Posts

Showing posts from March, 2020

केही ठाउँमा तरकारी बिक्रीको व्यवस्थापन हुन सकेन लकडाउन बिस्तारै खुकुलो हुँदै

प्रस, वीरगंज, १८ चैत/     लकडाउनको समयमा खाद्यान्न, तरकारी, दूध, औषधिलगायतका अत्यावश्यक वस्तुहरूको अभाव नहोस् भनेर स्थानीय प्रशासनले समयतालिका र स्थानहरू निर्धारण गरेपनि ठाउँ–ठाउँका तरकारी बजारमा विवाद देखिएको छ।     स्थानीय प्रशासनले तरकारी बिक्रीको लागि बिहान ५ देखि ९ बजेसम्म समयसीमा निर्धारण गरेको छ। यसैगरी, खुला ठाउँमा तरकारी बिक्री बन्द गरेर छपकैया सामुदायिक सेवा केन्द्र, त्रिजुद्ध मावि, सामुदायिक सेवा केन्द्र कुम्हालटोल, नगवा, मीनाबजार, श्रीपुर मुर्लीलगायतका स्थानमा तरकारी बिक्रीको लागि ठाउँ तोकिएकोमा केही ठाउँमा विवाद उत्पन्न भएको छ।     माईस्थान, मीनाबजारमा मापदण्डविरुद्ध मानिसहरूको अचाक्ली भीड भएपछि त्यहाँ तरकारी बिक्रीमा रोक लगाइएको छ। त्यहाँ बिक्री हुने तरकारी माईस्थान विद्यापीठअगाडि दैनिक लाग्न थालेको छ। सो स्थानमा प्रहरीले तरकारी विक्रेतालाई लखेट्ने र पुनः बिक्री गर्ने प्रक्रिया केही दिनदेखि जारी छ।     वडाध्यक्ष धु्रव नेपालले मानिसहरूको भीड भएपछि मीनाबजार र माईस्थानमा लाग्ने तरकारी बजारमा प्रहरीले रोक लगाएको बताए। उनले भीड नियन्त्रण गर्न प्रहरीले त्यसो गरेको बताए पनि

सिमरामा प्रदेशकै नमूना आइसोलेशन वार्ड

Image
प्रस, परवानीपुर, १८ चैत/     कोरोना सङ्क्रमितको सहज किसिमले उपचार गर्न बारा, सिमरामा प्रदेशकै नमूना आइसोलेशन वार्ड तथा क्वारेन्टाइन निर्माण भएको छ।     जीतपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्ण पौडेलको पहलमा तराई यातायातको भवननजीक पुरानो गार्मेन्ट उद्योग परिसरमा ४० शैøयाको आइसोलेशन वार्ड र ६० शैøयाको क्वारेन्टाइन स्थापना गरिएको छ।     कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि चिकित्सकीय सल्लाहमा सिमरामा क्वारेन्टाइन र आइसोलेशन वार्ड बनाइएको नगरप्रमुख डा पौडेलले बताए। सिमरामा निर्माण गरिएको आइसोलेशन वार्डको निरीक्षण गरेका वीरगंजका नगरप्रमुख विजयकुमार सरावगीले पनि प्रशंसा गरेका छन्।     सो क्वारेन्टाइन सुविधायुक्त र चिकित्सकसहितको खानपिनको व्यवस्था गरिएको छ। जीतपुरसिमरा उपमहानगरले कोरोनाविरुद्ध लड्न रु ५० लाखको विपद् कोष खडा गरेको छ।     बाराको कलैया अस्पतालमा कतारबाट आएका दुईजना र ओमानबाट आएका एकजनालाई आइसोलेशन वार्डमा राखिएको छ। यसैगरी, जीतपुरसिमरा घर भई भारत र तेस्रो मुलुकबाट आएका ४५ जनालाई जीतपुरसिमरा उपमहानगरले रेकर्ड राखी सेल्फ क्वारेन्टाइनमा पठाएकोे जनाएको छ।

रौतहटको क्वारेन्टाइनमा ९८ जना

प्रस, रौतहट, १८ चैत/     रौतहट जिल्लाभरि क्वारेन्टाइनमा ९८ जनालाई राखिएको छ । कटहरिया जनता माविमा सञ्चालित क्वारेन्टाइनमा २८ जना छन् ।     भारतलगायत वैदेशिक रोजगारबाट फर्किएका २८ जनालाई यो ठाउँको क्वारेन्टाइनमा राखिएको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताए ।     यसैगरी, जिल्लाको ईशनाथ, राजपुर, गौर, चन्द्रपुरलगायत १५ स्थानमा स्थापित क्वारेन्टाइनमा ९८ जना उपचारार्थ भर्ना भएको रौतहटका प्रहरी प्रवक्ता प्रनाउ भरत श्रेष्ठले बताए ।     यसैगरी, चन्द्रपुरको दुई स्थानमा आइसोलेशन कक्ष सञ्चालनमा रहेको छ । रौतहटबाट तीनजनाको स्वाब टेस्ट गरिएको र तीनैजनाको नेगेटिभ रिपोर्ट आएको प्रजिअ वासुदेव घिमिरेले बताए ।     यसैगरी, कटहरिया नगरपालिकास्थित मावि भवनमा सय शैøयाको क्वारेन्टाइन सञ्चालनमा रहेको नगरप्रमुख सियाराम कुशवाहाले बताए । पिपिईसहित तत्काल १० स्वास्थ्यकर्मीद्वारा क्वारेन्टाइन सञ्चालनमा आएको डा लक्ष्मण गुप्ताले जानकारी गराएका छन् ।     मौलापुर नगरपालिकामा २० शैøयाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । त्यहाँ पनि चिकित्सकको नेतृत्वमा एक दर्जन स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य संयोजक सुरेन्द्र रौनियारले ब

बँदेल आक्रमणः चारजना घाइते

   प्रस, ठोरी, १८ चैत/     पर्सा जिल्लासँग जोडिएको चितवनको माडी अम्बाबासमा बँदेलको आक्रमणबाट चारजना घाइते भएका छन् ।     मङ्गलवार बिहान सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको बँदेलले पूर्णबहादुर विक, मीनमाया मगरलगायत चारजना घाइते गरेको हो । उनीहरूलाई उपचारको लागि चितवन लगिएको छ । बँदेलको आक्रमणबाट उनीहरूको अत्यधिक रक्तस्राव भएकाले एम्बुलेन्सबाट चितवनको भरतपुर लगिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख नारायण रूपाखेतीले निकुञ्ज रक्षक सेना परिचालित गरेर बँदेलको व्यवस्थापन गरिने बताए ।

मुसहर बस्तीमा मास्क र हात धुने साबुन वितरण

Image
प्रस, धनुषा, १८ चैत/     भोर अनुसन्धानमा आधारित अभियान तथा परोपकारी संस्थाले प्रदेश २, धनुषा जिल्ला, सबैला नगरपालिका–१२ बडकुर्वामा १०० घर मुसहर परिवारलाई ५०० मास्क र २०० हात धुने साबुन वितरण गरेको छ । केही मुस्लिम परिवारलाई पनि मास्क र साबुन वितरण गरिएको छ । विश्वव्यापी कोरोना महामारी पैmलिएको बेला मुसहर समुदायमा हिजोसम्म मास्क पुग्न सकेको थिएन । आज मात्रै मुसहर समुदायका १०० घरपरिवारले मास्क र साबुन प्राप्त गरेका हुन् ।     वितरण गर्नुअघि सबैला नगरपालिका–१२ रघुनाथपुरको वडा कार्यालयमा वडाध्यक्ष प्रदीप महतो, भोरको तर्पmबाट सरोजप्रसाद दुलाल, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दीप कुँवरलगायतको रोहबरमा बैठक बसी अति गरीब र दैनिक ज्याला–मजदूरी गरी जीवनयापन गर्ने बडकुर्वाका ८० दलित परिवारलाई स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने निर्णय अनुसार सो वडामा वितरण गरिएको थियो ।     कोरोना भाइरसबाट बच्न साबुनपानीले मिचिमिची हात धुनुपर्ने र मास्क लगाइ कम्तीमा ३ फिटको दूरीमा बस्नुपर्ने कुरा प्रचारप्रसार भइरहेका बेला पनि यी दलित मुसहरको घरमा न साबुन हुन्छ, न मिचिमिची हात धुने बानी नै । त्यसैले सबै स्वस्थ

किसानलाई अवरोध नपु¥याउन सांसद यादवको आग्रह

प्रस, वीरगंज, १८ चैत/     सङ्घीय सांसद प्रदीप यादवले किसानको खेती किसानीमा बाधा–अवरोध नगर्न आग्रह गरेका छन्। कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणको महामारीको मुखमा छौं भने भोलिका लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हेक्का राख्नुपर्छ भन्दै उनले अहिले खेतमा गहुँ, दलहन र तेलहन पाकेर भिœयाउने बेला भएकोले उनले अवरोध नगर्न भनेका हुन्।     “देश र दुनियाँ अहिले विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरसको चपेटमा परेको बेला सरकारले पहिले एक साताको लागि देश लकडाउन ग¥यो र त्यसलाई थप एक हप्ता बढाएको छ, जुन आवश्यक छ।     यसक्रममा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको अभाव नहोस् भनेर आपूर्ति व्यवस्था मिलाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले पुग–अपुग प्रयास गरिरहेका छन्,” सांसद यादवले भने, “तर यसबीच गाउँका किसानहरूको खेती किसानीमा बाधा–अवरोध पु¥याएको गुनासो प्राप्त भएको छ। अन्न उत्पादन गर्ने किसानको काममा बाधा नपुगोस् भनेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सुरक्षा बल तथा सबै स्थानीय तहको ध्यानाकर्षण गराउन चाहन्छु।”

