेपाल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त छ भनेर भन्नु वाञ्छनीय होइन । भाइरस, ब्याक्टेरिया र अरू वायु प्रदूषकबाट आपूmलाई जोगाउन मानिस सचेत हुनुबाहेक तत्काललाई अर्को उपाय छैन । हातखुट्टा र शरीरको सफाइमा बढी ध्यान पु¥याउनुपर्छ । कोरोना भाइरसको नियन्त्रणका नाममा व्यावसायिक नाफाको लोभमा कतिपय स्वार्थी तŒव, शक्ति र व्यक्तिहरूले खतरनाक सन्देश दिन पनि सक्छन् । त्यसतर्पm होशियार हुनै पर्दछ । आपत्विपत्को बेला भय र भ्रम पैmलाउनु अपराध हो । बढी भीडभाड कम गर्न जरुरी छ ।
    अचम्मको कुरा चीनमा सङ्क्रमित व्यक्तिको ज्यान जाने सङ्ख्या घट्दै गएपनि चीनबाहिर अन्य देशमा भने यसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । विश्वको शक्तिशाली राष्ट्र, विश्व स्वास्थ्य सङ्गठनको कार्यालय रहेको राष्ट्र अमेरिकाको क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएपछि कोभिड–१९ का कारण अहिलेसम्म अमेरिकामा ८० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकाका १६ राज्यमा ८०० जनाभन्दा बढी कोरोनाका सङ्क्रमित छन् ।
    कोरोना भाइरसले महामारीको रूप लिएपछि नेपालका विभिन्न स्थानमा नमस्कार अभियान चलाइएको छ। हात मिलाउँदा कोरोनाको सङ्क्रमण हुन सक्ने हुनाले यो अभियान चलाइएको तर्क छ । हात मिलाउने होइन, शिष्टतापूर्वक नमस्कार गरांैं भन्ने सन्देश पैmलाइएको छ । सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो भन्ने कुरामा मतैक्यता छ । सञ्चारमाध्यमहरूबाट व्यापक प्रचारप्रसारले गर्दा ससाना स्कूले विद्यार्थीहरूलाई पनि कोरोना भाइरसबारे जानकारी भएको पाइन्छ । टोल, बस्ती, गाउँ, शहर जताततै कोरोना भाइरसकै चर्चा र चिन्ता छ । कोरोना भित्रिन नदिन सरकारले पनि सावधानीका कार्यक्रम जताततै सञ्चालन गरेको छ । भाइरस हावाबाट पनि भित्रिन सक्छ । भाइरस मानिसबाट मानिसमा सर्छ । भारतबाट नेपाल भित्रिने सबै नाकामा स्वास्थ्य परीक्ष्Fणको व्यवस्था मिलाइनुपर्दछ । कोरोना सङ्क्रमण भएका मुलुकका मानिसहरूलाई नेपाल आउन एक महीनासम्म रोक लगाउनुपर्दछ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नभएसम्म मानिसहरू हरबखत सतर्क हुनुपर्दछ । चीनबाट सङ्क्रमण पैmलिएको कोरोना भाइरसबाट भारतलगायत विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उच्च जोखिममा राखिएको नेपाललाई अव्यावहारिक, अवैज्ञानिक र हचुवा पाराले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त छ भन्नु लापर्बाही गर्नु हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोरोना भाइरस (कोभिड–१९)को विश्वभरि महामारी, नेपाल कसरी मुक्त ?
कोरोना भाइरस (कोभिड–१९)को विश्वभरि महामारी, नेपाल कसरी मुक्त ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiS5D4B5MffTeVQJC8P6-3ulYGGZKZAoFqzMDSLlrNVJUhgHQztwmKdihWo36S1ghXUiKh5_XPQPKTXPJLCAg8DNEhBl5KYW64YAhwrO5Jo7NCQSKle3eERYIwuwwnF-ckZd4cSRxaqSKYH/s1600/sudarshan+raj+pandey.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiS5D4B5MffTeVQJC8P6-3ulYGGZKZAoFqzMDSLlrNVJUhgHQztwmKdihWo36S1ghXUiKh5_XPQPKTXPJLCAg8DNEhBl5KYW64YAhwrO5Jo7NCQSKle3eERYIwuwwnF-ckZd4cSRxaqSKYH/s72-c/sudarshan+raj+pandey.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_384.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_384.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy