विश्वराज अधिकारी
कोरोना सङ्कटले गर्दा अहिले विश्व आपूर्ति व्यवस्था ठीकसँग काम गर्न सकिरहेको छैन । संसारभरि फैलिएको यो सङ्कटले विकसित एवं विकासशील दुवै राष्ट्रहरूलाई फरक–फरक किसिमले प्रतिकूल प्रभाव पारेको छ । विकसित देशहरूमा भने उपभोक्ताहरूले नियमित आवश्यकताका लागि चाहिनेभन्दा बढी माग (खरीद) गरिरहेको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन र बजारमा मुख्यतः खाद्य सामग्री, औषधी, स्वास्थ्य सामग्रीहरूको अभाव हुन पुगेको छ भने विकाशील मुलुकहरूमा राम्रो मुनाफा हात पार्ने उपयुक्त मौका यही हो भनेर कालाबजारीहरूले महँगोमा बिक्री गर्न सामान लुकाएको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन । उत्पादन व्यवस्थाले नियमित किसिमले कार्य गरे तापनि उपभोक्ताहरूले बढी माग गरिरहेको र केही देशमा कालाबजारीहरूले लुकाइरहेको हुनाले बजारमा अहिले एक किसिमको अनिश्चितता देखिएको हो । उपभोक्तामा एक किसिमको त्रास देखिएको हो । हुन पनि विकसित देशहरूमा उपभोक्ताहरूले सामान्यतया एक हप्ताका लागि सामग्री भण्डारण गर्छन् । तर अहिले कोरोना–सङ्कटले गर्दा तीनचार महीनाका लागि सामग्री भण्डारण गर्ने प्रयास गरिरहेका छन् । यसरी एक हप्ताका लागि भण्डारण गर्ने र सोही अनुसार उत्पादन हुने अवस्था रहेकोमा अहिले उपभोक्ताहरूले महीनौंका लागि भण्डारण गर्दा आपूर्ति व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ ।
युद्धको समयमा द्वन्द्वरत दुई पक्षमा ठूलै हताहती निश्चित भए पनि जीवन बाँचिरहेको हुन्छ, जीवन रोकिंदैन। त्यसैगरी उत्पादन र वितरण व्यवस्थाले कार्य गरिहरेको हुन्छ । सानो वा ठूलो परिमाणमा किन नहोस्, उत्पादन भइ नै रहन्छ । वितरण व्यवस्थाले पनि कार्य गरिरहेको हुन्छ । उपभोक्तामाझ उपभोग्य सामग्री पुगिरहेको हुन्छ । तर कोरोना भाइरसबाट सङ्क्रमित भएपछि निको हुने सम्भावना रहने, युद्धको तुलनामा यो रोगबाट सीमित सङ्ख्यामा मृत्यु हुने भए तापनि मानिसहरूमा यो रोगबारे अनावश्यक त्रास फैलिएको छ । पत्रपत्रिका मात्र होइन, व्यक्तिहरूले पनि अनावश्यक, अपुष्ट एवं भ्रामक समाचार वितरण गरेर उपभोक्तामाझ सन्त्रास फैलाउने कार्य गरिरहेका छन् । यस किसिमको कार्य गलत हो । मानिस त्रासमा बाँचिरहेको समयमा थप त्रास फैलाएर समाजलाई आतङ्कित पार्नुहुँदैन । र यसरी उपभोक्ताहरू आतङ्कित हुँदा आपूर्ति व्यवस्थाले ठीकसँग कार्य गर्न सकिरहेको छैन ।
के उत्पादन व्यव्स्था रोकिन्छ ?
कोरोना सङ्कटको विस्तार भएपनि उत्पादन व्यवस्था रोकिंदैन । केही समय (एक वा दुई महीना) को लागि उत्पादन अनियमित वा बन्द नै भए पनि पछि उत्पादन सञ्चालन हुन्छ, हुनैपर्छ । कारखानामा काम गर्ने कर्मचारीहरूले काम गर्न आरम्भ गर्छन् । श्रमिकहरूले काम नगरी (बचत नभएकोले) खान नपाउने हुनाले जीवन निर्वाहका लागि उनीहरू कार्य गर्न अनिवार्यरूपमा कारखानामा उपस्थित हुन्छन् । कोरोना भाइरसबाट जोगिने अनेक उपायहरू प्रयोग गरेर भए तापनि श्रमिकहरू कार्य गर्न कारखानामा पुग्छन् नै । जीवन निर्वाहका अनेक आवश्यकता (पारिश्रमिक वा ज्याला आर्जन गर्नुपर्ने अनिवार्यता) हरूले धकेलेर भएपनि श्रमिकहरूलाई काम गर्न कारखानासम्म पु¥याउने छन् । र यसरी दीर्घकालका लागि उत्पादन व्यवस्था रोकिने छैन । उत्पादन व्यवस्था सञ्चालन हुन्छ नै । त्यसकारण लामो समयसम्म उत्पादन रोकिन्छ, आपूर्ति व्यवस्था अनियमित (सामानको अभाव) हुन्छ भन्ने आशङ्का पूर्णतया गलत हो । जीवन निर्वाहका लागि कोरोनाको जोखिम लिएर भएपनि श्रमिक एवं कर्मचारीहरू कारखाना पुग्छन् र आपूर्ति व्यवस्था क्रियाशील हुन्छ ।
किन पर्छ अल्पकालीन प्रभाव ?