खाद्यान्न, औषधि उद्योगहरू बन्द हुने अवस्थामा

प्रस, परवानीपुर, १८ चैत/     सरकारले खाद्यान्न तथा औषधिको उत्पादन नियमित गर्न खाद्यान्न तथा औषधि उद्योगलाई २४सैं घण्टा चलाउन भने तापनि वीरगंज–पथलैया औद्योगिक कोरिडोरका औषधि, दाना, खाद्यान्न उद्योगहरूमा उत्पादन सहजरूपमा हुन सकिरहेको छैन।     उद्योग सञ्चालन गर्न अन्य सहायक कुरा धेरै हुन्छन्, जसको अभावमा उद्योग चलाउन असम्भव हुन्छ।     “उद्योग मजदूरले चलाउँछन्, अहिले अधिकांश मजदूर डराएका छन्, सुरक्षाकर्मीका कारण उद्योगमा मजदूरहरूको सहज पहुँचको वातावरण छैन,” चाचान समूहका सज्जन अग्रवालले भने, “उद्योगमा कच्चा पदार्थ पनि सहजरूपमा आइरहेको छैन, बजारमा उत्पादन गएको छैन। यस्तो अवस्थामा पूर्णरूपमा उद्योग सञ्चालन कसरी हुन सक्छ ?”     उद्योगी अग्रवालले दिन प्रतिदिन उद्योगको उत्पादन घट्दै गएको बताउँदै उद्योगको उत्पादन एक सिफ्टमा झरेको बताए। तीन सिफ्टमा सञ्चालन हुने उत्पादन कार्य अहिले एक सिफ्टमा झरेकोले उद्योग चलाउन गा¥हो छ, उद्योगी अग्रवालको भनाइ थियो।     चामल, तेल, दाल, दाना, पीठोलगायतका खाद्यसामग्री उत्पादन गर्ने रूँगटा समूहका उद्योग पनि आंशिकरूपमा मात्र चलेको उनले बताए। उद्योगको उत्पादन ७० प्रति

वीरगंज–रक्सौलमा चैते छठ सम्पन्न

Image
प्रस, वीरगंज, १८ चैत/     उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैते छठ मङ्गलवार बिहान सम्पन्न भएको छ । यसपटक कोरोना भाइरस सङ्क्रमणको त्रासको कारण चैते छठ सार्वजनिकरूपमा पोखरी तथा तलाउमा आयोजना नभएपछि व्रतालुहरूले घरमैं छठपूजा सम्पन्न गरेका थिए।     घरपरिवारका सदस्यहरू सहभागी भई घरमैं कृत्रिम तलाउ बनाइ छठपूजा सम्पन्न गरिएको थियो। पर्सा जिल्लाका विभिन्न स्थान, वीरगंज र भारत, रक्सौलमा सोमवार सँझियाघाट र मङ्गलवार बिहानीघाट घरकै तलाउमा अघ्र्य दिएर व्रतालुहरूले छठपूजा सम्पन्न गरे। पर्सा जिल्लाभरि यही अवस्था रह्यो। केही ठाउँमा मात्र थोरै सङ्ख्यामा मानिसहरू तलाउ, पोखरीमा सहभागी भएर छठपूजा गरे । वीरगंज महानगरमा छठव्रत गर्नेहरूले घरमैं पूजा गरी व्रतलाई सम्पन्न गरेका थिए। 

बारामा निषेधाज्ञा अवधि बढ्यो

प्रस, वीरगंज, १८ चैत/     जिल्ला प्रशासन कार्यालय, बाराले निषेधाज्ञा अवधि बढाएको छ ।     मङ्गलवार बिहान ६ बजेदेखि चैत २५ गते १२ बजेसम्म निषेधाज्ञाको समय बढाइएको जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।     सरकारले लकडाउन चैत ११ गतेदेखि लागू गरेपछि बारामा निषेधाज्ञा आदेश आज बिहान ६ बजेसम्मको लागि जारी गरेको थियो । सरकारले लकडाउन अवधि थप गरेर चैत २५ गते १२ बजे रातिसम्म पु¥याएपछि जिप्रका, बाराले पनि निषेधाज्ञा अवधिलाई सोही अनुसार बढाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले यसअघि निषेधाज्ञामा जारी गरिएका निषेधित काम गर्न नपाउने र तोकिए अनुसारको अत्यावश्यक वस्तुहरूको व्यवस्थापन सहज हुने बताए ।

प्रहरी मेरो साथी

    यताका दिनमा प्रहरीका उच्चपदस्थहरूले राजनीतिक नेताहरूको सिको गर्दै प्रहरीलाई जनमैत्री जनाउन विभिन्न थरीका नारा चलाए । कहिले ‘मुस्कान प्रहरी’, कहिले ‘प्रहरी मेरो साथी’, कहिले ‘सामुदायिक प्रहरी’ त कहिले ‘प्रहरी–समुदाय साझेदारी’ । नामका लागि यी सबै कार्यक्रम आकर्षक र जनमैत्री छन् । तर मूलमा प्रहरीको मनोवृत्ति लकडाउनको अवसरमा छरपस्ट भएको छ । कुनै कामविशेषले, यहाँसम्म कि ग्यास खरीद गर्न गएका व्यक्तिलाई काँधमा सिलिन्डर बोकाइ निल–डाउन गरिएको दृश्य सामाजिक सञ्जाल तथा  टेलिभिजनहरूमा भाइरल भइरहेको छ । यो एउटा कुरा भयो । आज विश्वको जुनसुकै पनि सरकारले आपूmलाई जनमैत्री भनाउन रुचाउँछ, आप्mना कार्यक्रमहरू त्यसैअनुरूप ल्याउने पनि गरेको छ । तर के सबै सरकारहरूको क्रियाकलाप जनमैत्री नै छन् त ? त्यसको प्रकटीकरण कोरोना त्रासले भएको लकडाउनको बेला देखिएको छ । नेपालको प्रहरीको चालामाला हामीले थाहा पायौं, भारतका सर्वशक्तिशाली प्रधानमन्त्रीले भने अहिलेको बेला अनिवार्य भएको लकडाउनबाट जनतालाई सास्ती भएको महसूस गरेर क्ष्Fमायाचना गरेका छन् । यद्यपि भारतीय सीमा क्ष्Fेत्रमा भने नेपालबाट काम गरेर फर्किरहेका भारती

भारतीय बजेट र नेपाली बजारमा प्रभाव

Image
विनोद गुप्ता     भारतीय महावाणिज्य दूतावासले वीरगंजमा Key aspects of Indian union budget 2020-21; An opportunity for Nepalese Importers/Exporters and Investers शीर्षकमा आयोजना गरेको प्रस्तुतीकरण कार्यक्रममा डा दीपेन्द्र चौधरी र चार्टर्ड एकाउन्टेन्ट मुकेश साहले सविस्तार प्रस्तुतीकरण गर्नुभएको थियो । सङ्क्षेपमा यस प्रस्तुतीकरणबाट विश्वको ५औं ठूलो आर्थिक शक्तिको रूपमा रहेको भारत २०२४ सम्ममा ५ खर्ब डलरको आर्थिक शक्ति बन्ने बाटोमा अगाडि बढ्ने गरी यो बजेट प्रस्तुत भएको बुझिन्छ । वैदेशिक लगानी २०१४–१०१९ सम्म आइपुग्दा १९० अर्ब डलरबाट बढेर २८४ अर्ब हुन पुगेको र वर्तमानको ५ प्रतिशतको आर्थिक वृदिदर २०२०–२१ मा ६–६.५ प्रतिशत पुग्ने अपेक्षा राखिएको छ । तर यस प्रस्तुतीकरणको रोचक पक्ष मेरोलागि भने Opportunity for Nepalese Importers/exporters and Investers रहेकोमा त्यस शीर्षकमा प्रस्तोताले 1. Good opportunity for Nepalese students through : Study in India Scheme". 2. Export of Soya Fiber, Palm Oil, Footwear, Cigarettes, Agro based Animal Product would decrease due to increase in custom duty &am

८ सय वर्ष पुरानो रहस्यमय चर्च

Image
      यो चर्चलाई लालिबेला चर्च भनिन्छ, जुन इथियोपियाको लालिबेला शहरमा छ । यहाँ कुल ११ यस्ता चर्च छन्, जुन चट्टानलाई काटेर निकै सुन्दरतापूर्वक बनाइएको छ । भनिन्छ, रातो र सुन्तला रङ्गको यो चट्टान ज्वालामुखी फुटेपछि त्यसको लाभाबाट बनाइएको हो । यो चर्चको निर्माण १२औं र १३औं सदीको बीचमा गरिएको थियो, यसलाई लालिबेला नामक राजाले बनाएका हुन्, जुन जाग्वे राजवंशका थिए । उनकै नामबाट शहरको नाम पनि लालिबेला भयो र चर्चलाई लालिबेला चर्च भनिन्छ ।     भनिन्छ, राजा लालिबेला चर्र्च बनाएर यस स्थानलाई अफ्रिकाको यरुशेलम बनाउन चाहन्थे । यरुशेलम इसाई धर्मको पवित्र तीर्थस्थल हो । यस शहरलाई इसा मसिहको कर्मभूमि मानिन्छ । यहाँ १५० भन्दा बढी चर्च छन् ।     एक अनुमान अनुसार चट्टानलाई काटेर चर्च बनाउन करीब २० वर्ष लागेको थियो । हतौडा र छेनीबाट चर्च बनाइएको थियो । यहाँको सबैभन्दा विशेष कुरा एउटा चर्चलाई अर्को चर्चसँग जोड्न चट्टानलाई काटेर सुरुङ पनि बनाइएको छ । यहाँ ११ वटा चर्चमध्ये ‘बेत अबा लिबानोस’ आप्mनो वास्तकुलाको लागि निकै चर्चित छ । यसलाई एउटा विशाल चट्टानको किनाराबाट काटेर बनाइएको हो । यस चर्चको सबैभन्दा ठ

कोरोना भाइरसले संसारलाई स्वच्छता सिकाउँदैछ

Image
       नियमितरूपमा हात धुनु कीटाणु र सङ्क्रमण पैmलिनबाट रोक्ने सबैभन्दा राम्रो माध्यम हो, किनभने खानाबाट पैmलिने बिमारीमध्ये पचास प्रतिशत योगदान फोहर हातको हुन्छ । हाम्रो हातबाट नै फोहर, भोजनको माध्यमबाट शरीरभित्र पस्छ र रोग लाग्न थाल्छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले सल्लाह दिएको छ कि हातलाई साबुनपानीले १५ देखि २० सेकेन्डसम्म धुनुपर्छ, तर बढीजसो व्यक्ति बाथरूम गएपछि हातलाई करीब ६ सेकेन्डसम्म धुन्छन्, जबकि केवल पाँच प्रतिशत व्यक्तिले मात्र हात धुन १५ सेकेन्ड वा सोभन्दा बढी समय लगाउँछन् । यस जानकारीलाई वाटर डट ओआरजीमा पनि प्रकाशित गरिएको  छ र यो शोध जर्नल अफ एन्भायरमेन्ट हेल्थमा पनि प्रकाशित भएको छ ।     एउटा शोधमा दुनियाँभरका १९ प्रतिशत व्यक्ति अर्थात् हरेक पाँचमध्ये एकजना व्यक्ति शौच गरेपछि हात धुन साबुन उपयोग गर्छन्, जबकि दशजना व्यक्तिमध्ये एकजना व्यक्ति शौचपछि हात पनि धुँदैनन् । यसमा पुरुष महिलाभन्दा निकै अगाडि छ र अपेक्षाकृत सरसफाइ कम गर्छन् । शोध अनुसार पुरुषको आधा जनसङ्ख्या हात धुन साबुनको प्रयोग गर्छ जबकि १५ प्रतिशत पुरुषले हात पनि धुँदैनन् । त्यस्तै ७८ प्रतिश

३५ वटा ट्याङ्कर तेल भर्न रक्सौल प्रस्थान

Image
प्रस, परवानीपुर, १८ चैत/     वीरगंजको सीमावर्ती शहर रक्सौलमा तेल भर्न गइरहेको अवस्थामा मितेर पुलमा रोकिएका ३५ वटा ट्याङ्कर रक्सौल पुगेको छ। भारतीय अधिकारीको निर्देशनमा सोमवारको असहज अवस्थालाई मध्यनजर गर्दै रक्सौल कस्टमनजीक भारतीय सुरक्षाकर्मीहरूले तार जाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारीसाधन आवागमनमा रोक लगाएका थिए। मितेरी पुलमा फसेका करीब ३ सय भारतीयहरू रातिको समयमा भारत प्रवेश गरिसकेको अवस्थामा अतिआवश्यक वस्तु इन्धन लिन गएका गाडीलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म २ घण्टा मितेरी पुलमैं रोकेर राखिएको ट्याङ्करका चालकहरूले गुनासो गरेका छन्। नेपाल आयल निगम वीरगंजका प्रमुख रामकुमार न्यौपानेले हिजोको घटनाले मितेरी पुलमा केही घण्टा इन्धनको गाडीलाई अवरोध भए तापनि वीरगंजस्थित महावाणिज्य दूतवासको पहलमा भारतीय अधिकारीसँग वार्ता गरी अवरोध हटाइ गाडी प्रवेश गर्न दिने सहमति भइसकेको बताए।     गाडी रोकेर भारतीय सुरक्षाकर्मीले अलौंस्थित आइसिपी भन्सार नाकाबाट इन्धनका गाडी लैजान आग्रह गरेका थिए। तर मितेरी पुलबाट फर्केर आइसिपीको नाकाबाट घुमेर जाँदा एकतर्फी १६ किलोमिटरको दूरी बढ्ने

वीरगंज महानगरले वडालाई रु ५० हजार दिने

Image
प्रस, वीरगंज, १८ चैत/     वीरगंज महानगरपालिकाको मङ्गलवार बैठक सम्पन्न भएको छ। बैठकले ३२ वटै वडामा तत्कालका लागि रु ५० हजार प्रदान गर्ने निर्णय भएको एकजना बोर्ड सदस्यले बताए।     प्रदेश सरकारबाट आएको रु २५ लाख र महानगरपालिकाले रु २५ लाख गरी रु ५० लाखको कोष निर्माण भएको र सोही कोषबाट कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा खर्च गर्ने निर्णय भएको छ। बैठकले वडाबाट राहत पाउनेहरूको सूची तयार गर्ने र सोही सूची अनुसार वडाध्यक्ष, सदस्यहरूसहित सर्वदलीय संयन्त्र गठन गरेर राहत वितरण गर्ने निर्णय भएको छ। राहत वितरणमा राजनीतीकरण भएको नगरप्रमुख विजयकुमार सरावगीले गुनासो गरेपछि बैठकले वडास्तरमा सर्वदलीय संयन्त्रमार्पmत् राहत वितरण गर्न सुझाव दिएको छ।     बैठकमा वडाध्यक्षहरूले राहत वितरणको क्रममा महानगरपालिकाको नाम गौण गरेर नगरप्रमुखले आफ्नो नाम मात्र प्रचारप्रसार गराएको भनेर आपत्ति जनाएका थिए। उनीहरूले नगरपालिकाबाट वितरण गरिएको राहत पर्याप्त नभएको बताएका थिए। बैठकमा नगरप्रमुख सरावगीले सूची तयार गर्ने, १५ दिनको लागि आवश्यक सामग्रीहरू माग गर्ने र सो सामग्री महानगरपालिकाले वडालाई उपलब्ध गराइ वडास्त

ठाउँ–ठाउँमा निश्शुल्क भोजन

Image
प्रस, वीरगंज, १८ चैत/     लकडाउन अवधि बढेसँगै शहरमा निश्शुल्क भोजन, खाजाको व्यवस्था पनि हुँदैछ। नारायणी अस्पतालमा वडाध्यक्ष जगत साह कानू, औषधि व्यवसायी र चिकित्सकहरूको सहकार्यमा बिरामीका कुरुवाहरूलाई बिहान–बेलुका भोजनको व्यवस्था गर्दै हुँदै आएकोमा सो कार्यलाई निरन्तरता दिइएको छ।     वडाध्यक्ष कानूले सुरुआत आपूmबाट भएपनि अहिले सहयोगीहरूको सङ्ख्या बढिरहेकाले अहिले निजी खर्च नभको बताए । उनले सुरुआतमा आपूmले निजी खर्चमा कुरुवाहरूलाई बिहान–बेलुका भोजन गराएकोमा अहिले विभिन्न व्यक्तिहरूले सहयोग गरिरहेका र आपूmले श्रमदान मात्र गरिरहेको बताएका छन्। अस्पतालमा कुरुवाहरू मात्र होइन लकडाउनको सात दिन बितेपछि रिक्शाचालक, बटुवा र अप्ठेरोमा परेका मानिसहरू भोजनका लागि आउने गरेका कारण अहिले सङ्ख्या बढेको बताए । शुरूमा ११० जना बिरामीका कुरुवाबाट शुरू गरिएको निश्शुल्क भोजन अहिले दुई सयको हाराहारीमा पुगेको वडाध्यक्ष कानूले बताए।     उता वीरगंज बसपार्कमा एनके इन्टरनेशनलले त्यहाँ अलपत्र परेका चालक, सहचालकहरूलाई भोजन गराउँदै आएको छ। सातौं दिनसम्म अलपत्र परेकाहरूलाई भोजन गराइएको एनके इन्टरनेशनलका प्रबन्ध

