प्रस, पोखरिया, १७ चैत/
पोखरिया नगरपालिकाको सोमवार बसेको आकस्मिक बैठकले लकडाउनको अवधिमा तरकारी, खाद्यवस्तुलगायतका सामग्री वडास्तरबाटै बिक्री वितरण गर्ने निर्णय गरेको छ।
पोखरिया नपाका नगरप्रमुख दीपनारायण रौनियारको अध्यक्ष्Fतामा बसेको बैठकले लकडाउनको अवधिमा सबै वडाध्यक्ष्Fलाई आआफ्नो वडामा तरकारी, खाद्यवस्तुलगायतका सामग्री आमजनतालाई उपलब्ध गराउने गरी व्यवस्थापन गर्न अधिकार प्रत्यारोपण गरेको छ। यसैगरी, बैठकले एउटा वडाबाट अर्को वडामा यी सबै वस्तु खरीदका लागि मानिसहरू ओहरदोहर गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन वडाध्यक्षहरूलाई सक्रियता देखाउन भनेको छ। बैठकले यसका लागि वडास्तरमा रु १ लाख विनियोजन गरेको छ। सचेतना कार्यक्रम र गरीब, विपन्न परिवारलाई राहत वितरणका लागि १/१ लाख रुपैयाँ प्रत्येक वडामा पठाउने निर्णय गरिएको नगरप्रमुख रौनियारले बताए।
यसैगरी, कोरोना भाइरस सङ्क्रमणविरुद्ध अभियानमा आकस्मिक खर्चको लागि कल्याण कोषको स्थापना गरिएको छ। कोषमा नगरप्रमुख र उपप्रमुखले रु २१/२१ हजार सहयोग गरेका छन्। उनीहरूले कोष वृद्धिका लागि सबैलाई सहयोग गर्न अपील पनि गरेका छन्।