प्रस, वीरगंज, १८ चैत/
वीरगंज महानगरपालिकाको मङ्गलवार बैठक सम्पन्न भएको छ। बैठकले ३२ वटै वडामा तत्कालका लागि रु ५० हजार प्रदान गर्ने निर्णय भएको एकजना बोर्ड सदस्यले बताए।
प्रदेश सरकारबाट आएको रु २५ लाख र महानगरपालिकाले रु २५ लाख गरी रु ५० लाखको कोष निर्माण भएको र सोही कोषबाट कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा खर्च गर्ने निर्णय भएको छ। बैठकले वडाबाट राहत पाउनेहरूको सूची तयार गर्ने र सोही सूची अनुसार वडाध्यक्ष, सदस्यहरूसहित सर्वदलीय संयन्त्र गठन गरेर राहत वितरण गर्ने निर्णय भएको छ। राहत वितरणमा राजनीतीकरण भएको नगरप्रमुख विजयकुमार सरावगीले गुनासो गरेपछि बैठकले वडास्तरमा सर्वदलीय संयन्त्रमार्पmत् राहत वितरण गर्न सुझाव दिएको छ।
बैठकमा वडाध्यक्षहरूले राहत वितरणको क्रममा महानगरपालिकाको नाम गौण गरेर नगरप्रमुखले आफ्नो नाम मात्र प्रचारप्रसार गराएको भनेर आपत्ति जनाएका थिए। उनीहरूले नगरपालिकाबाट वितरण गरिएको राहत पर्याप्त नभएको बताएका थिए। बैठकमा नगरप्रमुख सरावगीले सूची तयार गर्ने, १५ दिनको लागि आवश्यक सामग्रीहरू माग गर्ने र सो सामग्री महानगरपालिकाले वडालाई उपलब्ध गराइ वडास्तरबाट वितरण गर्नुपर्ने बताए।
महानगरपालिकाले केही दिनअघि राहत वितरण शुरू गरेको हो। नगरप्रमुख सरावगीले तीनवटा वडामा आपैंm पुगेर राहत वितरण गरेपछि त्यसपछि केही वडाध्यक्षहरूले राहत सामग्री अपुग भएर फिर्ता गरेपछि कर्मचारीको सहयोगमा हेल्पलाइन स्थापना गरेर वितरण शुरू गरेका थिए। सो कार्यको पनि वडाध्यक्षहरूले आजको बैठकमा विरोध गरे।
सबैको सहयोग र सहकार्यमा विपद्विरुद्धको अभियान गर्दा राम्रो हुने उनीहरूको सुझावलाई नगरप्रमुखले स्वीकार्दै वडास्तरबाट राहत वितरण गर्ने कुरामा प्रतिबद्धता जाहेर गरेका थिए।