२०७६ चैत १९ गते बुधवारको प्रतीक दैनिक

Image

२०७६ चैत १८ गते मËलवारको प्रतीक दैनिक

Image

सीमा प्रवेश गर्न खोज्दा भारतीयहरू रोकिए, लकडाउनमा दुवैतर्पmका प्रहरी लापर्बाह

Image
प्रस, वीरगंज, १७ चैत/     नेपालको पर्सा जिल्लासँग भारतको सीमा जोडिएका क्ष्Fेत्रमा लकडाउनको अवधिमा दुवैतर्पmका प्रहरी प्रशासन गैरजिम्मेवार देखिएका छन्।     नेपालमा चैत ११ गतेदेखि लकडाउन शुरू भएको अवस्थामा भारतमा रहेका नेपालीहरूलाई भारतीय प्रहरीले खुला सीमाबाट सहज प्रवेश गर्न छुट दिएको थियो। भारतका विभिन्न स्थानमा बसेका नेपालीहरू लकडाउनको अवस्थामा नेपाल पस्दा भारतीय प्रहरीले सीमा क्षेत्रमा रोकेनन्। भारतीय प्रहरी प्रशासनले नेपालीहरूलाई सहज प्रवेश गराएको कारण अहिले भारतमा पनि लकडाउनको अवस्था हुँदा नेपाली प्रहरी प्रशासनले नेपालबाट भारत जाने भारतीयहरूलाई नजरअन्दाज गर्दै आएका छन्।     आइतवार बागलुङ र काठमाडौंबाट चारवटा बसमा आएका १३० जना भारतीय नागरिक सोही दिनदेखि सीमा क्षेत्रमा अड्किएर बसेका छन्। उनीहरूलाई भारतीय प्रहरीले प्रवेश गर्न दिएको छैन। उनीहरूसँग भारतीय भएको यथेष्ट प्रमाण छ तर लकडाउन भएको कारण सीमाबाट उनीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ।     यसैगरी, नेपालका विभिन्न स्थानबाट पैदल वीरगंज आएका भारतीयहरू पनि अहिले सीमावर्ती क्षेत्र मितेरी पुलनिर अलपत्र छन्। सयौंको सङ्ख्यामा रहेका भार

जुवातास खेल्ने एघारजना पक्राउ

प्रस, पंचगावाँ, १७ चैत/     लकडाउनको समयमा समय बिताउन जुवातास खेलिरहेको अवस्थामा एघारजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।     जीराभवानी गाउँपालिका–५ सखुवनिया टोलको फूलबारीमा जुवातास खेलिरहेको सूचना प्रहरीले पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटेको प्रहरीले एघारजनालाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ।     पक्राउ पर्नेमा जीराभवानी गापा–५ बस्ने धर्मराज पञ्जियार, सुरेशप्रसाद थारू, विनोद चौधरी, विनय थारू, गोविन्द थारू, ओझैया थारू, शिवशङ्कर नुनिया, सूर्यनारायण पञ्जियार, हरिश्वरप्रसाद दहित, शिवजनक गौरो र वीरेन्द्र चौधरी रहेका छन्। उनीहरूको साथबाट ५७ हजार नगद बरामद भएको जिप्रका, पर्साले जनाएको छ।

राहत वितरण

Image
प्रस, पोखरिया, १७ चैत/     धोबिनी गाउँपालिकामा युवाहरूले सक्रियता देखाउँदै राहत वितरण गरेका छन्।     युवाहरू आपैंm सक्रिय भएर आफ्नो खर्चबाट तीस घरपरिवारलाई राहत वितरण गरेका हुन्। वडा नं. २ मा वडाका युवाहरू सन्तोष पटेल, ठग पटेल, राजन चौहान, किरण पटेलले तीस घरपरिवारलाई डेढ किलो भुजा, ६ किलो चामल, नुन–तेल सहयोग गरेका थिए। युवाहरूको यो कार्यमा प्रनानि वीरेन्द्र साहले सहयोगी भूमिका निर्वाह गरेका थिए। प्रस, सेढवा/     यसैगरी, राष्ट्रिय जनता पार्टी क्षेत्र नं. ४ का अध्यक्ष नेसार समानीले आइतवार जीराभवानी गाउँपालिका–१ बालुवाका जनतालाई मास्क र साबुन वितरण गरेका छन्।     अध्यक्ष समानीले घरदैंलो गर्दै सेनिटाइजरबाट हात धुन सिकाउँदै मास्क र साबुन वितरण गरेको बताए। प्रस, पंचगावाँ/     धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित जनसामुदायिक विकास केन्द्रले वडावासीलाई मास्क, साबुन र सेनिटाइजर वितरण गरेको छ।     केन्द्रका अध्यक्ष सन्तोष पटेलले स्थानीयलाई कोरोना भाइरस सङ्क्रमणबारे जानकारी गराउँदै मास्क, साबुन र सेनिटाइजर वितरण गरेको हरेन्द्र पटेलले जानकारी गराए।

कोरोनाको त्रासबीच चैतेछठ

Image
प्रस, पंचगावाँ, १७ चैत/     कोरोना भाइरसको त्रासमा तराईमा चैते छठ शुरू भएको छ। कोरोनाको त्रासको कारण यस वर्षको चैते छठ धेरै ठाउँमा प्रभावित भएको छ।     छठ व्रतालुहरूले छठ गर्न नदी, तलाउका घाटको सरसफाइ गरेका छन् । उनीहरूले छठघाटमा ३/४ फिटको दूरीमा पूजा गरेर चाँडै घर फर्किने बताएका छन्।     सखुवाप्रसौनी, पटेर्वासुगौली, पर्सागढी, बहुदरमाईलगायतका स्थानमा छठीमाताको सानो मूर्ति बनाएर महिलाहरूले छठव्रत शुरू गरेका छन्। सोमवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपर्व समापन गर्ने उनीहरूले बताएका छन्।

सुरक्षा अधिकारी र जनप्रतिनिधिबीच छलफल

Image
प्रस, वीरगंज, १७ चैत/     कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तीन जिल्लाका सुरक्ष्Fा अधिकारी र जनप्रतिनिधिबीच आइतवार छलफल भएको छ।     परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर वाहिनीले आयोजना गरेको छलफल कार्यक्रममा बारा, पर्सा र रौतहटका सेनाका पदाधिकारी, सुरक्ष्Fा प्रमुख, जनप्रतिनिधि, सरकारी अस्पतालका पदाधिकारीहरू सहभागी थिए। बैठकमा कोरोना भाइरस सङ्क्रमणको चुनौतीबारे छलफल भएको थियो।     नेपाली सेनाका वाहिनीपति अनुपजङ्ग थापाले सङ्क्रमण नियन्त्रण गर्न भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा जोड दिएका थिए।     वीरगंजका प्रमुख विजयकुमार सरावगीले सीमावर्ती तीन जिल्लामा विदेशबाट आएकाहरूको सूची सङ्कलन गर्नुपर्ने बताउँदै उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा क्वारेन्टाइन गर्नुपर्ने बताए। उनले आवश्यकता अनुसार सेनालाई ‘ब्याकअप’को रूपमा परिचालन गर्न जनपद तथा सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिहरूसँग छलफल भएको बताए । उनले स्वास्थ्यकर्मीहरूको जीवनबीमा र आवश्यक उपकरणको प्रबन्ध स्थानीय निकायले गर्न तयार रहेको बताए।

मन्त्रालयको निर्देशन प्रशासनले टेरेन

Image
प्रस, वीरगंज, १७ चैत/     कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यान्न तरकारी, दूध, फलफूल, माछामासु, अन्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुरा चल्लाको उत्पादन, बिक्री–वितरण सुचारु गर्ने प्रत्याभूति गर्न सम्बद्ध सबै मन्त्रालयमा आग्रह गरेपनि पर्सामा माछामासुको बिक्रीमा अघोषित रोक लगाइएको छ।     मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले यस्ता विषयमा कहींकतै व्यवधान आए वा अन्य कुनै समस्या परे सम्पर्क गर्न अनुरोध गरेपनि पर्सा जिल्लाका प्रहरी प्रशासनले मन्त्रालयको यो आदेशलाई ठाडै अस्वीकार गर्दै माछामासुको बिक्रीमा अघोषित प्रतिबन्ध लगाएको छ।     कुुखुरा मासु व्यवसायी सङ्घ, पर्साका अध्यक्ष फिरोज आलम देवानले बोइलर कुखुराको बिक्रीमा रोक लगाइएको कारण व्यवसायीहरू सङ्कटमा परेको बताए। उनले पर्सा जिल्लामा करीब २५० को सङ्ख्यामा बोइलर कुखुरा विक्रेता रहेका र त्यसमध्ये ७० भन्दा बढी विक्रेताले व्यवस्थित तरीकाले बिक्री–वितरण गर्दै आएपनि सबै पसल बन्द गराइएको कारण विक्रेता र व्यवसायी दुवै मर्का परिरहेका बताए।     उनले बोइलर कुखुरा तयारी अवस्थामा रहेको र बिक्री नहुँदा फार्

