उमाशङ्कर द्विवेदी
शरणार्थीहरूको करुण क्रन्दन सुनेर कर्णले भने– ‘वीरहरू हो न तर्स’ भन्दै अर्जुनको सामना गर्न अगि आए । कर्ण अस्त्रशस्त्रहरूमा श्रेष्ठ थिए, उनले आग्नेयास्त्रको सन्धान गरे तर अर्जुनले त्यसलाई शान्त पारिदिए । यसै प्रकार कर्णले पनि अर्जुनका तेजस्वी बाणहरूलाई आप्mनो अस्त्रबाट निवारण गरेर बाणवर्षा गर्दै सिंहनाद गरे। अनि धृष्टद्युम्न, भीम र सात्यकि पनि त्यहाँ पुगेर कर्णलाई आप्mनो बाणबाट व्यथित पार्न थाले । कर्णले पनि तीनवटा बाण हानेर ती तीनै वीरहरूको धनुषलाई काटिदिए । उनीहरूले कर्णमाथि शक्तिहरूको प्रहार गरेर सिंहभैंm गर्जना गर्न थाले । कर्णले पनि तीन/तीन वटा बाण हानेर ती शक्तिहरूलाई नष्ट पारी अर्जुनमाथि बाणवर्षा गर्दै गर्जना गर्न थाले । यो हेरेर अर्जुनले सातवटा बाण हानेर कर्णलाई घाइते पारी उनको भाइलाई मारिदिए, फेरि उनको अर्को भाइ शत्रुञ्जयलाई पनि छवटा बाण हानेर मारिदिए । त्यसपछि एउटा भाला हानेर विपाटको पनि टाउको गिंडेर रथबाट खसालिदिए । यस प्रकार कौरवहरूले हेर्दाहेर्दै कर्णको सामु नै उनका तीन भाइलाई मारेर खसाले ।
तदन्तर, भीमसेन पनि रथबाट हाम्फालेर आई तरबारबाट कर्णपक्षका पन्ध्र वीरलाई मारेर फेरि आप्mनो रथमा गई बसे । यसपछि अर्को धनुष लिएर उनले कर्णमाथि दशवटा तथा उनको सारथि र घोडाहरूमाथि पाँचवटा बाण हानेर घाइते पारिदिए । यसै प्रकार धृष्टद्युम्न पनि आप्mनो रथबाट ओर्लेर अगि बढी चन्द्रवर्मा र निषध देशका राजा बृहत्क्षत्रलाई मारेर पुनः रथमा आई बसे । फेरि अर्को धनुष हातमा लिएर उनले सिंहनाद गर्दै त्रिहत्तरीवटा बाण हानेर कर्णलाई घाइते तुल्याए । यसपछि सात्यकिले पनि अर्को धनुष उचालेर चौसट्ठीवटा बाण हानी कर्णलाई घाइते पारेर सिंहभैंm गर्जना गर्न थाले । फेरि दुईटा बाण हानेर उनले कर्णको धनुषलाई काटिदिएर तीनवटा बाण कर्णको बाहु तथा छातीलाई ताकी प्रहार गरे ।
कर्ण सात्यकिरूपी समुद्रमा डुब्न लागेका थिए, त्यतिबेला दुर्योधन, द्रोणाचार्य र जयद्रथ आएर उनको प्राण रक्षा गरे । अनि त तपाईंको सेनाको सयकडौं पदाति, रथी र हात्तीसवार योद्धाहरू कर्णको रक्षाको लागि दौडिए । अर्कोतिर धृष्टद्युम्न, भीमसेन, अभिमन्यु, नकुल र सहदेवले सात्यकिको रक्षा गर्न थाले । यस प्रकार त्यहाँ समस्त धनुर्धरहरूको नाश गर्ने खालको महाभयानक सङ्ग्राम हुन थाल्यो । तपाईं र पाण्डवपक्षका वीरहरूमा प्राणको मोह त्यागेर युद्ध हुन थाल्यो । यत्तिकैमा सूर्य अस्ताचलतिर जान थाले । अनि दुवैतिरका थकित एवं रगताम्ये सेना एकअर्कालाई हेर्दाहेर्दै बिस्तारै आआप्mनो शिविरतर्पm फर्किए ।
