$type=ticker$count=12$cols=4$cate=0

प्रधानमन्त्री ज्यू, आक्रोश पोख्ने कि आचरण सुधार्ने ?

SHARE:

ओमप्रकाश खनाल
    सत्ता सञ्चालक र त्यसको रापतापमा रमाउनेहरूमा एउटा विचित्रको मनोविज्ञान विस्तार भइराखेको छ–हामी जे सोच्छौं त्यही सही हो । हामीमात्र जानकार छौं, अरू सबै अबुझ र अज्ञानी हुन् । जनताले जेसुकै ठानोस्, हामी आप्mनो स्वेच्छाचारीबाट पछि हट्दैनौं । किन भने हामीसँग करीब दुईतिहाई बहुमत छ । हामीलाई कसैले हल्लाउन सक्दैन ।
    सरकारको दुई वर्षे कार्यकालको प्रगति विवरणमा प्रधानमन्त्रीले समावेश गरेको तथ्याङ्कीय भूmट र विज्ञ अर्थमन्त्रीको उपाधि पाएका डा. युवराज खतिवडाले किताबमा लिइने अप्रत्यक्ष करलाई प्रत्यक्ष करजस्तो गरी नाफा कमाउने व्यापारीले तिर्नुपर्ने अभिव्यक्ति यही सोचको पछिल्लो उपज हो । सत्ताको दम्भले निम्त्याएको उन्मादको मोल मुलुकले चुकाउनुपरिराखेको छ, यो लोकतन्त्रप्रति भद्दा मजाकबाहेक अन्य केही होइन ।
    केपी ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरिसकेको छ । यो दुई वर्षको उत्तरार्धसम्म त ओलीले दुईतिहाई बहुमतसहित सत्ता सञ्चालन गरेका छन् । तर, जनतालाई दुईतिहाई जनमतको अनुभूति हुने किसिमको उल्लेखनीय काम अहिलेसम्म देख्न पाइएको छैन । सत्ताको संरक्षण र सहभागितामा भ्रष्टाचार र अनियमितताका पहेलीहरू भने पर्याप्तै उद्घाटित भएका छन् ।
    चर्चामा रहेका भ्रष्टाचारजन्य सन्दर्भका अन्तर्भूत कुरा केलाउँदा जो कोहीलाई सरकार नै भ्रष्टाचारको संरक्षक बनेको भान हुनु अस्वाभाविक होइन । भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीको विवादास्पद व्यापारिक घरानाप्रतिको अति आसक्ति बुझि नसक्नुमात्र छैन, उनकै निर्देशनमा त्यस्ता प्रतिष्ठानलाई प्रत्यक्ष लाभ हुने गरी भएका निर्णय र निर्देशनले प्रतिबद्धता र व्यवहारबीचको विरोधाभास उजागर गरिराखेको छ ।
    नेपाल ट्रस्टको अर्बौं रुपियाँको सम्पत्ति यती होल्डिङ्सलाई सुम्पिने निर्णयको पछाडि आर्थिक स्वार्थ छैन भनेर ढुक्क हुने आधार परिदृश्यहरूले भत्काइदिएका छन् । गोकर्ण फरेस्ट रिसोर्टका लागि २ हजार ७ सय ९२, ताहाचलको ५ र दरबारमार्गको झन्डै २ रोपनी जग्गा कौडीबराबर भाडामा यतीलाई सुम्पिएपछि सरकारको चौतर्फी अलोचना भइराखेको छ । पाथीभराको ३१७ रोपनी जग्गा ८० वर्षसम्म यतीलाई निश्शुल्क किन दिइएको हो, सरकारसँग स्पष्ट जवाफ छैन ।
    हुँदाहुँदा निजगढको प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यती घुसेको समाचार आएका छन् । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणपछाडि पनि यतीको स्वार्थ देखिएको छ । सरकारले जर्मन कम्पनीबाट खरीद गर्ने भनिएको सेक्युरिटी प्रेस खरीदमा यतीको संलग्नताका कुरामात्र आएका छैनन्, प्रधानमन्त्रीको ठाडो आदेशमा पासपोर्ट छाप्ने ठेक्का रद्द गरिएको र त्यो ठेक्का यती प्रतिनिधि रहेको कम्पनीलाई दिने प्रपञ्च मिलाइएका खबर पनि सञ्चारमाध्यममा आएका छन् ।
    यतीका लागि प्रधानमन्त्रीले आप्mनो प्रतिष्ठा नै किन दाउमा लगाएका हुन् ? यतीका निम्ति नियमकानून परिवर्तनदेखि मौखिक आदेशमा विविध प्रक्रिया लत्याउने बाध्यता किन आइलाग्यो ? जनताले करीब दुईतिहाई मत दिएर सत्तामा पठाएको जनहितका काम गर्नका लागि हो कि यतीजस्ता व्यापारिक कम्पनीको प्रवद्र्धनका लागि ? प्रश्न उठ्नु स्वाभाविक छ ।