राहतमा राजनीतीकरण –नगरप्रमुख सरावगी

Image
प्रस, वीरगंज, १७ चैत/     वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले राहत वितरणमा राजनीतीकरण शुरू भएको आरोप लगाएका छन्।     महानगरपालिकाले लकडाउनको पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्मको अवधिमा तेस्रो दिनदेखि राहत वितरण शुरू गरेकोमा राजनीतीकरण हावी भएको बताए। उनले महानगरको ३२ वटै वडामा गरीब, विपन्न वर्गलाई लक्षित गरेर राहत वितरण कार्य शुरू गरिएको भएपनि वडास्तरमा राजनीतीकरण गर्दै सम्पन्न, समृद्ध र राजनीतिक कार्यकर्ताहरूले राहत लिने उद्देश्य देखिएकाले वितरण प्रक्रियामा परिमार्जन गर्नुपरेको बताए। उनले पहिलो चरणमा आफूले वडा नं. ३, ९ र १२ मा खटेर गरीब, विपन्न परिवारलाई राहत वितरण गरेको र सोहीअनुरूप ३२ वटै वडामा वडाध्यक्षहरूमार्पmत् सो कार्य गर्न खोज्दा राजनीतीकरण भएको कारणले चैत १६ गतेदेखि राहत वितरण प्रक्रियामा परिवर्तन ल्याउनुपरेको बताएका छन्।     वडाध्यक्षहरूबाट मागिएको सूचीमा सम्पन्न, समृद्ध परिवारका मानिसहरूको समेत नाम देखिएको बताउँदै उनले प्रत्येक वडाबाट हजारभन्दा बढी नामको सिफारिश भएको हुनाले हेल्पलाइनमार्पmत् राहत वितरण शुरू गरिएको बताए। उनले महानगरपालिकाले उपलब्ध गराएको सम्पर्

तरकारी व्यवस्थित तरीकाबाट बिक्री गरिंदै

Image
प्रस, वीरगंज, १७ चैत/     वीरगंज महानगरपालिकामा तरकारी बिक्री अव्यवस्थित भएपछि सोलाई व्यवस्थित गरिएको छ।     तरकारी बजारमा मानिसहरूको भीड बढेपछि अहिले दूरी कायम गरेर तरकारी बिक्री भइरहेको छ। यसैक्रममा वीरगंजको बिर्ता बजारबाट तरकारी बजार हटाएर त्रिजुद्ध स्कूलमा सोमवारदेखि तरकारी बिक्री शुरू गरिएको छ। वडाध्यक्ष जगत साह कानू आपैंm खटेर दूरी कायम गर्नुका साथै परल मूल्यमा तरकारी बिक्रीमा सहयोग गरिरहेका थिए। बिहानदेखि उनी तरकारीको व्यवस्थापनमा सक्रिय थिए । सशस्त्र र जनपद प्रहरीका टोलीले दूरी कायम गराएर उपभोक्तालाई विद्यालयभित्र प्रवेश गराइ तरकारी खरीद गर्न लगाएको कारण आज व्यवस्थितरूपमा सो ठाउँमा तरकारी बिक्री भएको थियो। बिहान ५ देखि ९ बजेसम्म तरकारी बिक्रीको लागि समयावधि तोकिएको छ।     यसैगरी, वीरगंजका अन्य ठाउँमा पनि व्यवस्थितरूपमा तरकारी बिक्री गरिएको थियो। आइतवारसम्म अव्यवस्थित तरीकाले नगवा, बिर्ता, माईस्थान, मुर्ली, छपकैयालगायतका क्षेत्रमा तरकारी बिक्री भइरहेको थियो । स्थानीय प्रशासनले खाद्यान्नको समस्या नहोस् भनेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रत्येक वडामा पाँचवटा पसल सञ्चालनमा ल्

वृद्धवृद्धा, असहाय र अग्निपीडित परिवारलाई राहत वितरण

प्रस, ठोरी, १७ चैत/     ठोरी गाउँपालिकाले लकडाउनको समयमा गापाभित्रका वृद्धवृद्धा, असहाय र अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।     वृद्धवृद्धा तथा असहाय कल्याण समाजमा रहेका २५ जना आश्रित र चैत ७ गते आगलागीबाट प्रभावित ५ दलित घरपरिवारलाई चामल, दाल, तेल सहयोग गरेको छ। नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले सोमवार ५० भन्दा बढी परिवारलाई सो राहत सामग्री वितरण गरिएको बताए।     नागरिक समाजको समन्वयमा विजयबस्तीमा सुपथ मूल्यमा पसल सञ्चालन गरिएको छ। लकडाउनको समयमा कालाबजारी हुन सक्ने दृष्टिगत गर्दै अतिआवश्यक दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा बिक्रीका लागि उमेश किरानापसलमा व्यवस्था मिलाइएको श्रेष्ठले बताए। समय निर्धारण गरेर तरकारी, खाद्यान्नको बिक्री भइरहेको छ।     यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गापा र विभिन्न सङ्घसंस्थाले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनीहरूले साबुनपानीले हात धुने, मास्क लगाउने, सेनिटाइज गरेर बस्न सुझाव दिएका छन्। ठोरी गापामा रहेका सुरक्ष्Fाकर्मी, स्वास्थ्यकर्मीहरूलाई रेडक्रस शाखाले मास्क उपलब्ध गराएको छ।     यसैगरी, सीमानाकासँग जोडिएको ठोरीमा वै

मदिरासहित दुईजना पक्राउ

प्रस, वीरगंज, १७ चैत/     अवैधरूपमा नेपालबाट भारततर्पm लगिरहेको मदिरासहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।     लकडाउनको समयमा आइतवार साँझ वीरगंज महानगरपालिका–१६ भन्सार कार्यालयपछाडिबाट मदिरा लगिरहेका सोही ठाउँ बस्ने रामपुकार चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ३ कार्टुन कस्तुरी रक्सी बरामद भएको थियो।     यसैगरी, पर्सागढी नगरपालिका–४ भेडाहाबाट अवैध घरेलु मदिरासहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। आइतवार दिउँसो ३५ लिटर घरेलु मदिरा साइकलमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले वीरगंज मनपा–३२ बस्ने २० वर्षीय राजन महरालाई पक्राउ गरेको हो।     पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाईको लागि आन्तरिक राजस्व कार्यालय, वीरगंज बुझाएको जिप्रका, पर्साले जनाएको छ।

वडास्तरबाट बिक्री वितरण गर्ने निर्णय

Image
प्रस, पोखरिया, १७ चैत/     पोखरिया नगरपालिकाको सोमवार बसेको आकस्मिक बैठकले लकडाउनको अवधिमा तरकारी, खाद्यवस्तुलगायतका सामग्री वडास्तरबाटै बिक्री वितरण गर्ने निर्णय गरेको छ।     पोखरिया नपाका नगरप्रमुख दीपनारायण रौनियारको अध्यक्ष्Fतामा बसेको बैठकले लकडाउनको अवधिमा सबै वडाध्यक्ष्Fलाई आआफ्नो वडामा तरकारी, खाद्यवस्तुलगायतका सामग्री आमजनतालाई उपलब्ध गराउने गरी व्यवस्थापन गर्न अधिकार प्रत्यारोपण गरेको छ। यसैगरी, बैठकले एउटा वडाबाट अर्को वडामा यी सबै वस्तु खरीदका लागि मानिसहरू ओहरदोहर गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन वडाध्यक्षहरूलाई सक्रियता देखाउन भनेको छ। बैठकले यसका लागि वडास्तरमा रु १ लाख विनियोजन गरेको छ। सचेतना कार्यक्रम र गरीब, विपन्न परिवारलाई राहत वितरणका लागि १/१ लाख रुपैयाँ प्रत्येक वडामा पठाउने निर्णय गरिएको नगरप्रमुख रौनियारले बताए।     यसैगरी, कोरोना भाइरस सङ्क्रमणविरुद्ध अभियानमा आकस्मिक खर्चको लागि कल्याण कोषको स्थापना गरिएको छ। कोषमा नगरप्रमुख र उपप्रमुखले रु २१/२१ हजार सहयोग गरेका छन्। उनीहरूले कोष वृद्धिका लागि सबैलाई सहयोग गर्न अपील पनि गरेका छन्।

क्वारेन्टाइनबारे जानकारी र विभिन्न निर्णय

Image
प्रस, सिम्रौनगढ, १७ चैत/     सिम्रौनगढ नपाका नगरप्रमुख विजयशङ्कर यादवले क्वारेन्टाइनमा बसेका दुईजनाको अवस्थाबारे जानकारी लिएका छन्। आइतवार क्वारेन्टाइनमा भर्ना भएका दुईजनाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग भेट गरी नगरप्रमुख यादवले जानकारी लिए।     यसैगरी, नगरप्रमुख यादवको अध्यक्षतामा बसेको बैठकले लकडाउन सफल पार्न र दैनिक उपभोग्य वस्तु आपूर्ति गर्नेबारे निर्णय गरेको छ।     दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गराउन बिहान सातदेखि दश बजेसम्म उचित दूरीमा खरीद–बिक्री गर्न, कालाबजारी र मदिरा पूर्णरूपमा बन्द गर्नुपर्नेलगायतका निर्णय गरिएको छ।     बैठकमा प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्मेन्द्र चौधरी, कार्यपालिका सदस्य सुमित जयसवाललगायतको उपस्थिति थियो।

