प्रस, वीरगंज, १७ चैत/
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यान्न तरकारी, दूध, फलफूल, माछामासु, अन्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुरा चल्लाको उत्पादन, बिक्री–वितरण सुचारु गर्ने प्रत्याभूति गर्न सम्बद्ध सबै मन्त्रालयमा आग्रह गरेपनि पर्सामा माछामासुको बिक्रीमा अघोषित रोक लगाइएको छ।
मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले यस्ता विषयमा कहींकतै व्यवधान आए वा अन्य कुनै समस्या परे सम्पर्क गर्न अनुरोध गरेपनि पर्सा जिल्लाका प्रहरी प्रशासनले मन्त्रालयको यो आदेशलाई ठाडै अस्वीकार गर्दै माछामासुको बिक्रीमा अघोषित प्रतिबन्ध लगाएको छ।
कुुखुरा मासु व्यवसायी सङ्घ, पर्साका अध्यक्ष फिरोज आलम देवानले बोइलर कुखुराको बिक्रीमा रोक लगाइएको कारण व्यवसायीहरू सङ्कटमा परेको बताए। उनले पर्सा जिल्लामा करीब २५० को सङ्ख्यामा बोइलर कुखुरा विक्रेता रहेका र त्यसमध्ये ७० भन्दा बढी विक्रेताले व्यवस्थित तरीकाले बिक्री–वितरण गर्दै आएपनि सबै पसल बन्द गराइएको कारण विक्रेता र व्यवसायी दुवै मर्का परिरहेका
बताए।
उनले बोइलर कुखुरा तयारी अवस्थामा रहेको र बिक्री नहुँदा फार्ममैं राख्दा दाना खुवाउनुपर्ने समस्या आइपरेको बताए। अध्यक्ष आलमले पर्सा जिल्लाभरि अहिले डेढ लाख कुखुरा तयारी अवस्थामा रहेका र कुखुरा बिक्रीको व्यवस्थापन नहुँदा व्यवसायीहरू आर्थिक सङ्कटमा परेको बताए। उनले यसबारेमा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको ध्यानाकर्षण गराइएको तर उनले बोइलर कुखुराको बिक्री अव्यवस्थित भएको र सीमा नजीक रहेको कारण देखाउँदै बिक्रीमा बन्देज लगाएको बताए।
अध्यक्ष देवानले व्यवस्थित पसलहरूबाट बोइलर कुखुराको मासु बिक्री गर्न खुला गर्नुपर्ने माग गरेका छन् । लकडाउनको निर्देशन परिपालना गर्ने गरी खाद्यान्न, तरकारी, दूध बिक्री सहज गरिएजस्तै बोइलर कुखुराको मासु पनि बिक्री गर्न दिनुपर्ने उनले माग गरेका छन्।