यताका दिनमा प्रहरीका उच्चपदस्थहरूले राजनीतिक नेताहरूको सिको गर्दै प्रहरीलाई जनमैत्री जनाउन विभिन्न थरीका नारा चलाए । कहिले ‘मुस्कान प्रहरी’, कहिले ‘प्रहरी मेरो साथी’, कहिले ‘सामुदायिक प्रहरी’ त कहिले ‘प्रहरी–समुदाय साझेदारी’ । नामका लागि यी सबै कार्यक्रम आकर्षक र जनमैत्री छन् । तर मूलमा प्रहरीको मनोवृत्ति लकडाउनको अवसरमा छरपस्ट भएको छ । कुनै कामविशेषले, यहाँसम्म कि ग्यास खरीद गर्न गएका व्यक्तिलाई काँधमा सिलिन्डर बोकाइ निल–डाउन गरिएको दृश्य सामाजिक सञ्जाल तथा टेलिभिजनहरूमा भाइरल भइरहेको छ । यो एउटा कुरा भयो । आज विश्वको जुनसुकै पनि सरकारले आपूmलाई जनमैत्री भनाउन रुचाउँछ, आप्mना कार्यक्रमहरू त्यसैअनुरूप ल्याउने पनि गरेको छ । तर के सबै सरकारहरूको क्रियाकलाप जनमैत्री नै छन् त ? त्यसको प्रकटीकरण कोरोना त्रासले भएको लकडाउनको बेला देखिएको छ । नेपालको प्रहरीको चालामाला हामीले थाहा पायौं, भारतका सर्वशक्तिशाली प्रधानमन्त्रीले भने अहिलेको बेला अनिवार्य भएको लकडाउनबाट जनतालाई सास्ती भएको महसूस गरेर क्ष्Fमायाचना गरेका छन् । यद्यपि भारतीय सीमा क्ष्Fेत्रमा भने नेपालबाट काम गरेर फर्किरहेका भारतीय नागरिकलाई भारतीय सुरक्ष्Fाकर्मीहरूले देशभित्र छिर्न दिइरहेका छैनन् । भारतमा काम गरेर नेपाल फर्कन लागेका नेपाली हुन् वा नेपालमा काम गरेर भारत फर्कन लागेका भारतीय हुन्, दुवै विपरीत सीमामा बन्धकमा पारिएका छन् । आश्चर्यलाग्दो कुरो के भने अर्का देशका नागरिकलाई बन्धक बनाउनुको साटो दुवै मुलुकले आआप्mना नागरिकलाई बुझेर उनीहरूलाई क्वारेन्टाइनमा किन राख्न सक्दैनन् ?
नेपाली सीमावारि भारतीयहरूलाई क्वारेन्टाइन (अलपत्रावस्था)मा राखिएको छ, उता नेपालीहरूलाई भारतीय सीमा क्ष्Fेत्रमा क्वारेन्टाइनमा राखिएको छ । किन आआप्mनो नागरिक साटासाट गर्दैनन् र आप्mनै मुलुकमा राख्दैनन् ? यसले परस्पर विपरीत मुलुकको सीमा क्ष्Fेत्रमा बसेका नागरिकमा कुण्ठा हुन्छ र मनोविज्ञानका चिकित्सकहरूले भनेका पनि छन्, यस रोगसँग लड्न आत्मबल आवश्यक छ । के विपरीत देशको सीमा क्षेत्रमा अलपत्र पारिएका नागरिकहरूको यसरी आत्मबल बढ्न सक्छ ? जबकि नेपाल र भारतमा कोरोना सङ्क्रमण नगण्य छ । भारतजस्तो विशाल मुलुकमा भर्खरै हजारको सङ्ख्या नाघेका सङ्क्रमित देखिनु र ३२ जनाको मृत्यु हुनु अहिलेको अवस्थामा केही पनि होइन, नेपालमा त जम्माजम्मी पाँचजनामा, त्यो पनि बाहिरबाट आएका, सङ्क्रमण देखिनु र अहिलेसम्म कोरोना भाइरस लागेर मृत्यु भएको प्रमाणित नहुनुले यी दुवै मुलुकका आन्तरिक नागरिकमा रोगको सङ्क्रमण छैन नै भन्दा हुने अवस्था छ । तर पनि दुवै देश कतिसम्म सदाशयहीन छन् भने कर्णालीजस्तो दुरुह नदी पौडेर आएको आप्mनै नागरिकको फजिहत गर्न शान ठानिरहेका छन् र लछारपछार पारेर तक्मा जित्ने सुरमा रहेका देखिन्छन् ।
जर्मनीमा पनि कोरोनाको उच्च जोखिम छ । तर जर्मन सरकारले अतिप्रभावित इटाली र फ्रान्सबाट कोरोना पोजिटिभ बिरामीहरूलाई आप्mनै हवाईजहाज पठाएर आप्mनो देश ल्याइ उपचार गरिरहेको छ । मानवीयता भनेको त्यो पो त १ हामी नेपाली र भारतीयहरू जतिसुकै धक्कू लगाउँ, अन्तर्मनले आडम्बरी र परपीडक मात्र देखिएका छौं ।