अहिले केही यथार्थ घटना तर अधिक कोरोना भाइरससम्बन्धी अनावश्यक समाचार, विचार, सामग्री आदिको प्रसारण एवं वितरणले समाजमा एक किसिमको सन्त्रास एवं अनिश्चितता फैलाएको छ जसले गर्दा मानिस आतङ्कित भएका छन् । बाढीले एकैपटक धेरै पानी ल्याएर बस्तीमा चारैतिर पानी नै पानी भएको स्थिति पारिदिएझैं अहिले जताततै, जुनसुकै देशमा अति जानकारी प्रवाह हुँदा मानिसमा एक किसिमको अनिश्चितता छ, त्रास छ । पछि बाढीको पानी गएपछि बस्ती सुखा भएझैं केही समयपछि व्यक्तिको मनोविज्ञान सफा र स्थिर हुन्छ । अति डरबाट मुक्त हुन्छ । सङ्कटपूर्ण घडीमा पनि व्यवस्थित किसिमले समाजमा बस्ने एक खास किसिमको मनोविज्ञान मानिसमा निर्माण हुन्छ । मानिसहरूले स्थिरताको अनुभूति गर्न थाल्छ । र एक खास अवधिपछि जीवन सामान्य हुन्छ । जीवन सामान्य हुनुको अर्को विकल्प नै छैन । यसरी जीवन सामान्य अवस्थामा फर्केपछि आपूर्ति व्यवस्था पनि सामान्य हुन आउँछ । त्यसकारण अहिलेको यो त्रासदि अल्पकालीन हो, दीर्घकालीन होइन । र हुन पनि सक्तैन ।
भ्रमको खेती किन ?
एकथरी मानिस, खासगरी केही व्यापारीहरूले यस्तो स्थितिमा थप अनिश्चितता सृजना गरेर बजारमा अस्थिरता ल्याउने कार्य योजनाबद्ध र सुनियोजित किसिमले गर्छन् । र यो कार्य गोप्य किसिमले गर्छन् । यस्तो स्थितिको सृजना गरेर, त्यही समयमा कालाबजारी गरेर, ठूलो नाफा हात पार्ने रणनीति बनाउँछन् । त्यसकारण यस किसिमका व्यापारीहरूबाट निर्मित ‘कालाबजारी रणनीति’ बाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ । यो समस्या खासगरी विकासशील मुलुकहरूमा देखिन्छ । विकासशील मुलुकहरूमा संवेदनाहीन व्यक्तिको ठूलै जमात हुने हुँदा उनीहरूले मानवीय सङ्कटको घडीलाई राम्रो मुनाफा कमाउने अवसरको रूपमा देख्छन् ।
बजारमा चलेको हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी सामग्री खरीद गर्ने मनोविज्ञान उपभोक्ताहरूले त्याग्नुपर्छ । कालाबजारीहरूले गर्ने भ्रमको खेतीबाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ । सरकारले पनि कालाबजारीहरूलाई त्यस्तो नगर्न आग्रह गर्नुपर्छ । अटेर गर्नेलाई कठोर दण्ड दिनुपर्छ । विकासशील मुलुकहरू, मुख्यगरी नेपाल भारतजस्ता देशमा सरकारले अभावको हल्ला फैलिन दिनुहुँदैन र अभावको हल्ला फिजाउने र कालाबजारी गर्नेलाई दण्डित गर्नुपर्छ ।
माग र आपूर्तिको अन्तक्र्रिया किन र कसरी ?
यो अति व्यापारिक युगमा माग र आपूर्तिबीच स्वाभाविक अन्तक्रिया चलिरहेको हुन्छ । र त्यस्तो अन्तक्र्रिया छोटो समयका लागि रोकिएपनि लामो समयसम्म रोकिंदैन । अर्थात् अहिले बजारमा देखिएको अनिश्चितता (आपूर्तिमा बाधा) लामो अवधिसम्म रहँदैन, कोराना सङ्कटले छिटै उन्मुक्ति नदिएपनि । व्यापारलाई निरन्तरता दिन उत्पादकहरूले उत्पादन कार्यलाई निरन्तरता दिन्छ नै । उत्पादित वस्तुहरू लिएर आपूर्तिकर्ताहरू बजार पुग्छन् नै । उपभोक्ताहरूले विभिन्न सामग्री खरीद गर्छन् नै । यसरी बाह्य शक्ति (कोरोना–सङ्कट, युद्ध, गृहयुद्ध, प्राकृतिक प्रकोप, महामारी) ले प्रतिकूल स्थिति सृजना गरे पनि माग र आपूर्तिबीच हुने अन्तक्र्रिया रोकिंदैन । यो चलि नै रहन्छ । अर्थात् उत्पादन, वितरण र उपभोग कहिले रोकिंदैन, चलि नै रहन्छ । यो बहुसम्बन्ध (mगतिष्(चभबितष्यलक) र परस्पर निर्भरता ( ष्लतभचमभउभलमभलअभ ) को युग हो । एकलाई अर्कोको सहयोग आवश्यक हुने भएकोले अर्थतन्त्र गतिहीन हुनै सक्तैन । त्यसकारण भोलि आपूर्ति व्यवस्था तहसनहस होला, बजारमा सामान नपाइएला भनेर डराउनुपर्ने स्थिति छैन ।
के उपाय प्रयोग गर्ने ?
यस्तो स्थितिमा सरकारहरू सक्रिय हुनुपर्छ । नेपालको सन्दर्भमा तीनै तहका सरकारहरू आपूर्ति व्यवस्था नियमित पार्न हरदम क्रियाशील रहनुपर्छ । कालाबजारीलाई नौतिकता र कानून दुवै किसिमका औजार प्रयोग गरेर आपूर्ति व्यवस्था सहज पार्न उत्प्रेरित र बाध्य पार्नुपर्छ । न टेर्नेलाई दण्डित गर्नुपर्छ ।