वीरगंजमा मनोज र नारायणी ग्यास अभाव

Image
प्रस, परवानीपुर, १७ चैत/     मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाटै सबै प्रकारका इन्धन आयात भएर देशभरि आपूर्ति हुन्छ। तर चैत ११ गतेदेखिको निरन्तर लकडाउनमा देशका विभिन्न शहर जस्तै वीरगंजमा पनि एलपिजी ग्यासको चरम अभाव देखिएको छ। वीरगंजमा विशेषगरी मनोज र नारायणी ग्यासका उपभोक्ताहरू अत्यधिक रहेकाले यिनै ग्यासको अभावले  छोएको उपभोक्ताहरूको भनाइ छ । पर्सा, बहुदरमाई–७ स्थायी घर भएका शिक्षक नरेश यादवले वीरगंजमा मनोज ग्यास नपाएर वीरगंजको डेरा छाडेर गाउँ फिर्ता भएको बताए। “श्रीपुरका धेरै पसलमा ग्यासको लागि धाएँ तर कसैले मनोज ग्यासको सिलिन्डर नभएको भन्दै फर्काए,” उनले भने, “शहरमा चुल्हो बाल्ने प्रमुख ऊर्जाको स्रोतमा ग्यास सिलिन्डर नै हो, सरकारले इन्डक्शन चुल्हो किन्न प्रोत्साहन गरिरहेको छ, आफूसँग त्यस्तो चुल्हो नभएकोले गाउँ फर्केको हुँ, यहाँ काठ पनि छ, चामलको लागि गाउँमा मिल चलिहाल्छ, तरकारी आफ्नै बारीमा हुन्छ।”     वीरगंजमा करीब दुई सय विभिन्न ग्यास कम्पनीका विक्रेता रहे तापनि मनोज र नारायणी ग्यासका सिलिन्डरको बढी माग भएको ग्यास विक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साहले बताए। उनले भारतबाट ग

अलपत्र यात्रीको अवस्थाबारे सोधखोज

Image
प्रस, वीरगंज, १७ चैत/     लकडाउनका कारण वीरगंज बसपार्कमा ४५ जना यात्री र कर्मचारी अलपत्र परेका छन्। उनीहरूको भोजनको व्यवस्थापन वीरगंज महानगरपालिकाले लिएको छ।     आइतवार बेलुकी नगरप्रमुख विजय सरावगीले वीरगंज बसपार्कमा पुगेर खाना व्यवस्थापनबारे जानकारी लिएका थिए । अलपत्र परेका यात्री र कर्मचारीहरूको बासको व्यवस्थापन पनि वीरगंज मनपाले लिएको छ।     अलपत्र परेका यात्रीहरूको खानपान र बासबारे कुनै समस्या नहोस् भन्ने उद्देश्यले बसपार्कको अनुगमन गरेको नगरप्रमुख सरावगीले बताए।

हाछ्यूँ गरेपछि लाखौंको सामान बाहिर फ्याँकियो

Image
    सुपरमार्केटमा काम गर्ने एक कर्मचारीले भने– महिला जसरी सुपरमार्केटभित्र छिरिन्, बेकरी उत्पादननजीक पुगेपछि उनले हाछ्यूँ गर्न थालिन्। त्यहाँ मासु र किरानाका सामान पनि थियो। कोरोना भाइरसको खतरालाई हेरेर तुरुन्तै पूरै सामान सुपरमार्केटबाट बाहिर फाल्यौं। सुपरमार्केटका कर्मचारीका अनुसार यदि ती महिला कोरोना पोजिटिभ भइन् भने त्यस वस्तुबाट अन्यलाई पनि कोरोना सर्न सक्छ। सुपरमार्केटका मालिकले तुरुन्तै प्रहरीलाई फोन गरे। त्यसपछि प्रहरीले महिलालाई हिरासतमा लियो। घटनापछि सुपरमार्केटको राम्ररी सफाइ गराइयो।     भनिन्छ, ती महिलाले यस्तो कार्य जानीबुझीकन गरेकी हुन्। उनी कोरोना पोजिटिभ थिइनन्। प्रहरीले महिलामाथि कारबाई प्रक्रिया अगाडि बढाएको छ। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)    कोरोनाको त्रास यतिसम्म फैलिएको छ कि यदि कसैले हाछ्यूँ वा खोक्यो भने पनि सबैको मनमा डर उत्पन्न गरिदिन्छ। यस्तै मामिला अमेरिकाको पेन्सिल्भेनियामा भएको छ, जहाँ एक महिलाले सुपरमार्केटभित्र हाछ्यूँ गरिन् । त्यसपछि सुपरमार्केटमा रहेका सम्पूर्ण सामान बाहिर फालियो । ती सामानको मूल्य ३५ हजार डलर परेको बताइँदै छ।

कोरोनाको डर छैन बेलारूसलाई

Image
    युरोप कोरोना भाइरस महामारीको केन्द्र बनेको छ। धेरैजसो देशमा सरकारले मानिसलाई घरमैं बस्न र भाइरस रोकथामको लागि हिंड्डुलमा प्रतिबन्ध लगाएको छ। तर युरोपको एउटा देश छ, जहाँको सरकारले यस भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न आम जनजीवनमाथि बन्देज लगाएको छैन ।     कोरोना महामारीसँग लड्न  बेलारूसले छिमेकी युरोपेली देश युक्रेन र रूससरह ठूलो कदम उठाएको छैन । युक्रेनले चाँडै कोरोनालाई रोक्न आपत्कालको घोषणा गर्न सक्छ। रूसले सबै विद्यालय बन्द गरेको छ, सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ र सबै उडान रद्द गरेको छ। तर बेलारूसको कामकाज अन्य दिनसरह चलिरहेको छ। देशको सीमा पहिलेसरह खुला छ, मानिस काममा गइरहेका छन् र आवश्यक सामान किन्न पसलतर्पm दौडिरहेका छैनन्।     बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भनेका छन्, हाल देशमा कोरोनालाई फैलिनबाट रोक्न महŒवपूर्ण कदम उठाउन आवश्यक छैन। घटना भइरहन्छ तर त्रास फैलाउनुहुँदैन। बेलारूसमा सिनेमाघर र थिएटर बन्द गरिएका छैनन्, यहाँ सार्वजनिक कार्यक्रमाथि पनि कुनै प्रतिबन्ध लगाइएको छ। बेलारूस संसारका ती देशमध्ये एक हो, जसले यहाँ हुने फूटबल प्रतियोगिता पनि रद्द

वाह ! कोरोना

    आज विश्व नै कोरोनामय बनेको छ। यसको त्रासदीबाट भयातुर नहुने को होला ? आजको मितिसम्म यसले गर्दा विश्वका विभिन्न मुलुकमा झन्डै ३४ हजार मानिसको मृत्यु भइसकेको छ र यसको सङ्क्रमण २०१ मुलुकमा फैलिसकेको छ। नेपाल सरकारले यस सानो मुलुकमा पाँचजनामा कोभिड– १९ को सङ्क्रमण देखिएको बताएको छ। तर ती पाँचैजना, देशमा सङ्क्रमित भएका होइनन्, बाह्य मुलुकबाट सङ्क्रमित भएर आएका हुन्। यो अलग कुरा हो कि बाह्य मुलुकमा बस्ने केही नेपालीको मृत्यु भएको छ। कोरोना सङ्क्रमण फैलिन नदिन वा प्रवेश हुन नदिन सरकारले गरेको लकडाउनको निर्णयलाई जस दिनैपर्छ। पहिलोपटक एक हप्ताका लागि गरिएको लकडाउन पुनः ८ दिनका लागि बढाइएको छ। पहिलो हप्ताकै लकडाउन मानिसका लागि अत्यासलाग्दो बनेको छ। यद्यपि सङ्क्रमणको भयले मानिसले केही बोलेका छैनन्, तर थप ८ दिनबारे सरकारले पनि विचार पु¥याउनुपर्छ, खासगरी खाद्यान्नको मामिलामा। गरिखानेका लागि यो अवस्था कोरोनापछिको दोस्रो त्रासदी हो। हुनेखानेले पनि अब प्रतिकूलता बेहोर्नुपर्नेछ।     कोरोनाले एकातिर वर्तमान पुस्तालाई थरहरी बनाएको छ भने यसले सुखद परिणाम पनि दिएको छ। कोरोनाका कारण कम्तीमा पर्यावरण सम्