    सरकार यतीका लागि सती गएको भान जनतामा परेको छ । आपूm पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रधानमन्त्री यस्ता विवादास्पद विषयबाट टाढा रहनुको साटो त्यही हिले आहालमा डुबुल्की मार्न लनलायित हुनुले बोली र व्यवहारबीचको विरोधाभास प्रस्ट भइराखेको छ ।
    यतिसम्म कि प्रधानमन्त्रीको जन्मदिनमा केकको बन्दोबस्त पनि त्यही विवादास्पद कम्पनीले गरेको भेटियो । प्रधानमन्त्रीको ‘बर्थ डे’ अहिले चर्चाको चुलीमा यसकारण पनि छ कि प्रधानमन्त्रीले नै त्यसमा आएका प्रतिक्रियाप्रति कटाक्ष कस्न छोडेका छैनन् । प्रधानमन्त्रीले आप्mनो जन्मदिन मनाउन हुँदैन भन्ने होइन । तर, राजामहाराजाको भन्दा बढी ठाट र तामझामपूर्ण तरिकाले जन्मदिन मनाइएको समाचार सञ्चारमाध्यममा आउँदा पत्रकारप्रति रूष्ट हुने प्रधानमन्त्रीले आप्mनै आचरण र  नियतमा सुधार ल्याउन आवश्यक ठान्दैनन् भने त्यो उनकै लागि प्रत्युत्पादक हुनेछ ।
    प्रधामन्त्रीको यो शैली उनकै पार्र्टीको आचारसंहिताविपरीत छ । यसले नेकपाका नेता–कार्यकर्ताले जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता कार्यक्रममा तडकभडक नगर्ने र घरपरिवारमा सीमित भएर मनाउनुपर्ने प्रावधानको खिल्ली उडाएको छ । यसो हो भने पार्टी अध्यक्षको यो शैलीमा तमाम नेकपाजनले आपत्ति जनाउनुपर्ने हो । तर, उनीहरू नेतृत्वको गलत रवैयामा प्रश्न होइन, उल्टै प्रतिवादको आत्मघाती तरीकालाई आप्mनो जिम्मेवारी ठान्छन् ।
    सरकारले गरेका सीमित सकारात्मक कामहरू असीमित बेथितिको चाFङमा हराएका छन् । सरकार भ्रष्टहरूको संरक्षकको कित्तामा उभिएको भान जोकोही (अरिङ्गाले जत्थाको मनोविज्ञानबाहेक) लाई भइराखेको छ । मन्त्रीले घूस मागेका रेकर्ड बाहिर आउँछन्, प्रधानमन्त्री त्यसको प्रतिरक्षामा उत्रन्छन् । सरकारी जग्गा हिनामिनामा नेकपा नेता मुछिन्छन्, नैतिक पतनका अभियोग लाग्छन्, सरकार तिनीहरूलाई जोगाउने तारतम्य मिलाउँछ ।
    भ्रष्टाचार नियन्त्रणका संवैधानिक आयोग सरकारका निम्ति विरोधी तह लगाउने हतियारजस्ता प्रतीत हुन्छन् । आज न्यायालयको निष्पक्षतामाथि प्रश्न उठिराखेको छ । न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दो छ। शक्ति पृथकीकरण एउटा अवधारणामा खुम्चिन गएको छ । राजनीतिको आग्रह अनुसार नचल्दा न्यायालय र अख्तियार प्रमुखमाथि महाभियोगका सन्दर्भ पुराना भइसकेका छैनन् । यी प्रकरणमा भए गरेका चलखेल रहस्यका विषय होइनन्, जगजाहेर भइसकेका छन् ।
    विवादित विषयमा हुने अध्ययन र छानबीन नामका कर्मकाण्ड आप्mना मानिसको पाप पखाल्ने उपायभन्दा अरू केही लाग्दैनन् । कानूनी र न्यायिक दाउपेचको नतिजा जेजस्तो होओस्, सिङ्गो समाजले बुझेको सत्यले अर्थ राख्दछ । भलै कोही सत्ता र शक्तिको आडमा निर्दोष बन्ने चेष्टा गरोस्, ऊ के हो भन्ने कुरा समाजले मूल्याङ्कन गरेकै हुन्छ । चिन्ताको विषय यतिमात्र हो कि यस्तो प्रवृत्तिले प्रश्रय पाइराख्ने हो भने समग्र व्यवस्था र पद्धति नै असफल हुने खतरा नजीकिन्छ ।