सञ्जय भन्छन्– महाराज, त्यस दिन अमित तेजस्वी अर्जुनले हाम्रो सेनालाई पराजित गरेर युधिष्ठिरको रक्षा गरे र द्रोणाचार्यको सङ्कल्पलाई सिद्ध हुन दिएनन् । दुर्योधन शत्रुहरूको अभ्युदय हेरेर उदास र कुपित भइरहेका थिए । अर्को दिन बिहानै सबै योद्धाको सामु प्रेम र अभिमानपूर्वक द्रोणाचार्यसित भने–द्विजवर, निश्चय नै हामीहरू तपाईंका शत्रुमध्येका नै हौं र त तपाईंले हिजो युधिष्ठिर नजीक आइपुग्दा पनि उसलाई कैद गर्नुभएन । शत्रु तपाईंको सामु आइपुगेमा तपाईंले उसलाई समात्न चाहेमा सम्पूर्ण देउतालाई साथमा राखेर पनि पाण्डवहरूले तपाईंबाट उसको रक्षा गर्न सक्दैनन् । तपाईंले प्रसन्न भई मलाई यस्तो वरदान त प्रदान गर्नुभयो तर त्यसलाई पूर्ण गर्नुभएन ।
दुर्योधनले यस्तो भनेपछि आचार्य द्रोणले अलिक खिन्न भएर भने– राजन्, तिमीले यस्तो सोच्नुहुँदैन । म त सदैव तिम्रो प्रिय नै गर्ने चेष्टा गर्दछु तर के गर्ने ? अर्जुनले रक्षा गर्छन्, उसलाई देउता, असुर, गन्धर्व, राक्षस, सर्प तथा सम्पूर्ण लोक पनि जित्न सक्दैन । जहाँ विश्वविधाता भगवान् श्रीकृष्ण र अर्जुन छन्, त्यहाँ शङ्करबाहेक अन्य कसको बलले काम दिन सक्छ ? बाबु, यतिबेला तिमीसित सत्य भन्दैछु, यो कदापि अन्यथा हुन सक्दैन– आज, पाण्डवपक्षको एउटा श्रेष्ठ महारथीको नाश गर्नेछु । आज त्यो व्यूहको रचना गर्नेछु, जसको देउताहरूले पनि भेदन गर्न सक्नेछैनन् तर अर्जुनलाई तिमीले कुनै पनि उपाय लगाएर अन्यत्र पन्छाऊ । युद्धविषयक कुनै पनि कला यस्तो छैन, जसबारे अर्जुनलाई थाहा छैन अथवा त्यसलाई फत्ते गर्न सक्दैनन् । उनले युद्धको सम्पूर्ण विज्ञान मबाट तथा अन्यबाट थाहा पाइसकेका छन् ।
द्रोणले यस्तो भन्नेबित्तिकै संशप्तकहरूले अर्जुनलाई पुनः युद्धको लागि हाँक दिंदै उनलाई दक्षिणतर्पm लिएर गए । त्यतिबेला अर्जुनका शत्रुहरूको साथ यस्तो युद्ध भयो जस्तो पहिले कहिले पनि न त देखिएको थियो, न त सुनिएको थियो । महाराज, यता आचार्य द्रोणले चक्रव्यूहको निर्माण गरे । त्यसमा उनले इन्द्रको समान पराक्रमी राजाहरूलाई सामेल गरे र त्यसको किनारमा सूर्यको समान तेजस्वी राजकुमारहरूलाई उभ्याए । राजा दुर्योधन त्यसको मध्यभागमा उभिए, उनको साथमा महारथी कर्ण, कृपाचार्य र दुःशासन थिए । व्यूहको अग्रभागमा द्रोणाचार्य र जयद्रथ उभिएका थिए, जयद्रथको छेउमा अश्वत्थामाको साथ तपाईंका तीसजना पुत्र, शकुनि, शल्य र भूरिश्रवा उभिएका थिए । तदन्तर कौरव र पाण्डवमा मृत्युलाई नै विश्राम ठानी तुमुल र रोमाञ्चकारी युद्ध थालिहाल्यो ।
द्रोणाचार्यद्वारा सुरक्षित त्यस दुद्र्धर्ष व्यूहमाथि भीमसेनलाई अगि पारी पाण्डवहरूले आक्रमण गरे । सात्यकि, चेकितान, धृष्टद्युम्न, कुन्तिभोज, दु्रपद, अभिमन्यु, क्षत्रवर्मा, बृहत्क्षत्र, चेदिराज, धृष्टकेतु, नकुल, सहदेव, घटोत्कच, युधामन्यु, शिखण्डी, उत्तमौजा, विराट, द्रौपदीका पुत्रहरू, शिशुपालको पुत्र, केकय राजकुमार र हजारौं सृञ्जयवंशी क्षत्रियहरू तथा अन्य पनि धेरै रणोन्मत्त योद्धाहरू युद्ध गर्नाको इच्छाले अनायास द्रोणाचार्यमाथि जाइलागे । उनीहरूलाई आपूmनजीक आइपुगेको हेरेर पनि आचार्य अलिकति पनि आत्तिएनन्, उनले बाणवर्षा गरेर ती जम्मै वीरलाई अगि बढ्न रोकिदिए । क्रमशः...