उमाशङ्कर द्विवेदी
सञ्जयले भने– भगदत्तलाई मारेर अर्जुन दक्षिण दिशातर्पm मोडिए । उताबाट सुबलका दुई पुत्र वृषक र अचल आइपुगेर दुईटै भाइहरूले अर्जुनलाई पीडित पार्न थाले । एकजना अर्जुनको सामु आएर उभे तथा अर्को पछाडि, अनि दुवैले एकैसाथ अर्जुनमाथि बाण हान्न थाले । अनि अर्जुनले आप्mना तीखा बाणबाट वृषकको सारथि, धनुष, छत्र, ध्वजा, रथ र घोडाहरूलाई नष्ट पारेर नानाथरीका अस्त्र र बाणसमूहले गान्धारदेशीय योद्धाहरूलाई व्याकुल पार्न थाले, साथै क्रोधले मुर्मुरिएर पाँच सय गान्धारवीरहरूलाई यमलोक पठाइदिए ।
वृषकको रथको घोडा मारिएपछि उनी हाम्फालेर भाइ अचलको रथमाथि गई बसे । उनले अर्को धनुष उचाले। अब त वृषक र अचल दुवै भाइले अर्जुनमाथि बाण हानेर विचलित पार्न थाले । ती दुवै भाइ रथमाथि एकापसमा टाँस्सिएर बसेका थिए, त्यसै अवस्थामा अर्जुनले एउटै बाण हानेर दुवै भाइलाई मारिदिए । दुवैजना एकैसाथ रथबाट तल खसे । राजन्, आप्mना दुवै मामाहरू मरेको हेरेर तपाईंका पुत्रहरूले आँसु बगाउन थाले । भाइहरूलाई मृत्युको मुखमा परेको हेरेर सयौं प्रकारका मायायुद्धमा पोख्त शकुनिले श्रीकृष्ण र अर्जुनलाई मोहमा पार्नको निम्ति मायाको रचना गरे । त्यतिबेला समस्त दिशा र उपदिशाहरूतर्पmबाट अर्जुनमाथि फलामको गोला, ढुङ्गा, शतघ्नी, शक्ति, गदा, परिघ, तरबार, शूल, मुद्गर, पट्टिस, ऋष्टि, नङ्ग, मूसल, बन्चरो, छुरा, क्षुरप्र, नालीक, वत्सदन्त, अस्थिसन्धि, चक्र, बाण र प्रास आदि अस्त्रशस्त्रहरूको वर्षा हुन थाल्यो । भोको तथा रिसाएका गधा, उँmट, राँगा, सिंह, व्याघ्र, चितुवा, भालु, कुकुर, गिद्ध, बाँदर, सर्प तथा नानाथरीका राक्षस र चराहरू अर्जुनमाथि ओइरिए ।
अर्जुन त दिव्य अस्त्रहरूका ज्ञाता छँदै थिए, अनायासै बाणवृष्टि गर्दै ती जीवजन्तुहरूलाई मार्न थाले । अर्जुनको सुदृढ सायकहरूको आघातबाट ती जम्मै प्राणीहरू आत्र्तनाद गर्दै नष्ट हुन पुगे । यत्तिकैमा अर्जुनको रथमा अँध्यारो भयो । त्यसबाट बडो त्रूmर वाणी सुनिन थाल्यो तर उनले ‘ज्योतिष’नामक अत्यन्त उत्तम अस्त्रको प्रयोग गरेर त्यस भयङ्कर अन्धकारको नाश गरे । उज्यालो भएपछि त्यहाँ भयानक जलधाराहरू झर्न थाले । अनि अर्जुनले ‘आदित्यास्त्र’को प्रयोग गरेर त्यो सम्पूर्ण जललाई सुकाइदिए । यस प्रकार शकुनिले अनेकौं प्रकारका मायाहरूको रचना गरे, तर अर्जुनले हाँसेरै आप्mनो अस्त्रबलबाट ती सबै मायालाई नष्ट पारिदिए । सम्पूर्ण माया नष्ट भएपछि अर्जुनको बाणबाट शकुनि विशेष आहत भएर रणभूमिबाट भागिहाले ।