कोरोना सङ्क्रमण र नेपालको व्यवस्थापन

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     लगभग एक महीनादेखि कोरोना भाइरसले मचाएको ताण्डवले विश्वका करीब–करीब सबै मुलुक त्रासमा छन् । कतिपय ठूला, विकसित एवं सुविधासम्पन्न देश त निकै दुःखदायी अवस्थामा छन् भने पूरा विश्व नै लकडाउनको असहनीय भार सहेर ज्यान जोगाउन चिन्तित छ। हरसम्भव प्रयास भइरहेपनि सङ्क्रमित र मृतकको सङ्ख्या बढेको बढ्यै छ। मान्छे जन्मेपछि मर्नु स्वाभाविक हो, तर यो सङ्क्रमण यस्तो दर्दनाक छ कि यसले भ्रातृत्व, सद्भाव, मानवता सबै सखाप पारिदिएको छ। यसले असहनीय विभेद उत्पन्न गरेको छ । कोरोनाको आशङ्का हुनेबित्तिकै बिरामी घरपरिवार, पत्नी, सन्तान, आमाबुबा, साथीभाइ र सहयोगी हातबाट अलग हुनुपरेको छ। जो–जो सम्पर्कमा आएका छन्, उनीहरूलाई पनि खोजी–खोजी अलग्याउने काम हुँदैछ । जुन सङ्क्रमण फैलनबाट रोक्ने एकमात्र उपाय हो र यो सराहनीय हो तरपनि रोगी तथा उसको परिवारको अवस्था सोच्दा आङ सिरिङ हुन्छ। मान्छेले मृत्यु पहिले नै मृतावस्था महसूस गर्न थालेका छन्। यसर्थ यो सङ्क्रमण हुनु मानवजीवनको सबैभन्दा दुर्भाग्य अवस्था हो। यस सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गर्न पछि हट्नुहुँदैन।     सरकारले कफ्र्यू लगाएपनि,

रेडक्रस पर्साद्वारा मास्क वितरण

Image
प्रस, वीरगंज,  १३ चैत/     नेपाल रेडक्रस सोसाइटी, पर्साले लकडाउनमा पनि मास्क वितरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति वीरेन्द्रराज कँडेलले ५ हजार थान मास्क उपलब्ध भएको र सो मास्क शाखा अन्तर्गत २२ वटै उपशाखालाई उपलब्ध गराएर लकडाउनमा असर नपर्ने गरी बिहान वितरण गरिएको बताए ।     बुधवारदेखि लकडाउन अवधिको बिहानपख दुई घण्टा उपशाखाहरूले आआप्mनो क्षेत्रमा घरघरमा गएर मास्क वितरण गरेको सभापति कँडेलले बताए । माईस्थान उपशाखाका सभापति मदन गुप्ताले बिहीवार दुईवटा वडामा मास्क वितरण गरिएको बताए।     उनले उपशाखा अन्तर्गत पर्ने वडा नं. ६, ७ र ८ मध्ये आज ७ र ८ वडामा मास्क वितरण गरिएको र शुक्रवार ६ नं. वडामा वितरण गरिने बताए।

२०७६ चैत १७ गते सोमवारको प्रतीक दैनिक

Image

सडक छेकबारले किसानलाई समस्या

Image
प्रस, सेढवा, १६ चैत/     लकडाउनको समयमा बाहिरका मानिसहरू गाउँ प्रवेश नगरून् भनेर पर्सा जिल्लाका गाउँ–टोलमा छेकबार राखेर सडक अवरुद्ध गरिएपछि अहिले सोको मारमा किसानहरू परेका छन्।     एम्बुलेन्स, दूध, स्वास्थ्यकर्मी, सुरक्ष्Fाकर्मीहरूको आवतजावतमा छेकबारले अप्ठेरो पारिरहेको अवस्थामा अहिले त्यसको मारमा किसानहरू पनि परेका छन्। उनीहरूले अहिले गहुँ र रबीबाली भिœयाउन प्रयोग गर्ने थ्रेसर, हार्भेस्टर, ट्याक्टर खेतसम्म लैजान र ल्याउनमा समस्या भइरहेको छ।  जीराभवानी गाउँपालिका–२ सेढवा निवासी गोविन्द चौधरीले छेकबारले सडक अवरुद्ध भएकोले ट्याक्टर, थ्रेसर, हार्भेस्टर ल्याउन समस्या भएको र त्यसका सञ्चालकले दोब्बर रकम लिने गरेको गुनासो गरे। सामान्य अवस्थामा प्रतिघण्टाको रु ८ सयमा पाइने थ्रेसरलाई अहिले रु १५ सय तिर्नुपरिरहेको बताए। खेतबाट मसुरो ल्याउन समस्या भएको र मोटरसाइकलमा ल्याउँदा ठाउँ–ठाउँमा अवरोध भएकाले तीनपटक मोटरसाइकलबाट खसेको उनले बताए।     पटेर्वासुगौली गापा–३ देकुलीका गौरीशङ्कर चौधरीले गहुँबाली कटान गर्न हार्भेस्टर मेशिनको प्रयोगबाट वञ्चित भएको बताए। उनले खेतमा गहुँ पाकिसकेको तर हार्भेस्टर ल्य

यस्तो छ बारामा ‘लकडाउन’

Image
प्रस, पथलैया, १६ चैत/     कोरोनाको सङ्क्रमण पैmलन नदिन सरकारले जारी गरेको ‘लकडाउन’ले बाराका अधिकांश क्षेत्र ठप्पजस्तै छ। जिल्लाको जीतपुरसिमरा, निजगढ, कलैया, परवानीपुरलगायतका क्षेत्रमा छिटपुटबाहेक यातायात, उद्योग, होटल र बजार क्षेत्र बन्द छन्।     अस्पताल, औषधि, तरकारी, डेरी, खाद्यान्नका पसल खुलेका देखिन्छन्। त्यसबाहेक अन्य क्षेत्र सञ्चालनमा आउन नदिन प्रहरी परिचालित छ। निर्णयलाई अटेर गरी खुलेका पसल बन्द गराउन प्रहरीसँगै जनप्रतिनिधि हिंडिरहेका छन् । अत्यावश्यक काम नभई सडकमा गुडेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।      सडकमा झोला बोकेर फाटफुट पैदल यात्रु हिंडिरहेका भेटिन्छन्। लकडाउनले यातायात ठप्प भएपछि सर्वसाधारण पैदलै घर फर्कनेक्रम जारी छ। लकडाउनको अर्थ जहाँ छौ, त्यही बस्नु हो, तर सर्वसाधारणलाई घर पुग्न हतारो देखिन्छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेपनि काठमाडौंसहित देशका विभिन्न शहरबाट हिंडेर सर्वसाधारण घर फर्किरहेका छन्।     राजमार्गमा एम्बुलेन्स, दमकल, प्रेस, इन्धन, दूध, तरकारी, फोहोर र प्रशासनबाट अनुमतिप्राप्त सवारीसाधन मात्रै सञ्चालनमा

सिम्रौनगढमा मास्क, साबुन वितरण

प्रस, सिम्रौनगढ, १६ चैत/     सिम्रौनगढ नगरपालिकाले वडाहरूमा साबुनपानीले हात धुन र मास्क लगाउनको लागि आह्वान गरेको छ।     नगरपालिकाले नगरका सबै घरमा दुईवटा मास्क र दुईवटा साबुन वितरण गर्दै दैनिक हात धुन तथा मास्क लगाएर बस्न अनुरोध गरेको छ। नगरप्रमुख विजयशङ्कर यादवले ११ वटै वडामा अभियानमार्पmत् यो कार्य सम्पन्न गर्ने बताएका छन्। वडा नं. ४ बाट अभियान शुभारम्भ गरिएको हो।

स्थानीय तहले विपन्नलाई बाँडे खाद्यसामग्री

प्रस, गरुडा, १६ चैत/     रौतहटका केही स्थानीय तहले अतिविपन्न दलित परिवारलाई खाद्यसामग्री बाँडेका छन्। रौतहटका गौर र गढीमाई नगरपालिकाले १८५ परिवारलाई खाद्यसामग्री वितरण गरेका छन्।     लकडाउनको समयमा अतिविपन्न दलित परिवारलाई भोकमरीबाट बचाउन चारैतिरबाट आवाज आउन थालेपछि गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताको पहलमा नगरको मुसहर बस्तीका पचासी परिवारलाई प्रतिपरिवार १५ किलो चामल, ४ किलो आलु, तीन किलो दाल, एक किलो नुन र ५०० ग्राम खानेतेल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी गराए ।     यसैगरी, गढीमाई नगरपालिकाले पनि डोम तथा मुसहर तथा अतिविपन्न परिवारलाई प्रतिपरिवार दश किलो चामल, एक किलो नुन, आधा लिटर खानेतेललगायतका सामग्री वितरण गरेको छ। अतिविपन्न र दलित एक सय परिवारलाई सङ्कटको बेला सहयोग गरिएको गढीमाई नपाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन्।

नारायणी ग्यासको अभाव

प्रस, रौतहट, १६ चैत/     रौतहट जिल्लाको सदरमुकाम गौरमा नारायणी कम्पनीको ग्यास आउन छाडेपछि अन्य ग्यासको मागमा वृद्धि भएको छ।     विगत १५ दिनदेखि नारायणी ग्यास बजारमा आउन छाडेको छ। गौरमा नारायणी ग्यासका उपभोक्ता बढी रहेकाले उपभोक्ताहरू अहिले मारमा परेका छन्। नारायणी ग्यासको उत्पादन कम भएकोले नआएको सो ग्यासका डिलरले जनाएका छन। नारायणी कम्पनीमा फोन गर्दा रिसिभ नभएको  गौरका डिलरहरू बताउँछन्।

