विश्वराज अधिकारी
कृषि युगमा कृषि कार्य महŒवपूर्ण थियो किनभने त्यस युगमा बहुसङ्ख्यक व्यक्तिका लागि जीवनको आधार कृषि थियो । त्यस बेला एकथरी व्यक्ति भूमिको स्वामी थिए भने अर्काथरी भूमि मजदूर थिए । दुवैथरीका व्यक्तिका लागि कृषि क्षेत्र महŒवपूर्ण थियो । कृषि युगको एउटा अत्यन्तै ठूलो विशेषता पनि थियो। कृषि युगको विशेषता के थियो भने भूस्वामी र भूमजदूर उत्पादनको क्षेत्रमा दुवै आत्मनिर्भर थिए । जीवन निर्वाहका लागि आवश्यक सम्पूर्ण कुरा यी दुवै मिलेर कृषि क्षेत्रबाट उत्पादन गर्थे । कृषिमात्र जीवन निर्वाहको भरपर्दो स्रोत थियो । कृषिले गर्दा हरेक गाउँ वा क्षेत्र आत्मनिर्भर थियो । परिवार एवं व्यक्ति आत्मनिर्भर थिए । अर्को कुनै गाउँ वा पक्षको सहयोगविना गाउँहरू सजिलै जीवन निर्वाह गर्न सक्षम थिए । कृषि युगमा धन सृजना तीव्र गतिमा गर्न सरल नभए तापनि जीवन निर्वाह जटिल थिएन । जीवन धान्न अहिलेभन्दा निकै सजिलो थियो । स्वावलम्बन वा आत्मनिर्भरताले मानव सभ्यतालाई जटिल (जीवन निर्वाहका लागि जागीर पाउनु नै पर्ने) हुन दिएको थिएन । कृषि युगमा व्यक्तिले श्रम मात्र होइन आपूmलाई आवश्यक पर्ने अनेक किसिमका सेवा एवं वस्तुसमेत उत्पादन गर्थे । दैनिक जीवनमा प्रयोग हुने लगभग सम्पूर्ण वस्तु आफैं उत्पादन गर्थे ।
वर्तमान व्यापारिक युगले भने मानव जीवनलाई जटिल पारिदिएको छ । परनिर्भर तुल्याइदिएको छ । यो युगमा वहुसङ्ख्यक व्यक्तिले केवल श्रममात्र उत्पादन गर्छन् । आपूmसँग रहेको श्रम बिक्री गरेर आवश्यक पर्ने (सियोदेखि कारसम्म) सम्पूर्ण सामग्री खरिद गर्छन् । यो व्यापारिक युगमा व्यक्तिले केवल श्रम मात्र उत्पादन गर्छ । एउटा व्यक्तिले बजारबाट हजारौ किसिमका सामान खरीद गर्छ तर आश्चर्य तीमध्ये केही मात्र आफैं उत्पादन गर्छ । अर्थात् व्यक्तिले आपूmसँग भएको श्रम बिक्री गरेर जीवन निर्वाहका लागि चहिने सम्पूर्ण वस्तु खरीद गर्छ । यसरी यो अति व्यापारिक युगमा प्रत्येक व्यक्ति श्रम उत्पादन गर्न र त्यसलाई बिक्री गर्न बाध्य छ र यस्तो नगरे उसको जीवन निर्वाह कष्टप्रद हुन पुग्छ । अर्थात् यो अति व्यापारिक युगले परनिर्भरता वृद्धि गरिदिएको छ । हरेक व्यक्ति वस्तु वा सेवाका लागि अरूप्रति आश्रित छ । परनिर्भरता वर्तमान मानव संस्कृतिको विशेषता हुन पुगेको छ । यो राम्रो हो वा नराम्रो भन्न कठिन छ ।
यो अति व्यापारिक युगमा जीवन निर्वाहका लागि श्रम बिक्री अनिवार्य हुन पुगेको छ भने आप्mनो श्रम बिक्री गर्न प्रत्येक व्यक्तिले अनिवार्यरूपमा व्यापारमा संलग्न हुनुपरेको छ । अहिले कुनै पनि व्यक्तिका लागि व्यापारमा संलग्न हुनु स्वेच्छा नभएर अनिवार्यता हुन पुगेको छ । यस कारणले गर्दा अहिले हरेक व्यक्तिको लागि व्यापार जीवनको अभिन्न अङ्ग हुन पुगेको छ । हरेक व्यक्तिको लागि व्यापार सरोकारको विषय हुन पुगेको छ । त्यस्तो हुनु स्वाभाविक पनि छ किनभने आप्mनो श्रम बिक्री गर्न प्रत्येक व्यक्तिले व्यापार गर्नुपर्छ र श्रम बजारमा उपस्थित हुनैपर्छ ।
व्यापारमा हुने कुनै पनि सानो, ठूलो हलचलले व्यक्तिको जीवनलाई अहिले तत्काल र प्रत्यक्ष प्रभाव पार्दछ। उदाहरणका लागि, अहिले चीनबाट फैलिएको ‘कोरोना भाइरस’ ले व्यापारिक क्षेत्रमा ठूलो नकारात्मक असर पारेको छ। विश्वबजारमा यो रोगले कुन स्तरमा असर पार्नेछ भन्ने विषय अहिले विश्वभरिका मानिसका लागि चिन्ता र चासोको विषय बनेको छ ।
यसलाई विडम्वना नै मान्नुपर्छ कि जुन देशलाई ‘विश्वको गोदाम’ मानिन्छ त्यहाँबाट नै कोरोना भाइरस फैलिएको छ । अर्थात् चीन नै कोरोना भाइरसको उद्गमस्थल हुन पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था चीन अहिले कोरोना भाइरसको चपेटमा परेर आर्थिक मन्दीको नजीकनजीक पुग्न थालेको आभास हुन थालेको छ । यो आलेख तयार पार्दासम्म चीनमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८० हजार १ सय ५१ हुन पुगेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या २ हजार ९ सय ४४ । कोरोना भाइरसले दौडिरहेको चिनियाँ अर्थ व्यवस्थालाई उभिएको स्थितिमा पु¥याइदिएको छ ।
कोरोना भाइरसको विस्तारले आर्थिक क्षेत्रमा सर्वाधिक चीनलाई प्रभाव पार्ने भए तापनि यसको प्रभावबाट उन्मुक्ति पाउने स्थितिमा जापान, अमेरिका, क्यानाडा, युरोपियन युनियन लगायत विश्वका अन्य विभिन्न मुलुक पनि छैनन् । कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा पर्ने नकारात्मक प्रभाव कम पार्न कतिपय राष्ट्रले तयारी पनि थालिसकेका छन् ।
कोरोना भाइरसले उत्पन्न गरेको बजार अनिश्चितताको सामना गर्न अमेरिकाको केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ले केही दिन पहिले मात्र ब्याज दरमा कमी ल्याएको छ । ब्याजदरलाई १.७५ प्रतिशतबाट कम पारेर १.२५ प्रतिशत पारेको छ । घटेको ब्याजदरले गर्दा लगानीकर्ताहरू लगानी गर्न उत्साहित हुनेछन् र लगानीमा वृद्धि गर्नेछन् भन्ने आशा र उद्देश्यका साथ फेडेरल रिजर्भले त्यस्तो गरेको हो । फेडेरल रिजर्भको ब्याजदर घटाउने यो निर्णयलाई कोरोना भाइरसले उत्पन्न गर्न सक्ने आर्थिक मन्दी समाधानको लागि अमेरिकाले गरेको पूर्व तयारीको रूपमा लिन सकिन्छ । यो निर्णयले कोरोना भाइरसले मचाउन सक्ने उत्पातप्रति अमेरिकाको गम्भीर चासो र चिन्ता जाहेर गर्दछ ।
लुडोको खेलमा, भ¥याङबाट छोटो समयमा अति माथि (स्वर्ग) उक्लिएर टुप्पोमा पुग्नै लाग्दा सर्पले निलेर तल पु¥याइदिएझैं कोरोना भाइरसको समस्याले चीनको अति माथि पुगेको अर्थतन्त्रलाई एकैपटक तल झारिदिने हो कि भन्ने चिन्ता चिनियाँहरूमा फैलिएको हुनुपर्छ । हुन पनि अहिले चीनको व्यापार अति अन्तर्राष्ट्रियकरण भएको छ र यस्तो स्थितिमा कोरोना भाइरसको यथार्थ स्थितिले भन्दा ‘मनोवैज्ञानिक’ स्थितिले चीनको बजार बढी प्रभावित हुने देखिन्छ । कोरोना भाइरसप्रतिको फैलिंदो विश्वव्यापी मनोवैज्ञानिक प्रभावले चीनको उत्पादन क्षेत्र, निर्यात एवं आयात निकै प्रभावित हुने देखिन्छ । कोरोना भाइरसले स्वास्थ्य र मनोविज्ञानमा पार्ने असर एक वर्षभन्दा बढी भएमा चीनको आर्थिक स्थिति नाजुक हुने पक्का छ । लम्बियो भने लुडोको खेलको स्थिति हुन सक्नेछ ।