तदन्तर अर्जुनले कौरवसेनाको विध्वंस गर्न थाले । उनी बाणवर्षा गर्दै अगि बढ्दै गइरहेका थिए तर कोही पनि धनुर्धर वीरले उनलाई रोक्न सकेनन् । अर्जुनको मारबाट पीडित भएर तपाईंको सेना यताउति भाग्न थाल्यो । त्यतिबेला अत्याहटको कारणले तपाईं पक्षका धेरैजसो सैनिकले आप्mनै पक्षका योद्धाहरूको संहार गर्न पुगे । अर्जुन हात्ती, घोडा र मानिसमाथि अर्को बाण हान्दैनथे, एउटै बाणले आहत भएर ती प्राणहीन भएर धराशयी भइहाल्दथे । मारिएका मानिस, हात्ती र घोडाहरूको लाशले भरिएको त्यो रणभूमिको अद्भुत शोभा भइरहेको थियो । सबै सेना बाणको मारबाट व्याकुल भइरहेका थिए । त्यतिबेला बुबाले छोरालाई, छोराले बुबालाई एक्लै छाडेर हिंडिहाल्दथे । मानिसहरूले आपूm चढ्ने सवारी पनि छाडेर भाग्न पुगेका थिए ।
यता, द्रोणाचार्यले आप्mनो तीखो बाणबाट पाण्डवसेनालाई छिन्नभिन्न पार्न थालेका थिए । अद्भुत पराक्रमी द्रोण जतिबेला ती योद्धाहरूलाई कुल्चिदै थिए, सेनापति धृष्टद्युम्नले स्वयम् आएर द्रोणलाई चारैतिरबाट घेरामा हाले । अनि त द्रोणाचार्य र धृष्टद्युम्नको बीचमा अद्भुत युद्ध हुन थाल्यो । अर्कातिर अग्निको समान तेजस्वी राजा नील आप्mनो बाणबाट कौरवसेनालाई भष्म गर्न थाले । उनलाई यस प्रकारले संहार गरिरहेको हेरेर अश्वत्थामाले हाँस्दै भने–नील, तिमीले आप्mनो बाणग्निबाट किन यी योद्धाहरूलाई भष्म पारिरहेका छौं, साहस छ भने मसित एक्लै युद्ध गर । यो ललकार सुनेर नीलले अश्वत्थामामाथि बाण प्रहार गर्न थाले । अश्वत्थामाले तीनवटा बाण हानेर नीलको धनुष, ध्वजा र छत्रलाई काटिदिए । यो हेरेर नील हातमा ढाल, तरबार लिएर रथबाट हाम्फाली अश्वत्थामाको टाउको काट्नै आँटेका थिए कि अश्वत्थामाले भाला हानेर नीलको कुण्डलसहित टाउको छिनाले । नील पृथ्वीमाथि लडिहाले । उनको मृत्युबाट पाण्डवसेनालाई बडो अपशोच भयो ।
यत्तिकैमा अर्जुनले धेरैजसो कौरव पक्षलाई जितेर द्रोणाचार्यले पाण्डवसेनाहरूको संहार गरिरहेको ठाउँमा आइपुगे र कौरव योद्धाहरूलाई आप्mनो शस्त्रको आगोमा पोल्न थाले । उनको सशस्त्रौं बाणबाट पीडित भएर कैयौं हात्तीसवार, घोडसवार र पैदल सैनिकहरू भूमिमाथि लड्न थाले । कैयौं आत्र्तस्वरमा कराउन थाले । कैयौंले लडेर प्राणत्याग गरिदिए । तिनीहरूमध्ये जो कोही उठ्दै–लड्दै भाग्दै गरेका थिए, ती योद्धाहरूलाई अर्जुनले युद्धसम्बन्धी नियमहरूको स्मरण गरेर मारेनन् । भागिरहेका सैनिकहरू– हा कर्ण...हा कर्ण भनेर कराउँदै भागिरहेका थिए । शरणार्थीहरूको करुण क्रन्दन सुनेर कर्णले– वीरहरू हो न तर्स भन्दै अर्जुनको सामना गर्न अगि आए । कर्ण अस्त्रशस्त्रहरूमा श्रेष्ठ थिए, उनले आग्नेयास्त्रको सन्धान गरे तर अर्जुनले त्यसलाई शान्त पारिदिए । यसै प्रकार कर्णले पनि अर्जुनका तेजस्वी बाणहरूको आप्mनो अस्त्रबाट निवारण गरेर बाणवर्षा गर्दै सिंहनाद गरे । क्रमशः...