उपभोग्य वस्तुको मूल्यमा वृद्धि

प्रस, रौतहट, १६ चैत/     नेपाल सरकारले लकडाउन गरेपछि रौतहटमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। गत मङ्गलवारदेखि लकडाउन भएपछि आलु प्रतिकिलो रु ४५, प्याज रु ७०, लहसुन रु २ सय, बन्दाकोभी रु ४०, काउली रु ४०, भन्टा रु ४०, चिनी रु ८५, धारा खानेतेल प्रतिलिटर रु २ सय, फर्चुन प्रतिलिटर रु १७५, हुलास पीठो पाँच किलो रु ३३० मा बिक्री भइरहेका छन्।     लकडाउनको एक दिन पहिले सोमवार आलु प्रतिकिलो रु ३०, प्याज रु ५०, लहसुन रु १ सय, बन्दाकोभी रु २०, काउली रु ३०, भन्टा रु २०, चिनी रु ७०, धारा खानेतेल प्रतिलिटर रु १७०, फर्चुन रु १७०, हुलास पीठो पाँच किलोको रु ३२० मा बिक्री भएको थियो। स्थानीय निकायले बजार अनुगमन गर्नुपर्ने उपभोक्ताहरूले माग गरेका छन्।

बैंक कतै खुले, कतै बन्द

प्रस, परवानीपुर, १६ चैत/     लकडाउनको छैटौं दिन सर्वसाधारणलाई आर्थिक जोहो गर्न पनि धौधौ पर्न थालेको छ।     घरमा राखिएको रकम रित्तिन थालेपछि सर्वसाधारण बैंकबाट रकम निकाल्न जाँदा रित्तो हात फर्किरहेका छन्।     सर्वसाधारणलाई कुन समयमा कुन–कुन बैंकको शाखाले सेवा दिइरहेको  छ भन्ने जानकारी नभएर मर्कामा परेको वीरगंज–१२ मुर्लीका जहुर अन्सारी बताउँछन्। उनले आइतवार नेपाल बैंकको श्रीपुर शाखामा चेक साट्न जाँदा बैंक बन्द रहेकोले रित्तो हात फर्किनुपरेको बताए ।     नेपाल राष्ट्र बैंकले बिहान ११ देखि दिउँसो २ बजेसम्म सावधानीपूर्वक आकस्मिक सेवाको लागि आर्थिक कारोबार गर्न निर्देशन दिएको छ तर यो निर्देशनको पालना पनि बैंकहरूले आपूmअनुकूल गरिरहेका कारण सेवाग्राहीहरूलाई मर्का परेको हो।     नेपाल बैंक लिमिटेड प्रदेश नं २ की प्रबन्धक प्रतिमा डङ्गोलले अवस्था सामान्य नभएको कारण केही शाखा बन्द भएकोले सेवाग्राहीलाई समस्या भएको स्वीकारिन् । उनले आइतवारदेखि वीरगंजका चारवटा शाखा एक साताको लागि आलोपालो गरी सञ्चालन हुने जानकारी गराइन्। गत बिहीवार र शुक्रवार एटिएमको व्यवस्थापनमा शाखाहरू बन्द गरेको बताउँदै प्रमुख जिल्ल

पर्सागढीको क्वारेन्टाइनमा तीनजना

Image
प्रस, बिरुवागुठी, १६ चैत/     पर्सागढी नगरपालिका कार्यालय हरपुरले स्थापना गरेको अस्थायी क्वारेन्टाइनमा तीनजनालाई राखिएको छ।     विदेशबाट आएका तीनजनालाई नेरा आधारभूत विद्यालय हरपुरमा राखिएको स्वास्थ्य प्रमुख जोगेन्द्र पञ्जियारले बताए । विद्यालयमा ५ शैøयाको क्वारेन्टाइन शनिवार सञ्चालनमा ल्याइएको हो। भारतको दार्जिलिङ, सिलिगुडी र दुबईबाट आएका तीनजनालाई क्वारेन्टाइनमा राखिएको हो।     पर्सागढी नगरपालिकामा वैदेशिक रोजगारबाट फर्किएका अधिकांश सेल्फ क्वारेन्टाइनमा बसेका छैनन्। उनीहरूको खोजतलाश भइरहेको छ। गाउँतहबाट वैदेशिक रोजगारबाट फर्किएकाहरूको खोजी भइरहेको छ। पर्सागढी नपाले शनिवारदेखि १० शैøयाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ।

लकडाउनले चैती छठ प्रभावित हुने

प्रस, गरुडा, १६ चैत/     कोरोना भाइरस सङ्क्रमण नहोओस् भन्ने सचेतना अपनाउन लकडाउन गरिएको अवस्थामा चैती छठ प्रभावित हुने देखिएको छ। कात्तिकमा जस्तै चैतमा पनि छठ मनाउने गरिएको छ।     चैती छठ मनाउने व्रतालुहरूले आइतवार खरना मनाउँदै छन्। दिनभरि निराहार बसेर साँझ चामलको रोटी, दूधको खीर, मूलासमेतको सामग्रीसहित छठीमाईको पूजा गरी प्रसाद खाने चलन छ।     हाटबजारहरू बन्द भएको र भीडभाड पनि गर्न नहुने भएकोले चैती छठको खासै तयारी गरिएको छैन। नदी तथा पोखरीलगायतका जलाशयमा गएर सोमवार अस्ताउँदो र मङ्गलवार उदाउँदो सूर्यलाई अघ्र्य दिइँदैछ। लकडाउनले गर्दा छठघाटमा खासै तयारी गरिएको छैन। छठघाटमा व्रतालुहरूलाई रात्रिविश्राम नगराइने बताइएको छ। हरेक वर्ष चैती छठको गरुडामा व्यवस्थापन गर्दै आएका रामबालक साहले गरुडाको चानी नदी किनारको छठघाटमा अत्यावश्यक व्यवहारका लागि एक मिटरको दूरीमा व्रतालु बस्ने व्यवस्था मिलाउने तर धेरै भीडभाड हुन नदिने जानकारी गराएका छन्।  छठ व्रतालु प्रभा सिंहले छठको सँझियाघाटको दिन सोमवार दिउँसो र बिनहियाघाटको दिन मङ्गलवार बिहान केही समय लकडाउनलाई व्रतालुहरूको निम्ति अनुशासनमा रहेर केही खुकुल

१४० जना भारतीय नियन्त्रणमा

Image
प्रस, वीरगंज, १६ चैत/     लकडाउनको अवधिमा आइतवार बिहान प्रहरीले काठमाडौं र वालिङबाट आएका चारवटा बसलाई नियन्त्रणमा लिएको छ।     १४० जना यात्रीलाई बोकेको चारवटा बसमा १० जना नेपाली र बाँकी भारतीय रहेको प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले बताइन्।     उनले सबैको स्वास्थ्य परीक्ष्Fण गर्ने निर्णय भएको जानकारी गराइन्। प्रउ पन्तले सुरक्ष्Fा समितिको बैठकमा उनीहरूबारे निर्णय हुने बताइन् ।     भारतमा २१ दिनसम्म लकडाउन भएको र सोक्रममा १३० जना भारतीय सीमानजीक आएका कारण उनीहरूको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गराउने र खाने–बस्ने प्रबन्ध आपैंmले मिलाउनुपर्ने शर्तमा छाड्ने तयारी भएको बताइएको छ।

कोरोना रोकथाम गर्न प्रत्येक वडालाई रु ५० हजार

Image
प्रस, वीरगंज, १६ चैत/     वीरगंज महानगरपालिकाका वडाध्यक्षहरूसँग नगरप्रमुख विजयकुमार सरावगीले शनिवार छलफल गरेका छन् ।     कोरोनाको सङ्क्रमणबाट समुदायलाई बचाउन सरकारले घोषणा गरेको लकडाउनलाई व्यवस्थित गर्न छलफल भएको थियो।     वीरगंज महानगरपालिका, जगरनाथपुरको बगैंचामा भएको छलफलमा लकडाउनको कारण उत्पन्न कठिनाइलाई सहज बनाउन छलफल केन्द्रित भएको थियो। वडा नं १७ देखि ३२ सम्मका वडाध्यक्षहरूबीच भएको छलफलमा दैनिक उपभोग्य सामग्री व्यवस्थापन सहज बनाउनेबारे छलफल भएको थियो।     बैठकमा ग्यास, खाद्यान्न तथा तरकारीलगायत सामग्री गाउँटोलमा पु¥याउने कार्यलाई व्यवस्थितरूपमा सञ्चालन गर्न वडाका प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको थियो।     साथै प्रत्येक वडाका कोरोना महामारी रोकथाम समितिलाई रु ५० हजार उपलब्ध गराउने नगरप्रमुख सरावगीले बताएका थिए।