कोरोना भाइरसले उत्पन्न गर्ने सक्ने आर्थिक मन्दीले विश्वका अन्य मुलुकहरूलाई पनि प्रभावित गर्नेछ किनभने संसारका विभिन्न मुलुकहरूसँग चीनको राम्रो व्यापारिक समझदारी छ । विश्वका विभिन्न मुलुकहरू जस्तै अमेरिका, क्यानाडा, युरोपियन युनियन आदिले ठूलो परिमाणमा चीनबाट आयात गर्छन् । चीनबाट आयात गर्दा वस्तुहरू सस्तोमा खरीद गर्न सकिने भएको हुनाले ती मुलुकहरूले ठूलो परिमाणमा खरीद (आयात) गरेका हुन् । यो कारणले गर्दा चीन आधुनिक विश्व अर्थ व्यवस्थाको ‘गोदामघर’ हुन पुगेको हो ।
अर्काेतिर चीन आपूmले पनि ठूलो परिमाणमा विभिन्न मुलुकहरूबाट आयात गर्छ । कोरोना भाइरस त्रासले चीनको आयात व्यापार नराम्ररी प्रभावित हुन सक्छ ।
कोरोना भाइरसको त्रासले विश्व अर्थ व्यवस्थालाई तहसनहस नपार्ला भन्न सकिंदैन । दक्षिण कोरिया, इरान, इटाली, जापान, अमेरिका, फ्रान्स, हड्ढङ, थाइल्यान्ड, ताइवान, अस्ट्रेलियालगायत झन्डै चालीसौं मुलुकमा कोरोना भाइरसले विभिन्न व्यक्तिको ज्यान लिसकेको छ । साथै अन्य विभिन्न मुलुकका बासिन्दालाई सङ्क्रमित पारेको छ । यो रोगको बिरामीको सङ्ख्या वृद्धि हुनुका साथै यसले आर्थिक क्षेत्रमा अनिश्चितता पनि बढाउँदै लगेको छ ।
कोरोना भाइरसको यथार्थ एवं त्रासको असर नेपालमा कस्तो पर्ला ? यो प्रश्नको उत्तर निकै महŒवपूर्ण छ । कोरोना भाइरसले नेपालको व्यापारिक क्षेत्रको पर्यटन उद्योगमा ठूलो प्रभाव पार्ने निश्चित छ । यस रोगका कारण चीनबाट मात्र होइन, अन्य मलुकबाट पनि नेपाल भ्रमणका लागि आउने यात्रुहरूको सङ्ख्यामा ठूलो कमी हुनेछ । नेपालले पर्यटन क्षेत्रबाट राम्रो आम्दानी गर्दछ । यदि पर्यटन क्षेत्र कोरोना भाइरसको कारण सुस्त हुन पुगेमा नेपालमा धेरैले रोजगार र राम्रो आम्दानी गुमाउने छन् । यसैगरी नेपालमा चीनबाट आयात हुने वस्तुहरूको परिमाण र सङ्ख्यामा पनि कमी हुनेछ जसले गर्दा बजार भाउमा वृद्धि हुन सक्छ किनभने नेपालमा ठूलो परिमाणमा चीनबाट विभिन्न सामग्री आयात हुन्छ । आजभोलि चीनबाट तरकारी, फलपूmलसमेत आयात हुने गरेको छ । चिनियाँ वस्तुको नेपाली बजारमा कमी हुनासाथ मूल्य वृद्धि हुनेछ र त्यो मूल्य वृद्धि रोक्न सक्ने नेपालसँग क्षमता छैन, किनभने नेपाल आपूmले ज्यादै कम वस्तु उत्पादन गर्छ र ठूलो परिमाणमा विभिन्न देशहरूबाट आयात गर्छ ।
कोरोना भाइरसको चिन्ताले गर्दा नेपालीहरू अध्ययनका लागि चीन जान हध्कने छन् । यो स्थितिले पनि नेपालको बजारमा अप्रत्यक्ष नकारात्मक प्रभाव पर्नेछ । केही कारोबारमा मन्दी आउने छ ।
कोरोना भाइरसको प्रकोप चीनमा लम्बियो भने त्यसले नेपालको बजारलाई ठूलो आर्थिक क्षति पु¥याउने छ। कोरोना भाइरसले नेपालका बजारहरूमा पार्न सक्ने आर्थिक कुप्रभाव कम गर्न जनता र सरकार दुवै सक्रिय हुनु आवश्यक छ । सरकार एवं जनता दुवैले अहिलेदेखि विशेष तयारी गर्न आवश्यक छ ।
कोरोना–सङ्कटको सामना गर्न नेपालले उत्पादनमा वृद्धि गर्नु आवश्यक छ । यो सङ्कटलाई गम्भीरतापूर्वक लिएर जनता एवं सरकारले उत्पादनमा वृद्धि ल्याउन के कस्ता योजना एवं कार्यक्रम ल्याउने हो, गम्भीर भएर सोच्न जरूरी छ । नेपालले, मुख्यगरी कृषि उत्पादन वृद्धि गर्न आवश्यक छ । नेपालको तीनै तहका सरकारहरूले यस सङ्कटबारे सोच्न आवश्यक छ । यो सामान्य समस्या होइन ।