    ३३ किलो सुनकाण्डमा उच्च पदस्थको नाम खुल्ने डरले अनुसन्धान नै रोकियो, सरकार सतही पात्रलाई जेल हालेकोमा प्रगति विवरण तयार गरिराखेको छ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै कम्पनी दर्तादेखि अटेर गर्नेका बैंक खाता रोक्नेसम्मका कुरा आए, तर दुईतिहाईको शक्तिशाली ठान्ने सरकारले उनीहरूकै अगाडि घुँडा टेक्यो ।
    मेलम्ची खानेपानीले उपत्यकाका बासिन्दाको तिर्खा कहिले मेटाउने हो भन्न नसकिएला, तर यसको नाममा मन्त्री र कर्मचारी भने मोटाए । सचिव र ठेकेदारले मन्त्रीले घूस मागेको बताए पनि सरकारले त्यसमा चासो राखेन । विवादित मन्त्रीलाई मन्त्रिपरिषद्मा निरन्तरता दिंदा कार्यदक्षतामा अब्बल देखिएका मन्त्रीलाई हटाइयो ।
    वाइडबडी काण्डको लहरो तान्दा पहरो खस्ने देखिएपछि संसदीय समितिलाई छलेर छानबीनको नाममा बेग्लै समितिको नाकट मञ्चन गरियो, तर काम गर्न दिइएन । यस्ता प्रकरणहरूको सूची लामै छ ।
    दुईतिहाई नजीकको जनमत देशलाई स्थिरता, सुशासन र विकासमा लागि होइन, निहित स्वार्थ र राजनीतिक दाउपेचका निम्ति दुरुपयोग हुन्छ भने लोकतन्त्रका निम्ति त्योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? सिङ्गो मधेस आन्दोलनमा जलिराख्दा संविधान संशोधनको औचित्य खोज्ने नेकपा एकजना नेताको महŒवाकाङ्क्षा सम्बोधन गर्न लोकतन्त्रको मूल आशयमा प्रहार गर्दैै संविधान संशोधनको तानाबाना बुन्दछ । र, नागरिकस्तरबाट चर्को आलोचनापछि पछि हट्छ ।
    मिडिया र नागरिक समाजको काम खबरदारी गर्ने हो । मिडियाले भएको घटनालाई चिरफार गर्ने हो । सत्य खोतलेर प्रस्तुत गर्ने हो । हुँदै नभएको विषयमा समाचार बन्दैन, न विचार नै उत्पादन हुन्छ । यसर्थ सरकारका अगुवाहरूले मिडियाप्रति विषवमन गर्नुुभन्दा पहिले आपूmलाई ऐनाको अगाडि उभ्याउनु बुद्धिमानी हुन्छ ।
    आलोचनात्मक चेत भएकाहरू, ती मिडिया होउन् वा नागरिक, सरकारका मनपरीमा मौन बस्न सक्दैनन् । हामीले जे गरे पनि मिडिया र विश्लेषकले त्यसको महिमामण्डनमात्रै गर्नुपर्दछ भन्ने प्रधानमन्त्री र उनका अनुयायीहरूको आग्रह हानिकारक छ । यो अधिनायक पथतर्फ उन्मुख मनोकाङ्क्षा हो । आलोचना सह्य नहुने मनोग्रन्थिको उपचार आवश्यक छ । सरकारमा बसेकाहरूको यस्तो विकृत आग्रहको मूल्य देशले नै चुकाउनुपरेको छ । सत्ता राजनीतिको अहङ्कारले राजनीतिकरूपमा नेकपाको अधोगति हुँदा रामराम भन्न त सकिएला, तर सीमित मानिसहरूको मनपरीको बोझ मुलुकले उठाउनुपर्ने अवस्था सचेत नागरिकलाई सह्य हुँदैन, हुनु पनि हुँदैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रधानमन्त्री ज्यू, आक्रोश पोख्ने कि आचरण सुधार्ने ?
प्रधानमन्त्री ज्यू, आक्रोश पोख्ने कि आचरण सुधार्ने ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFxTAHesPqdx9gnY27rU_0zYiKGgpae5SKRchD7l6i0uVPAQmhB1DZfgsRX2hI99V6r90UvpWbPez-lnh_LZgVgBbq79B4KSOfEDvDR74yJXPSXdi_MlSOktKFp-qpsh3pfX-oP1W7Jq2F/s1600/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFxTAHesPqdx9gnY27rU_0zYiKGgpae5SKRchD7l6i0uVPAQmhB1DZfgsRX2hI99V6r90UvpWbPez-lnh_LZgVgBbq79B4KSOfEDvDR74yJXPSXdi_MlSOktKFp-qpsh3pfX-oP1W7Jq2F/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/02/blog-post_987.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/02/blog-post_987.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy